banner
banner

प्रचण्डलाई थक्क थक्क

काठमाडौं । सबै विकल्प अन्त गरेर पार्टी एकता गरियो, अहिले आएर पार्टी एकता नगरेको भए विकल्पमा रहिन्थ्यो जस्तो लाग्छ । करुणरसपूर्ण प्रचण्डको यस अभिव्यक्तिमा व्यथा छ, ओलीले उनको रणनीतिलाई पछारेको सन्ेशका रुपमा पनि विश्लेषण भइरहेछ । साउनको अन्तिम दिन प्रचण्डले निराशा पोखे, भोलिपल्टै ओलीले चुनावसम्म धैर्य गर्र्न सन्देश दिए । यतिमात्र होइन उनले सरकारको आलोचनाका नाममा प्रतिगमन फर्काउने काम भए, त्यसलाई सहन गर्न नसकिने पनि बताए । प्रम ओली भने– शान्तिसुरक्षा र सम्मानपूर्ण ढंगले समानताका आधारमा बाँच्न पाउने अवस्था सिर्जना गर्नु नै सुखी नेपाली सम्बृद्ध नेपालको कल्पना हो ।
एकतापछि नेकपाका अध्यक्ष बनेका प्रचण्डले आजसम्म एउटा बैठकको पनि अध्यक्षता गर्ने अवसर पाएका छैनन् ।
प्रचण्डले भनेका छन्– यो एकता सफल नभए देश असफल हुन्छ, कम्युनिष्ट आन्दोलन पनि असफल हुन्छ । सचिवालय बैठकमा ओलीको पलडा भारी भएपछि प्रचण्ड दुःखित छन्, प्रचण्ड पार्टी एकता गरेकोमा थक्क थक्क गरिरहेको देखिदैछ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper