banner
banner

वार्ता भन्दै सिध्याउने खेल

काठमाडौं । नेकपाको देशघातक कार्यहरुको भण्डाफोर गर्दै निरंकूश सरकारलाई खबरदार गर्ने असली शक्ति विप्लव माओवादी नै हो भन्ने आमजनसोच भइरहेको बेलामा ५ महिने जेलयात्राबाट छुटेका पोलिटव्यूरो सदस्य मोहन कार्कीले प्वाक्क भनेछन्– पक्राउ साथीहरु छोड, प्रतिवन्ध फुकुवा गर, वार्ता गर्न सकिन्छ ।
नेकपा अर्थात विप्लव माओवादीलाई सरकारले फागुन २८ मा लगाएको प्रतिवन्ध लगाएको छ र यसका हजारौं नेता कार्यकर्ताले जेल भरिभराउ भइसके । सरकार वार्ता गर्न आउ भन्छ, विप्लव माओवादी आफ्ना सर्त पूरा गर भनिरहेको छ । यस्तो ढुलमुले स्थितिले वार्ता हुन सकिरहेको छैन ।
संवाद र सहमति नै राजनीतिक निकास हो । तर स्वयम् विप्लवको अन्तर्वार्ता सुन्नेहरुको निष्कर्ष छ– यस्तो भ्रष्ट सरकारका सामु विप्लव माओवादी झुक्दैन । विप्लवका राजनीतिक माँगहरु पूरा नगरिए विप्लव माओवादीले आँधिबेहरी ल्याउन 
सक्छ, अराजकताको डढेलो दन्किन सक्छ । सरकारले प्रकृया पु¥याएर वार्ता गरेन भने सशक्त भइसकेको परिवर्तनकारी शक्तिले आफ्नो रुप र सार देखाउने पक्का छ ।
लोकतन्त्र संस्थागत गर्ने हो भने सरकारले विप्लव माओवादीसँगमात्र होइन, अन्य राजनीतिक शक्तिहरुसँगसमेत वार्ता, सहमति र उचित सम्मान दिन जरुरी छ । निषेध, विभेद र अहंको राजनीतिले समृद्ध नेपाल र सुखी नेपालीको सपना कदापि पूरा हुनसक्दैन ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper