banner
banner

शासनपद्धतिमै विदेशी लगानी

काठमाडौं । युरोपका ३ राष्ट्रले ३ अर्व र यत्तिकै बजेट नेपाल सरकारको खर्च भइसकेछ संघीयता कार्यान्वयन गर्न, यसरी ऋण गरेर संघीयता अर्थात सेतो हात्ती कति दिन पालिरहने ? शासन पद्धतिमै विदेशी लगानी ? सत्तासीनहरु लगानी गर्न आउ आउ भनिरहेका छन्, विदेशीहरु उत्पादनशील क्षेत्रमा होइन, सिंहदरवारदेखि गाउँपालिकासम्मको शासनमै लगानी बढाउँदैछन् ।
संविधानविद भीमार्जुन आचार्य भन्छन्– शासन व्यवस्थामा नै लगानी गर्न पाउने मुलुक दाताहरुका लागि शायद दुनियाँमा अर्को नभेटिएला । बुझ्न नसकिएको कुरा आफ्नो औकात र क्षमताले नभ्याउने व्यवस्थालाई ऋृण र अनुदान मै चलाउनै पर्ने वाध्यता के हो ? यसले हाम्रो निर्णय क्षमतालाई कहाँ पुर्याउँछ ? शासन व्यवस्था नै अरूको ऋृणमा सञ्चालित हुँदा राष्ट्रको स्वाधीनता र स्वायत्तता कहाँ जाला ? ऋृण दिने साहुको स्वार्थ कसरी पुरा गरौला ?
संघीयता नेपालका सन्दर्भमा साह्रै महँगो व्यवस्था हुनपुग्यो । जतिसक्यो उति चाँडो संघीयता फाल्नुको विकल्प छैन, अन्यथा लोकतन्त्र संघीयताको सती जानेछ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper