banner
banner

खोजी व्यवस्थाको विकल्पको

स्वयम्भुनाथ कार्की -
काइते पाराले राजाई पाखा लगाएपछि लामो समयसम्म जनता चुप रहे । चिलले झपट्टा हानेजस्तो कुनवेला थाहै नपाई अनाहकमा ज्यान जाने त्रासमा सम्पुर्ण नेपाल थियो । बस संगै अवोधहरु दन्दनी बलिरहेका थिए । चन्दा दिन अस्विकार गरेको अपराधमा ८० कटेका वृद्धहरु भुत्ते खुकुरीले मारिदै थिए । यात्रुले खचाखच बस अचानक विस्फोटमा पर्दै थिए । त्यो वेलामा जनतालाई व्यवस्था परंपरा भन्दा कुनैपनि वेला कसैले पनि वरण गर्नुपर्ने कष्टकर मृत्युबाट मुक्ति चाहिएको थियो । राजनैतिक दलहरु त्यस्ता मृत्युहरुलाई राजनैतिक अभिष्ट भनेर भन्दै थिए । त्यो आतंक मच्चाउन सक्नेसंग गठजोड गर्दै थिए । नागरिक समाजका स्वधोषित अगुवाहरु ती घटनाहरुलाई उचित भन्दै थिए । पत्रकारहरु चौकीमा भएको आक्रमणमा आत्मरक्षाको निमित्त सुरक्षकर्मीले चलाएको गोलीले कति घरको भित्ता कुरुप बनायो त्यसको लेखा जोखा गर्दै थिए ।
अचानक आईलागेको गद्दी सम्हाल्न राजाले सकेनन , किनभने उनी त्यो गद्दी सम्हाल्नु पर्ने मानसिकतामा नै थिएनन् । राजकाजबाट अलग व्यापार र वातावरण संरक्षणको काममा लागेका उनले देखाएको चुकहरुलाई अहिले पनि केहीले अपराध भन्दैछन् । त्यो अचानक कुनै नजानेको काम गर्नुपर्दा हुनसक्ने सामान्य चुक थियो जो सबैबाट हुन्छ । तर त्यो त्यस्ता चुकहरुको विचबाट पनि मुलुकको भलो हुने कामहरु सुरु भए । भ्रष्टाचारमा कडाई गरियो, वेथितिलाई लगाम लगाउन खोजियो । हिंसा त्यागेर राष्ट्रको निमित्त मेहेनत गर्न अग्रसर गर्ने कदम चालियो । यो अवस्थामा सत्ता वेगर सासफेर्न पनि नसक्ने मानसिकताका केही नेताहरुले आङ्खनो भविष्य अन्धकार देखे । अनि लगातार नेपाल बन्द गरियो । जनता त्राहीमाम भयो, प्याकप्याक भयो । त्यही जनताको निमित्त राजा झुके शान्त र समृद्ध नेपाल बनाउ भनेर दलहरुलाई जिम्मा दिए । जनताको नासो जनतालाई फर्काए ।
जनता त्यही शान्ति र समृद्धिको आशमा सबै कुरा सहेर चुप रहे । उचित लाग्ने बहाना थियो, देश संक्रमणमा छ । बहाना थियो संविधान निर्माण हुदैछ । त्यसपछि तीनै तहको निर्वाचन भयो, अर्थात अव परिवर्तन संस्थागत भयो । दशबर्ष भन्दा ज्यादा पर्खेका जनताले अव गरिएको वाचा पुरा हुनुपर्ने सोच बनाए । तर अरुलाई गाली गर्न भाषणमा आकास पाताल हाँक्न बाहेक केही नजानेकाहरुबाट यो संभव देखिएन । परिवर्तित व्यवस्थाले बनाएका कुनैपनि संरचना, कुनैपनि अंगमा जनताले विश्वास गर्न सकेनन । असंतोष मच्चियो, अनि स्वघोषित वुद्धिजीविहरु, अगुवाहरु, अधिकारकर्मीहरु यो असंतोष व्यवस्थाको विकल्प खोज्ने तर्पm उन्मुख नहोस भनेर सलवलाउन थाले । उनिहरुको सलवलाहटले झन आगोमा घिउ थप्ने काम गरेको छ । सधै ताली बजाउने समर्थकहरुलाई त्यसवेला चुप रहेको समाजले पाखा लगाई दिएको छ । अव उनीहरुले समाजका तिखा प्रश्नहरुको सामना गर्नु परेको छ ।
नेताहरुलाई र पिछलग्गुहरुलाई आङ्खनो स्वर्ग गुम्ने त्रासले सताउन थालेको छ । उनीहरु आफुले पाखा लगाएको भनिएको राजालाई फेरी गद्धिमा बसेको सपना देख्दैछन । राजा भने आङ्खनो व्यापार अनि कुलपरंपरा अनुसारको धार्मिक आध्यात्मिक गतिविधिमा छन् । नातेदारको जन्मदिनको समारोहमा रमाईलो गर्दछन । देशभित्र तिर्थाटन गर्दछन् । भेटधाट गरेर मुलुकको चिन्ता व्यक्त गर्दछन । विदेश भ्रमणमा पनि जान्छन । अहिलेसम्म गद्धि फर्काउन खोजेको भान पर्ने कुनै काम गरेका छैनन । जो गरेका छन त्यो राजनीति भन्दा पर रहेको एक चेतनशिल राष्ट्रभक्तले गर्ने र गर्न पाउने बाहेक केही गरेका छैनन । तर जनता उनलाई वा उनको परिवारका कसैलाई पनि देख्ने वित्तिकै राजा आउ देश बचाउ भन्न पुग्छ । जताततै जुनसुकै तहमा राजाको अनुपस्थिति खड्किएको चर्चा अव खुलेआम हुन थालेको छ । हिजो एकलख्खे लगाएर पानी पिउदै माइक नै फोडौला जस्तो गरेर उनलाई गाली गर्नेहरु पनि उनको अभाव भएको कुरा गर्न थालेका छन् ।
सर्वत्र भइरहेको विकल्पको खोजी सरकारको हैन, व्यवस्थाको हो । नत्र कानुनी प्रकृया अनुसार गरिएको काम चाहे त्यो ज्ञानेन्द्र शाहीको वेलामा होस वा रवी लामिछानेको जनसमुह प्रतिकार गर्न उत्रने थिएन । मन्त्रीहरुले १०लाख उतारेर शिलान्यास गर्ने फुई लाउनु पर्ने थिएन । सरकारको विकल्प खोजेको भए विपक्षीले महत्व पाउने थियो । सरकारी दलहरुको वचन बाणको तारो विपक्षी हुने थिए । कृष्ण पहाडी जस्ताले राजालाई गाली गर्न आधारहिन तथ्य र स्तरहिन भाषा प्रयोग गरेर राष्ट्रियस्तरको भनिएको पत्रिकामा बमन गर्ने थिएन । प्रचण्ड जस्ता आपैmले घोषित गरेका हिरोलाई दिएको सुविधा खोस्ने कार्य गर्नुपर्ने थिएन । प्रधानमन्त्रीले आफ्नो सबैकाम छोडेर राजा फर्किदैनन् भन्नु पर्ने थिएन । त्यसैले भ्रममा नपरे हुन्छ यो सरकारको विकल्प खोजाइ हैन व्यवस्थाको विकल्प खोजेको हो ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper