banner
banner

मलेसियामा किन दैनिक नेपालीको मृत्यु

धर्मरत्न श्रेष्ठ -
नेपालमा दलालको जगजगी भएको मलेसियाको रोजगारी र घरेलु कामदार पठाउने कार्यमा आखिर संसदसम्म प्रभावित हुनपुग्यो । मन्त्रीसमेतके भित्री साँठगाँठमा घरेलु कामदार पुनः जान पाउने र मलेसियामा रोजगारीमा जानेलाई खुल्ला गर्ने सहमति हुनपुगेको छ । बिचौलियाले जिते, सरकार हा¥यो ।
ओली सरकार र युवा मन्त्रीले दैनिक एकजना नेपाली मलेसियामा किन मरिरहेको छ, त्यसको कारण खोजी गरेर निराकरण गर्ने प्रयास गरेनन् । नेपाली आत्महत्यागरिरहेका छन् । सडक र कारखानामा दुर्घटनामा परिरहेका छन्, कडा रोग लागेर पनि मरिरहेका छन् । तिनको उद्धार र उपचारबारे सरकार मौन छ ।
आफै कामका लागि गएका हुन्, मरे मरुन् भनेर सरकारले तमासा हेर्न मिल्छ कि मिल्दैन ? आफूलाई लोकतान्त्रिक सरकार भन्ने अनि लोकको शव आएको, उतै जेलमा षडयन्त्रपूर्वका परेकाहरुको देखान देख्न मिल्छ सरकारले ?
मलेसियामामात्र होइन, जहाँ जहाँ नेपाली कामका लागि पुगेका छन्, ती देशहरमा नेपाली युवाहरु साह्रै सकसमा छन् । तिनको स्थानीय संरक्षकत्व राजदूतले लिनुपर्ने हो, राजदूत दलालसँग मिलेर पासपोर्टदेखि अन्य सामान्य काममा समेत झमेला खडा गरेर दलालमार्फत काम गर्ने गर्दा नेपाली ठगिनेक्रम जारी छ । २ वर्ष अघि ३६४ मलेसियामा मरेको तथ्यांक वैदेशिक रोजगार प्रवद्र्धनबाट थाहा भएको छ भने पोहोर साल ३२२ जना नेपालीको मृत्यु भयो । गतवर्ष ४३ जनाले आत्महत्या गरेका थिए । यो वर्ष यो संख्या झन बढेको मलेसिया गएकाहरु बताउँछन् ।
सरकारको तथ्याङ्कमा ८३ हजार युवायुवती मलेसियामा कार्यरत छन् । अवैध कामदारसमेत जोड्ने हो भने झन बढी छन् । यति ठूलोसंख्यामा मलेसियामा कामदार भए पनि तिनको समस्या बुझ्ने, समाधानका सरल उपाय खोज्ने र अभरमा परेकाहरुको समयमै उद्धार गर्नतिर सरकारले कुनै चासो देखाएको छैन ।
नेपालका लागि मलेसियाका कार्यवाहक राजदूत अहमद फाडिल इस्माइलका अनुसार सहजीकरणका प्रयास भइरहेका छन् । मन्त्री गोकर्ण विष्टसँग पनि कुरा भइरहेको छ । पासपोर्ट संकलन र भिसा प्रोसेसिङको काम गर्ने भीएलएन कम्पनीका रामप्रसाद श्रेष्ठ र अध्यागमन सुरक्षा जाँचको जिम्मा लिएको जीएसजी कम्पनीका गोविन्द थपलियासहित दर्जनौं व्यक्ति पक्राउ परेपछि मलेसिया बन्द भएको थियो । श्रम सम्झौता भएको ८ महिनापछि मलेसिया खुल्ने भएको छ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper