banner
banner

दुर्गमको चामल बीचमै बेचियो

धर्मरत्न श्रेष्ठ -
बिकट जिल्ला रुकुम, रोल्पा, हुम्ला, जुम्ला, डोल्पामा चामल अभाव छ । नेपाल खाद्य सस्थानले ठेक्का त लगायो, ठेकेदारले चामल बीच बाटोमै कालोबजारी गरेर बेचिदियो । खाद्य संस्थानका कर्मचारीले पनि कमिशनको यथाचित भागशान्ति जय नेपाल गरे । चरम चामलको अभाव भोगेका जनताले चामल पाएनन् ।
दोष सरकारको हो । आपूर्ति मन्त्रालय यो सबै हेरेर बसेको छ । कताबाट कमिशन आउँछ, मिलोमतो मै कर्मचारी लागेपछि र मन्त्रालयले कडा कारवाही गर्न नसकेपछि मर्ने र अभाव झेल्ने त जनताले नै हो । बिकट जिल्लाहरुका लागि सरकार छ, सुशासन छ, हेर्छ भन्ने कुनै भरोसा नै रहेन । पैसा तिरेर पनि खाद्यान्न अभाव झेल्नुपर्ने विकट जिल्लाका लागि सिंहदरवार कहिले पुग्ला ?
जाजरकोट पठायो नेपाल खाद्य संस्थानले हजार क्विन्टल चामल । कर्मचारी र ठेकेदारले मिलेर बाटैमै बेचे । दाङबाट चामल जाजरकोटतिर हिड्यो, चामल जाजरकोट पुग्दै पुगेन । कसले खायो चामल, यसको कुनै जानकारी छैन नेपाल खाद्य सस्थानलाई । प्रहरीले थाहा पायो, यो चामल रुकुमको आठबिस कोटमै बेचियो र मुनाफा भाग लगाएर खाए । तैपनि खाद्य संस्थानले कर्मचारीमाथि कुनै कारवाही गरेन । यसको अर्थ हुन्छ, माथिसम्मको मिलोमतो हुने गरेको छ । ठाडो भ्रष्टाचार पनि सरकार हेरिरहन्छ । भ्रष्टाचार झन झन बढ्न थालेको छ ।
जुम्ला र सुर्खेतबाट पठाएको अर्को हजार क्विन्टल चामल पनि डिपोमा पुगेन । गाउँ गाउँ चामलका लागि हाहाकार गरिरहेको छ । हरेक दिन आमनागरिक टाढा टाढाबाट डिपो पुग्छन्, चामल छ भनेर सोध्छन्, डिपोवाला चामल आएको छैन, आउला भनेर टार्छन् । आमनागरिक पैसा बोकेर चामल किन्न लाम लागेर बसेका छन्, स्थानीय सरकार चामल आएन भनेर कराउँछ, कसले सुन्ने ?

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper