banner
banner

सनातनशास्त्रमा आतंकको अर्थ

स्वयम्भुनाथ कार्की -
शास्त्रहरुलाई मिथक नै मान्ने हो भने पनि यी हालसालका होईनन । यिनिहरुको रचना काल परापुर्व नै हुन आउादछ । तिनिहरुमा वर्णित धटनाहरुलाई काल्पनिक मान्नेहरुले पनि तिनिहरुमा निहित सुत्र वा ज्ञानका कुराहरुलाई अस्विकार गर्न सक्दैनन् । त्यस ज्ञान वा सिद्धान्तसंग असहमत हुने वा सहमत हुने अधिकार सबैलाई छ । सनातनी (हिन्दु) समाजले आङ्खना मान्यताभन्दा फरक विचार वा सिद्धान्त अपनाउनेहरुको पनि अस्तित्व स्विकार गरेको छ , मान राखेको छ । यसको उदाहरणको निमित्त चार्वाकको नाम नै प्रयाप्त छ । पुनर्जन्म , लोक परलोक वा पापको फल भोग्ने नरक र पुण्यको उपभोग गर्ने स्वर्गको अवधारणको विपरित खरानी भएर जाने शरिर कहिले पो फर्कन्छ र तसर्थ जहिलेसम्म बाच्छौं सुखि भएर बाँच ऋण गरेर भए पनि धिउ पिउ भन्ने चर्वाकलाई यो समाजले अहिलेसम्म पनि सम्झिरहेको छ ।
रामायणको खलपात्र रावणले रचना गरेको शिवस्तुति आज प्रयान्त शिव उपासनामा गाईने गरिन्छ , त्यसरी गाउदा रावणलाई राम्रो र रामलाई खलपात्र भनेर भनिदैन । यसरी विवेचना गर्दा सनातनी समाज सबैभन्दा समतामूलक, व्यक्ति स्वतन्त्रताको सम्मान गर्ने तथा व्यक्ति पूजक नभई कामको पआधारमा मुल्यांकन गर्ने समाज हो ।
महाभारत रचनाकाल भन्दा पहिल्यै रचना भएको वसिष्ठ स्मृतिमा भएको एउटा श्लोक आजको परिस्थितिमा पनि सान्दभिक छ । उक्त श्लोकले भन्छ , 
अग्निदो गरदश्चैव शस्त्रपाणिर्धर्नापहः । क्षेत्रदारापहर्ता च षडेते ह्याततायिनः ।। (वसिष्ठ स्मृति ३।१९)
आगो लगाउने, बिष खुवाउने, शस्त्र लिएर मार्न उद्यत हुने, धनको अपहरण गर्ने, जग्गाजमिन अपहरण गर्ने र स्त्री हरण गर्ने यी छ आततायी (आतंककारी) हुन । यो आतंककारीको सर्वकालिक परिभाषा हो । सनातनी समाजमा मात्र नभएर सबै समाजमा आतंककारीको यो परिभाषा मान्य नै छ । उपरोक्त छ वटा मध्ये कुनै एक काम गर्ने विश्वभरी नै आतंककारी मानिन्छन । कुनै पनि देशको कानुनले पनि यो काम गर्न छुट दिएको छैन । केवल केही समाजवादको आवरणमा आफुलाई ढाक्ने देशका कानुनमा यस मध्ये केही कार्य गर्न राज्य संयन्त्रले छुट लिएको पाईन्छ । तर, त्यो छुट पनि पुर्णरुपमा छैन । किन्तु परन्तुको खोल ओडाएर र फलाना उदेश्यको निमित्त कानुन बनाएर यी मध्ये केही काम गर्न सक्छ भन्ने उल्लेख गरेर समाजवादी देशको सरकार केही नागरिक माथी यो आतंककारी विभेद गर्न उद्यत हुन्छ ।
राज्यको यही तर्कलाई भ¥याङ्ग बनाएर कुनै न कुनै राजनितिक लक्षको ढाल ओडेर विभिन्न समुहहरु पनि आफुले यो काम गर्न पाउनु पर्ने मान्यता राख्दछन । आज मुलुक राज्यको र त्यस्ता समुहहरुको आतंकबाट पोलिएको छ, पिल्सिएको छ ।
राज्य वा राजनितिक प्रणालीको निमित्त जनता होईनन्, जनताको निमित्त राज्य वा राजनितिक प्रणाली हो भन्ने साश्वत सत्य आजका बुद्धिजीविहरुले भुलेका छन । सत्ता वा शक्तिको कृपाबाट प्राप्त हुने मान सम्मान, भोग विलास वा धन सम्पत्तिको लोभमा आङ्खनो आत्माको आवाजको विपरित काम गर्ने वा मान्यता बनाउने यस्ता बुद्धिजीविहरुलाई के भन्ने ? एउटी महिलाले भौतिक आबश्यकताको निमित्त आङ्खनो ईच्छा विपरित कसैसंग पनि यौन सम्बन्ध राख्नु र आफ्नो आत्माको आवाज, आत्मज्ञानले देखाएको बाटो बिपरित काम गर्नु एकै प्रकारको परिस्थिती होईन र ? त्यो महिलालाई वेश्या भनेर तिरस्कृत गर्ने समाजले यस्ता बुद्धिजीविहरुलाई भने अगुवाको नाम दिई संम्मानित गर्नु समाज कै पनि नैतिक पतन भएन भनेर भन्न सकिन्न ।
हत्या जुनसुकै उदेश्यको निमित्त गरेको भए पनि हत्या नै हो, चोरी जुनसुकै कारणले गरेको भए पनि चोरी नै हो । न्यायधिशहरुले कारण र परिस्थिति अनुसार सजाय कम या ज्यादा गर्न सक्लान तर अपराध मुक्त भने गर्न सक्दैनन । त्यसै गरेर आगो लगाउने काम आतंक नै हो । बिष खुवाउने वा हतियार लिएर मार्ने डर देखाई जबरजस्ती गर्ने काम पनि पुण्य हुन सक्दैन, कसैको धनको स्त्री वा परिवारको अपहरण गर्ने र जग्गा जमिन जस्ता कमाई खाने साधन खोस्ने काम जसले गरे पनि आतंककारी काम नै हो । आज कल छल वा बलले उस्ता कामलाई जत्तिकै राम्रो फुलबुट्टा भरे पनि भोलीले पुन मुल्यांकन गर्ने नै छ ।
हत्याले कुनै जीवलाई एकै चोटी समाप्त पार्दछ तर ज्यान जाने डर , धन सम्पत्ति हरण हुने डर वा आङ्खना परिवारको कुभलो हुने डरबाट पैदा हुने आतंकले उसलाई हरपल तिलतिल गरेर मार्दछ । यस कारण आतंक हत्या भन्दा पनि जघन्य अपराध हो । यस्ता अपराधहरु राज्य , समुह वा व्यक्ति कसैले गरे पनि क्षम्य हुनै सक्दैन । अझ सवै जनताको भलोकुभलोको जिम्मेवार भएको राज्यले यसो गर्दछ भने त्यसको अपराधको त कुनै तुलना नै हुन सक्दैन । यदि यस्ता अपराधलाई कसैले महिमा मण्डित गर्दछ भने त्यो त झन ठूलो अपराध गर्दछ । समर्थनले काम गर्नेको हौसला बढाउँदछ र अझ धेरै र गम्भिर प्रकारका यस्तै काम गर्न हौसिन्छ । कुनै कारणले यस्ता कामको बिरोध गर्न नसक्नु केहि मात्रामा क्षम्य हुन सक्ला तर ठिक हो भनेर त्यसको ओड पस्नु त त्यस अपराधमा संलग्न हुनु नै हो ।
मेरो पक्षले कुनै काम गरेमा त्यो प्रशंसनिय र मेरा बिरोधी पक्षले सोहि काम गर्दा त्यो जघन्य र अक्षम्य अपराध भनेर भन्ने पाखण्डिपन देखाउने तथाकथित बुद्धिजीविहरुबाट आज यो देश आक्रांत छ । जत्ति क्षति आतंक मच्चाउनेहरुले गर्दछन त्यो भन्दा कयौं गुणा ज्यादा क्षति त्यसको मतियारहुने बुद्धिजीविले गरेका छन । काटेको घाउमा नुनचुक छर्ने यस्ताहरुको ज्यादती नेपाली जनताले कहिलेसम्म चुपचाप सहनु पर्ने हो त्यो त सर्वशक्तिमा ईश्वरलाई नै थाहा होला ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper