banner
banner

निरर्थक भएको पहिलो नाकाबन्दी र राजा महेन्द्र

स्वयम्भुनाथ कार्की -
सविधान घोषणा पछिको नाकाबन्दी पछि नेपाल सरकार र भात सरकारको सौहार्दपुर्ण सम्बन्ध कायम भएको छ । यो वास्तविक तनाव थियो कि मञ्चित नाटक भन्ने प्रश्नले विस्तारै उत्तर पाउला तर धेरैलाई यो दोश्रो नाकबन्दी भन्ने भ्रम प¥यो । २७ सालको नाकावन्दी स्मरण भएकाहरुले यसलाई तेश्रो नाकाबन्दी भने । तर यी दुवै कुरा सही थिएनन । १९ सालमा पनि नेपालले नाकाबन्दीको सामना गर्नु परेको थियो भन्ने कुरा धेरैलाई स्मरण भएन । नेपालले भोेगेको त्यो पहिलो नाकाबन्दी थियो जसको कारण पनि हाँसो उठ्दो थियो । राजा महेन्द्रले आङ्खनो परराष्ट्रमन्त्री ऋषीकेश शाहलाई हटाउनु त्यो नाकावन्दीको कारण थियो । 
यो नाकावन्दीको विरोधमा चीनले खुलेरै विरोध गरेको थियो । २०१९ साल असोेज १३ गते चीनका विदेश मन्त्रीले भारतले नेपाल माथी हस्तक्षेप नगरोस भन्ने चेतावनी दिए  (हेर्नुहोस, श्री ५ महेन्द्र र नेपालको असंलग्न परराष्ट्र नीति, सरदार भीमबहादुर पाण्डे, महेन्द्र प्रवचन माला ५) । यो नाकाबन्दी आपैm सेलाएर गयो किनभने त्यसको केही हप्ता पछि चीन भारत युद्ध भयो । ‘हिन्द चीनी भाई भाई’ भन्ने नारा हरायो र अहिलेसम्म पनि तुस बाँकी रहेको चीन भारतको शत्रुता आरम्भ भयो ।
ऋषीकेश शाह किन भारतलाई त्यति महत्वपूर्ण भए कि उनको निमित्त भारतले त्यस्तो केटाकेटीपन देखाउनु प¥यो ? कुनै छिमेकीहरुको सम्वन्धमा खुलेर नबोल्ने चीनले त्यसवेला किन खुल्नु प¥यो ? यी यावत कुराको पृष्टभूमिमा लुकेका तथ्यहरु बास्तवमा लुकेका छैनन् । सार्कका सबै मुलुकका जनता साथै यो क्षेत्रमा रुची राख्ने सबैलाई थाहा नै छ । तर यी कुराहरु प्रकट गर्न कोही चाहान्न । तै पनि वेलावेलामा भारतका छिमेकी मुलकहरुमा भारत विरोधी भावना भने यही बुझाईले उम्लने गर्दछ । यसमा थप हावा भारतको प्रचारतन्त्रको अतिशयोक्तिपूर्ण कामले दिन्छ ।
शासनभार आङ्खनो हातमा लिईसके पछि भारत भन्दा पहिले महेन्द्रले चीनको राजकिय भ्रमण गरे । त्यो भन्दा पहिले संयुक्त राष्ट्रसंघमा  चीनको राष्ट्रसंघीय सदस्यताको निमित्त समर्थन गरे । सम्वोधनमा उनले भने ‘चीनलाई राष्ट्रसंघीय सदस्यताबाट अलग राखेर राष्ट्रसंघले आङ्खनो धेरै प्रभावकारिता गुमाएको छ, राष्ट्रसंघभित्र होस् वा बाहिर चीन त विश्व शक्ति नै हो । यस शक्तिलाई विश्व संस्थाबाट बाहिर राख्नु विश्व संस्थाको लागि हानिकारक छ र चीनको लागि रोषजनक छ’ । असंलग्नताको धारणा अनुसारको परराष्ट्र नीति अपनाउँदा उनले कसैसंग नजिक र कसैसंग टाढा हुने व्यवहार गरेनन । जो भारतलाई पच्नु थिएन र पचेन पनि यसैलाई भारतिय प्रचारतन्त्रले ‘चीन कार्ड’को नाम दियो ।
महेन्द्रको चीन भ्रमणको करिव ४ महिना पछि जनकपुरमा उनको गाडीमा बम हानियो । त्यसपछि २०१९ बैसाखमा उनले भारतको राजकिय भ्रमण गरे । यो भ्रमण भारतमा रहेको नेपाल प्रतिको शंका निवारण गर्नु थियो । दुई सरकार बीचको संवाद मात्रलाई महत्व नदिएर यस भ्रमण अवधीमा भारतिय बुद्धिजीवि , नागरिक आदिलाई पनि नेपालको पक्ष बुझाउने प्रयत्न गरियो । विश्व सम्बन्ध परिषद लगायत अनेकौ संस्थाहरुमा संबोधन गरियो , नेपालको पक्ष खुलाउने सामाग्री आदिको वितरण गरियो । भारत संगको मात्र प्राचीन सम्वन्ध हैन नेपालको चीनसंग पनि उत्तिकै प्रचीन सम्बन्ध रहेको छ त्यसैले नेपाल एकलाई उचाल्ने र अर्कोलाई पछार्ने काम गर्दैन भन्ने कुरा बुझाईयो ।
श्री ३ मोहन सम्सेर र नेपाली कांग्रेस बीच मध्यस्थ बनेर भारतले नेपालमा गर्न खोजेको सुक्ष्म व्यवस्थापन भने थप नचल्ने संदेश प्रष्ट भयो । स्वभाविक रुपमा यो कुरा भारतीय नेताहरुलाई मन पर्ने थिएन र परेन पनि । संसदीय प्रणाली पुर्नस्थापना गराउने बहानामा भारतीय भ्रमण पछि तिक्तता प्रकटमा कम देखिए पनि दवावमा ल्याउने प्रयत्न जारी रह्यो ।
नेपालको परराष्ट्रनीति असंलग्न र पञ्चशिलको आधारमा रहेको र त्यसै अनुरुप व्यवहार हुनुपर्ने कुरा बुझाउन परराष्ट्रमन्त्री ऋषीकेश शाहलाई भारत पठाईयो । असंलग्न आन्दोलन र पञ्चशिल नीतिका संस्थापक मध्ये नेहरु पनि हुन, अर्थात भारत पनि हो । त्यसै नीति अन्तरगत चल्ने नेपालको प्रयत्नमा भारत बाधक हुन्न भन्ने विश्वासले नेपालले ऋषीकेश शाहलाई पठाएको थियो । तर, उनी नेपालको कुरो भारतलाई स्पष्ट गर्नुको साटो भारतको कुरा नेपाललाई बुझाउन तैयार भएर आए । फलतः राजा महेन्द्रले उनलाई बर्खास्त गरे । यही घटना नेपालमा नाकाबन्दी गरेर झुकाउन खोज्ने भारतिय नीतिको आरम्भ बन्यो ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper