banner
banner

हिमानी ट्रष्टको दैवी उद्धार कोष

काठमाडौं । साउन १९ गते पूर्वयुवराज्ञी हिमानी शाहले पत्रकार सम्मेलन गरेर ‘दैवी उद्धार कोष’ स्थापना गरेको घोषणा गरेकी छिन् । उनले श्री ५ का सन्देशहरुको संग्रह ‘सन्देश संग्रह’ को ५ सय प्रति हिमानी ट्रष्टलाई बक्सेकोमा आभार प्रकट गरेकी थिइन । पुस्तक राजदरवारका पूर्व संवाद सचिव डा. फणि पाठकको सम्पादकत्वमा प्रकाशित भएको हो । 
कार्यक्रममा छोरी पूर्णियका पनि उपस्थित थिइन् ।
हिमानी ट्रष्ट समाजसेवाका लागि स्थापना भएको र प्राकृतिक विपतमा परेकाहरुलाई बेला बेलामा उद्धार र सहयोग गर्दै आएको संस्था हो । पहिले बाढीपहिरो र पछि भूकम्प गएपछि यो ट्रष्टले जनकल्याणकारी काम गर्दै आएको छ । अव दैवी उद्धार कोष स्थापना भएको छ । दैवी प्रकोप परेका बेलामा उद्धार गर्ने दायित्व कोषको मात्र नभएर सम्पूर्ण नेपालीहरुको समेत उत्तिकै सहयोग र सद्चाव आवश्यक भएको भन्दै हिमानी शाहले सहयोगका लागि सबैमा अपिल गरेकी छिन् । 

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper