banner
banner

गाईमारा कि माईमारा ?

बरिष्ठ अधिवक्ता शिव सिग्ेदल -
स्यावास धवलशमशेर जबरा । मेयर, नेपालगञ्ज उपमहानगरपालिका ।
राप्रपाको चुनावचिन्ह लिएर मेयर बनेका धवलशमशेरको उपमहानगरले नै ट्रकमा हालेर दैलेख पठाएका गाईहरुलाई कटकुवा जंगलको भीरबाट गुल्ट्याइदिएको खबरले राप्रपाको चुनावमा कुच्चिएको नाक भाँचिन पुगेको छ ।
राप्रपा हिन्दुवादी पार्टी । हिन्दुराष्ट्र बनाएरै छाड्छौं भनेर अभियान नै चलाइरहेको पार्टी । आमनिर्वाचनमा राजालाई गाली गर्दा एकसिटमा चुमुर्किएको राप्रपा राप्रपा संयुक्तसँग एकीकरण गरेर वैकल्पिक शक्ति बन्ने तरखर गरिरहेको बेलामा गाईकाण्डमा फस्न पुगेको छ । मेयर धवल शमशेर म राजधानीमा छु, मलाई थाहा छैन भन्छन्, नगरप्रहरीले गाई मर्न थालेकाले ट्रक ड्राइभरले खसालेको हुनसक्ने बताउँछ । ट्रकलाई भाडा नगरपालिकाले दियो, लैजाने आदेश सिडियो र नगरपालिकाले दियो भने खसाल्ने आदेश पनि कसैले त दिएकै होला । जबसम्म गाई र माई उस्तै ठान्ने हिन्दु संस्कारवादीहरुले यो गाईमारा माईमारा प्रकरणमा राप्रपाले यथोचित जवाफ दिदैन, तवसम्म यसप्रति जनविश्वासमा ह्रास नै आउनेछ । यो गम्भीर अपराध हो ।
प्रहरीकाअनुसार ना ६ ख ९९०५, ९१७७, ४९४९ र ना ५ ख १०१५ नम्बरका ट्रक पक्राउ परेका छन् र बयानमा उपमहानगरपालिकाले पठाएको हो । राप्रपा अध्यक्ष स्तव्ध भएका छन्, स्तव्धताले पुग्छ ?

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper