banner
banner

कृष्णजन्माष्टमी

लीला दाहाल -
कर्मयोग, ज्ञानयोग र भक्तियोगका प्रणेता भगवान श्रीकृष्णको जन्म द्वापरयुगमा हिन्दु पञ्चाङ्ग अनुसार भाद्र कृष्णपक्ष अष्टमीको मध्यरातमा भएको अन्याय अत्याचार र राक्षसी प्रवृत्तिबाट मानव मात्रको संरक्षण गर्न भगवान विष्णुको आठौं अवतारको रुपमा जन्मेका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गर्नुभएको थियो । 
मथुरा देशका राजा उग्रसेनलाई आफ्नो छोरा कंशले जेलमा राखी आफूले राज्य सञ्चालन गरेका थिए । उनको देवकी नामकी एउटी बहिनी थिइन् । आफ्नी बहिनीको विवाह कंशले बासुदेव सँग धुमधामले गराएका थिए । बहिनीलाई विदायी गर्न बाटोमा जाँदै गर्दा एक आकाशवाणी भयो जसमा बासुदेव र देवकीको आठौं सन्तानबाट कंशको मृत्यु हुनेछ भन्ने जानकारी दियो । यो सुनेर कंश धेरै रिसायो र न रहन्छ बाँस न बज्छ बाँसुर भन्ने दुवैलाई मार्न तम्सियो । देवकीको अनेकौं विन्ती पछि उनीहरुलाई आफ्नो दरबारमा बन्दी बनाएर राख्ने र जन्म भएका सम्पूर्ण सन्तान कंशलाई सुम्पिने शर्तमा उनीहरुलाई जेलमा राखियो । यसरी दिनहरु बित्दै गए । कंशले उनीहरुको ६ वटा सन्तानको हत्या ग¥यो । सातौं सन्तान रोहिणीको गर्भमा सारी गर्भपतन भयो भन्ने कुरा ल्याइयो । यसै गरी आठौं सन्तान जन्मिने समय आयो । भाद्र कृष्णपक्षको अँधेरी रात १२ः०० बजेको समय बासुदेव र देवकीलाई कडा जेलमा राखिएको थियो । जब कृष्णको जन्म हुने समय आयो । सब पहरेदारहरु मोह निद्राले ढाक्यो । कृष्ण जन्मिनु भन्दा अघि भगवान विष्णुले बासुदेवलाई आफ्नो चतुर्भुज अवतार दर्शन गराए र भने गोकुलमा नन्दगोपको घरमा भर्खरै मात्र एक कन्याको जन्म भएको छ । तिनी कृष्णलाई गोकुल लैजाउ र त्यहाँ यशोदाको काखमा सुताएर उनको छोरीलाई ल्याएर यहाँ आउनु भनी सम्झाएर अन्तरध्यान भए । केही छिनपछि देवकीको गर्भबाट भगवान श्रीकृष्णको जन्म भयो । भगवानको लिला पनि अचम्मको छ । बासुदेव र देवीको सबै नेलहरु खुल्ला भए । सबै पहरेदार मस्त निद्रामा परे । बासुदेवले विष्णुले भनेजस्तै कृष्णलाई गोकुल पु¥याएर त्यहाँ भएको कन्यालाई दरबारमा ल्याए । सबै ढोका नेलहरु आफै लागे । जब बालिका चिच्याएर रुन लागिन् । सबै पहरेदार उठेर कंशलाई खबर दिए । कंशले कन्यालाई मार्न भनी हातमा राखेर ढुंगामा पछार्न के लागेको थियो, कन्या हातबाट फुत्किएर आकाशमा उड्दै कंशलाई मार्न देवकीको आठौं गर्भ गोकुल पुगेको कुरा चेतावनी दिँदै विलाप भइन् । कंशले कृष्णलाई खोज्न र मार्न सबै सेनाहरुलाई आदेश दियो । दशंशा कृष्णलाई मार्न भनी गएकी पुतनालाई कृष्णले वध गरे । त्यसै गरी बतासुर, प्रलभासुरको वध गरे । यसै गरी कालीमर्दनको वध गरे । उनले यमुलार्जुनको उद्धार गरे । गोकुलमा गोपिनीहरुसँग राशलिला खेले । मखन चोरेर खाएर गोपिनीहरुलाई सताउँथे । गोवद्र्धन धारण गरी स्वर्गको राजा इन्द्रको घमण्डको पनि चूर गरे । यसरी धेरै जसो दानवहरुलाई कृष्णले गोकुलमा नै वध गरे । पछि कंशले बोलाएपछि मथुरा आएर कंशको वध गरे । यसरी कृष्णले असत्यमाथि सत्यको विजय गरे ।
यदा यदा ही धर्मस्य, ग्लानिर्मवति भारत 
अभ्युत्थानम् धर्मस्य तदात्मनं सृजाम्यहम् ।। 
“जब जब संसारमा धर्मको हानि हुँदै गएर अधर्म हाबी हुँदै जान्छ तब तब धर्मको रक्षाका लागि स्वयं यस धर्तीमा नयाँ अवतार लिएर आउनेछु” भनेर कृष्णले गीतामा उल्लेख गरेका छन् ।
कृष्णको राजनीतिक र आर्थिक व्यक्तित्वको चर्चा कम हुन्छ । कृष्ण पशुपालनक अर्थव्यवस्थाका पक्षधर थिए र पशुपालनबाट देशको सम्पन्नता रोजगारीको सुरक्षा ठान्दथे । प्राचीन कालको कृषि अर्थव्यवस्थाको लागि यो एक क्रान्तिकारी प्रयोग हो । त्यसबेला कृषिलाई सर्वाधिक महत्व दिइन्थ्यो । राजनिति व्यवस्थामा पनि कृष्णले नौलो प्रयोग गरेका थिए । अन्य राजाहरुलाई दण्ड दिनु उनको लक्ष्य थियो । तर आफूले राज्य विस्तार कही पनि गरेको देखिँदैन । अन्यायी शासकहरुको वध गरेपछि त्यहाँको जनतालाई न्याय र आफ्नो पूरानै परम्परा सधैं प्राप्त भइरहोस् भन्नेमा उनले ध्यान दिएका थिए । यस्तो परम्पराबाट सम्बन्धित देशबासीको मनोबल उच्च रहन्छ र उनीहरु आफूलाई सधैं स्वतन्त्र ठान्दछन् । उनीहरुले अनावश्यक रुपमा कुनै पनि देशको आन्तरिक मामिलामा हस्ताक्षर गरेको पाइँदैन । श्रीकृष्ण आफूले एक छुट्टै राज्यको स्थापना गरे । यसको राजनितिक प्रणाली त्यसबेला सञ्चालित कुनै पनि प्रणालीभन्दा फरक थियो । उनको शासन सामुहिक निर्णय प्रक्रियामा आधारित थियो । प्राचीन कालमा राजतन्त्र, गणतन्त्र, कुलसंघ, द्वैराज्य, वैराज्य, स्त्रीराज्य अनेक प्रणाली थिए । तर कृष्णले सामुहिक प्रणाली आरम्भ गरेका थिए । जसको शासन वृणिवंशका व्यक्तिहरुले गर्थे जुन प्रजातान्त्रिक तरिकाले छानिएका हुन्थे । ग्रन्थहरुमा त्यसलाई वृष्णिवंश शासन प्रणाली भनिएको छ जसले सामुहिक शासन प्रणाली भन्ने बुझाउँछ । 

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper