banner
banner

राजतन्त्रको आन्दोलन खोई राप्रपा ?

धर्मरत्न श्रेष्ठ -
राप्रपाले अर्को साल जेठमा महाधिवेशन गर्ने निर्णय गरेको छ । महाधिवेशन पार्टीहरुको नियमित प्रक्रिया हो । यसमा भन्नु केही छैन । सवाल पार्टीले बोकेको सिद्धान्त र सिद्धान्तअनुसारको चरित्रको हो । राप्रपाले संवैधानिक राजतन्त्र र हिन्दुराष्ट्रलाई आफ्नो मूल सिद्धान्त बनाएर वीपीलाई आदर्श मान्ने निर्णय गरेको छ ।
वीपी कांग्रेसका आदरणीय नेता । यद्यपि कांग्रेसले वीपीवाद छाडेर भारत र कम्युनिष्ट पार्टीको पछि लागेको छ । अहिले आएर कांग्रेस झस्याङ्ग त भएको छ तर वीपीवाद मूल मार्ग हो भन्न सकेको छैन । महामन्त्री सशांक कोइराला वीपीवाद नै कांग्रेसको सिद्धान्त हो त भन्छन्, प्रष्ट विचारमार्गमा देखिदैनन् । ढुलमूल नीति उनको पनि कायमै छ । तर वीपीवाद नबोकी कांग्रेस बौरिन नसक्ने पक्का छ ।
राप्रपाले सुरुमा हिन्दुराष्ट्र र संवैधानिक राजतन्त्र भन्यो, जसले संविधानसभाको संसदमा चौथो ठूलो शक्ति बनेर सत्तामा सहभागीता समेत पायो । पछिल्लो चुनावमा अलिकति के धरमराएको थियो, पत्तासाफ भयो । एक सिट बीउ छ ।
अहिले राप्रपा फेरि उही नीतिमा त फर्केको छ तर संवैधानिक राजतन्त्र आक्कलझुक्कल भन्छ र हिन्दुराष्ट्रका लागि नेतृत्व लिएको कार्यक्रम चलाएको छ । मेची काली रथयात्रापछि मंसिरमा चतरा–त्रिबेणी हिन्दुराष्ट्र पुनस्र्थापना संकल्प यात्रा गर्ने, लोकतन्त्रको आधारमा भ्रष्टाचार नियन्त्रण गर्ने, रोजगारी सिर्जना, सुशासन, बिकास र सम्बृद्धि कायम गर्न सकिन्छ भन्ने प्रमाणित गर्न बलियो राष्ट्रवादी प्रजतान्त्रिक शक्ति बन्ने निर्णयमा पुगेको छ । यही निर्णयलाई साकार पार्न राप्रपाले राप्रपा संयुक्त अर्थात पशुपति शमशेर जबरा र डा.प्रकाशचन्द्र लोहनीलाई समेत पार्टी एकीकरणका लागि आह्वान गरेको छ ।
पूर्वपञ्चहरु एक भए भने शक्ति बन्न नसक्ने सवाल छैन । पूर्वपञ्चहरुमा दुई अवगुण छन् । पहिलो पार्टीमा आफ्नो वर्चस्व कायम होस् भन्ने र दोस्रो संवैधानिक राजतन्त्र र हिन्दुराष्ट्र पार्टीको एकमात्र सिद्धान्त हो भनेर प्रष्ट विचारका साथ अघि बढ्न नसक्नु । मौकापरस्त रुपमा राजतन्त्र भन्ने, हिन्दुराष्ट्रलाई भोट तान्ने मुद्दा बनाउने र सत्ता पायो कि सत्तासीन हुन दौडिहाल्ने ढुलमुले चरित्र ।
राप्रपाले महेन्द्रवाद हाम्रो वाद भनेर अघि बढ्न सके ठूलो पार्टी बन्नसक्छ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper