banner
banner

पैसाको चलखेलले हिन्दुराष्ट्र हट्यो

काठमाडौं । सन २००८ देखि २०१५ सम्म नेपालका उपराष्ट्रपति बनेका परमानन्द झाले खुलेरै भनेका छन्– संविधान निर्माणका बेलामा आर्थिक चलखेल भयो, यही कारण हिन्दुराष्ट्र कायम हुनसकेन ।
यद्यपि परमानन्द झा भारतको दरभङ्गामा जन्मेका हुन् र उनी नेपाली पारिवारिक सदस्य मात्र होइन, सर्वोच्च अदालतको न्यायाधीशसमेत बन्न सफल भएका व्यक्ति हुन् । भागशान्ति जयनेपाल गर्दा मधेशी जनअधिकार फोरमको कोटामा परेको उपराष्ट्रपतिमा झालाई सिफारिस गरियो र उनले धोती लगाएर र टोपी नलगाएर सपथ खाँदा बिबादमा परेका थिए, पछि गल्ती स्वीकार र सच्याएका थिए ।


उपराष्ट्रपतिजस्तो विशिष्ट व्यक्ति बन्न सफल परमानन्द झा भन्छन्– ९५ प्रतिशत ॐकार परिवारका धर्मावलम्बी भए पनि संविधान निर्माण हुँदा आर्थिक चलखेलका कारण हिन्दूराष्ट्र कायम हुन नसकेको हो । गुरु गोरक्षनाथ अन्तर्र्रािष्ट्रय आधारशीला तथा नेपाल विश्व हिन्दू महासंघको कार्यक्रममै उभिएर उनले भनेका छन्– २०६८ को जनगणनाअनुसार पौने तीन करोड जनसंख्यामा दुई करोड १५ लाख हिन्दू रहेको र संविधानको सुझाव लिने समयको जनमतलाई कदर गरेको भए धर्म सापेक्ष देश हुने थियो ।
विश्वमा ४२ वटा संविधानमै इस्लाम धर्म लेखिएका देश छन् । हिन्दुराष्ट्र नेपाललाई धर्र्मिनरपेक्ष लेखिएकामा असन्तुष्टि बढेको छ । विज्ञहरु मात्र होइन पुराना कम्युनिष्ट नेताहरु समेत नेपालमा धर्मनिरपेक्षता र राजतन्त्र अझै विवादमा रहेको र छिनोफानो हुन बाँकी विषय मान्छन्, ठान्छन् । तर सत्ताधारीहरुमा अहंकार यति बढेको छ कि उनीहरु बिबाद  देख्दैनन् । समस्या छैन भन्छन्, सुशासन दिन पनि सक्दैनन् ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper