banner
banner

नेताविरुद्ध यतिबिघ्न घृणाभाव

शाश्वत शर्मा -
गतहप्ता वीरगञ्जमा नेकपाका अध्यक्ष प्रचण्डविरुद्ध कडा नारा लाग्यो– ‘प्रचण्ड चोर देश छोड’ । यसको कारण प्रचण्डले पूर्वराजा ज्ञानेन्द्र शाहलाई नागार्जुन दरवारबाट पनि लखेट्ने नभी दिएको चेतावनीको जनप्रतिवाद थियो त्यो । त्यसो त प्रचण्डले राजालाई मात्र होइन कि राजावादी र कमल थापासम्म लाई दास, गुलामको संज्ञा दिदै ज्यादा बकबक नगर्न धम्की दिएका थिए । त्यसको बदलामा राप्रपा अध्यक्ष कमल थापाले जनयुद्धकालीन व्यवहार नदेखाउन र सिसाको घरमा बसेर अरुको घरमा ढुङ्गा नहान्न सुझाव दिएर कमलो जवाफ फर्काएका थिए ।
एकथरिको विचारमा अहिलेको समयमा श्रीमान प्रचण्डे पूर्वराजा र हैसियतबिना बसेका कमल थापाको नामै लिएर वा इसारामा सार्वजनिक गाली गर्न जरुरी थिएन । आफ्नै पार्टीको सरकार मात्रै होयन कि १७ हजारको बली दिएर आफैले स्थापना गरेको शासन व्यवस्थासमेत असफल भएर जनता सामु निर्वस्त्र भइसकेको अवस्थामा लोकप्रियताको उचाइमा रहेका पूर्वराजाका विरुद्ध विष बमन गर्नुले उनको औकात देखिएको छ । सत्ता र परिवर्तनका बाहकहरु असफल भइसकेको मनोभावको प्रदर्शनमात्र थियो त्यो । राजनेता बन्ने गुण र सत्ता षडयन्त्रको भिन्नता नै यही हो ।
विश्लेषकहरुका अनुसार प्रचण्डले नै पूर्वराजालाई राजदरवारमा आएर शासनभार चलाउन अनुरोध गर्ने वातावरण बनाउन थालेको पनि हुनसक्छ । प्रचण्ड कमजोर नेता होइनन्, उनी रणनीतिकार हुन्, अहिले छायाँमा परेका मात्र हुन् । जसरी २००७ सालमा मोहन शमशेरलाई त्रिभुवनले एयरपोर्टमै अँगालो मारेर जनआक्रोशबाट बचाएका थिए, प्रचण्डले यो सबै बुझेका छन् । त्यसै उनी हेग पुगेर हिरो हुन्छु भनेको होइन । हेग जानबाट बचाउने र जनताबाट माफी दिलाउन सक्ने एउटैमात्र शक्ति राजतन्त्रमात्र हो । अन्यथा अन्तर्राष्ट्रिय मानवाधिकारवादीको दबाबबाट प्रचण्डलाई मात्र होइन, केपी ओलीलाई उम्किनसमेत मुस्किल छ । नेकपाको ओह्रालो यात्राले नेताहरु विचलित हुनथालेका छन् ।
पूर्वराजा नागरिकको हैसियतमा छन् र उनी जनतामा यसरी लोकप्रिय बनिरहेका छन् कि यसको सम्पूर्ण कारक भनेको परिवर्तनकारी नेताहरुको असफलता नै हो । परिवर्तनकारी नेताहरु भ्रष्टाचार र अयोग्यताको भासमा यसरी भासिएका छन् कि उनीहरुका लागि यो गणतान्त्रिक लोकतन्त्र भालुको कन्पट बन्न पुगेको छ । छोडे आफैलाई खान्छ, चलाउँ चलाउन सकिन्न, कतिदिन कान समातेर बस्ने ?
सबै नेपालीहरुले पाएको सुविधान राजाले पनि पाउनुपर्छ जुन संविधानमा लेखिएको छ । पूर्वराजाले जनतासँग भेट्न, मठमन्दिरमा पूजा गर्न र बोल्न लेख्न नपाउने कुनै बन्देज लाग्न सक्दैन । नागरिकका रुपमा बस्न पनि पूर्वराजाले नपाउने ? यदि गणतन्त्र, संघीयता, धर्मनिरपेक्षताजस व्यवस्था नेपाली जनताको चाहना नै थियो वा हो भने एउटा पूर्वराजा जो राजतन्त्रका प्रतीक हुन्, उनले बोल्दा किन तर्सने ? उनलाई जनताले घेर्दा, नारा लगाउँदा किन सातो जाने ? जनता राजतन्त्र चाहँदैनन् भन्ने प्रचण्डको बोली सत्य हो भने उनले बोलिरहनै पर्दैन त ?
निश्चित रुपमा आफू असफल भएको र जनताले राजतन्त्र नै चाहिने रहेछ भन्ने बुझेकाले प्रचण्ड एण्ड कम्पनीको होस उडेको हुनसक्छ । पूर्वराजालाई गाली गरेपछि जनता भड्किन्छन् र आफ्ना अपराधहरु छोप्न सकिन्छ भन्ने भ्रम छ प्रचण्डहरुलाई । वीरगञ्जमा पुतला दहन हिन भयो ? नेकपाविरुद्ध किन नाराबाजी भयो ? यो त दृष्टान्तमात्र हो, यथार्थमा मुलुकभरि नै नेताहरु, संविधान र सरकार अनि भ्रष्टाचारी विरुद्ध जनलहर उठिसकेको छ ।
आज पनि जनतालाई मुर्ख सम्झने र भ्रम फिजाएर सत्तामा टिकिरहन सकिन्छ भन्ने सोच नै गलत छ । आजका नेपाली संचेतन छन्, जनताले बुझेर पनि मौन बसे भनेर नेताहरुले खुशी हुनु भनेको कुनै पनि बेला जनसुनामीको सिकार हुनुपर्ला भन्ने भेउ नपाएर हो । सत्ताधारी पार्टीका अध्यक्षको पुतला जलाइनु र अध्यक्षले के बोलें, के बोल्नु हुन्छ र हुन्न भनेर छुट्याउन नसक्नुले कम्युनिष्टहरुले पाएको ऐतिहासिक अवसर खेर गएको प्रमाण हो । आज पूर्वराजाको होइन, नेताहरुको जयजयकार हुनुपथ्र्यो ।
सकियो, लोकतान्त्रिक गणतन्त्र सकियो । लोकतन्त्रको नाममा निरंकूशतन्त्र आयो, यसको भविष्य छैन ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper