banner
banner

राजसंस्था राष्ट्रिय आवश्यकता हो

– राजसंस्था देशको स्थायित्व र राष्ट्रिय आवश्यकतको विषय हो ।
राजेन्द्र लिंगदेन, राप्रपाका महामन्त्री हुन् । उनी राप्रपाको एकमात्र निर्वाचित सांसद पनि रहेका छन् । उनले बोलेका र गरेका कामले राप्रपाको नैतिक धरातललाई ह्वात्तै उठाएको देखिन्छ ।
र, युवा किन चाहिन्छ ? यसको प्रतिनिधित्व र उदाहरण बनेका छन् यी सांसद राजेन्द्र लिंगदेन ।
राप्रपाभित्र यसप्रकारका नैतिक युवाको कमी छ । कमी सबै दलमा छ तर यिनले भ्रष्टाचार गर्नु आमाको रगत खाएसरह भनेर चुनावी नारा लगाए र व्यवहारमा उतारे ।
भ्रष्टाचारको महारोगले देशको शासन, संघीयता, लोकतन्त्रलाई कमजोर पार्दै लगेको स्थितिमा यस्ता युवाहरु भएमात्र देश अघि बढ्छ भन्ने विश्वास जगाएका छन् ।
यसकारण राजेन्द्र लिंगदेन देशमा विद्यमा ७६१ सरारमा पहिलो भ्रष्टाचारविरोधी सांसद अभियन्ता बनेका छन् । सबै सांसदले यसप्रकारको अभियान चलाउने हो भने सरकारमा रहेका नेता र प्रशासन चलाउनेले भ्रष्टाचार गर्ने हिम्मत नै गर्ने थिएनन् । दुर्भाग्य, यतिबेला अख्तियारको फन्दामा सुरक्षाकर्मीसमेत छन्् ।
र पहिलोपल्ट सांसदले अदालतमाथि खबरदारी बोलेका छन् । न्यायको अन्तिम आधार अदालत हो. पैसा र विदेशी प्रभावमा अदालती फैसला हुनथाल्यो भने न्याय मर्छ । न्याय मर्नु भनेको संकट निम्त्याउनु हो । अदालत स्वच्छ र बलियो हुनुपर्छ । नागरिकले भ्रष्टाचार देख्यो कि त्यसको बिरोधमा बोल्नुपर्छ भन्छन् यिनी ।
लोभीपापीको संगठनको रुपमा रहेको राप्रपा र राप्रपा संयुक्तलाई यिनै लिंगेदनले एकीकरण गराउने अभियान पनि चलाइरहेका छन् । यसैवीच राप्रपाले जेठमा महाधिवेशन गर्ने र संयुक्तलाई एकीकरणमा आउन आह्वान समेत गरेको छ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper