banner
banner

कस्तो गायत्रीमन्त्र ?

काठमाडौं । भदौ ४ गते भारतका विदेशमन्त्री एस जयशंकर नेपाल आउने प्रतिक्षा सुरु भएको छ । भारतका प्रम मोदीका सुरक्षा सल्लाहकार अजित डोभल र विदेश मन्त्री जयशंकरले नेपालनीति कस्तो तय गर्नेछन्, यसमा व्यापक चासो छ ।
राष्ट्रपति, प्रधानमन्त्री, परराष्ट्रमन्त्रीसँग हुने विशेष भेट र परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र भारतीय राजदूत
 मञ्जिवसिंह पुरीले दिने रात्रिभोजका अवसरमा पनि एक्लाएक्लै भेटवार्ता हुने कार्यक्रम छ । अहिले देखि नै जयशंकरसँग भेटका लागि विभिन्न पार्टीका नेताहरुले दूतावासमा फोनमाथि फोन गरेर कायल पार्न थालिसकेका छन् । नेपाल चीनतिर ढल्क्यो, चीनले नेपालमा माइक्रो म्यानेजमेन्ट गर्न थालिसक्यो भन्ठान्ने भारतले आफ्नो प्रभाव कुनै हालतमा पनि कम हुन नदिन एस जयशंकर योजनासहित नेपाल आउँदैछन् । नेपालले कुनै होमवर्क गरेको छैन । सबैको ध्यान सिंगापुरबाट फर्कने प्रधानमन्त्री र उनको कस्तो निर्देशन आउने भन्नेतिर देखिन्छ ।
भर्खर काश्मिरलाई भारतको अभिन्न अंग बनाएको भारतको रुख कडा छ । नेपालले केही रकमको कन्सेसन पाउला तर अन्य कन्सेसन नपाउने निश्चित ठान्ने विज्ञहरु भन्छन्– यही मौकामा भारतले कोशी उच्च बाँधको निर्णय आफ्नो पक्षमा पार्नसक्छ । कोशी उच्चबाँधको २६९ मिटर अग्लो बाँध, २९ सय मिटर गहिरो हुने र पूर्वपश्चिम १०३ र १५४ किलोमिटर लामो नहर बनाएपछि भारतका ५ लाख ३० हजार हेक्टर जमिनमा सिंचाई सुविधा पुग्नेछ । नेपालमा ९ जिल्लामा ठूलो विपत्ति आउनेवाला छ तर आशीर्वाद लिनकै लागि नेकपाको सरकार कर्कलो गलेझैं गल्ने हो कि भन्ने आशंका बाक्लिन थालेको छ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper