banner
banner

किन लोकतन्त्र अध्यारो ?

विष्णुप्रसाद शर्मा –

समष्टि राष्ट्रको सुरक्षाखातिर राज्यले प्रमुख सुरक्षाको निकाय सेनाको व्यवस्थापन गरेको हुन्छ । शाही नेपाली सेना शाहवंशीय राजाहरुकै नेतृत्वमा गठन भएको एउटा उच्चतम सुरक्षा निकायका रुपमा रहेको थियो र आज पनि त्यो संस्थालाई सबै नेपाली जनताले आशा–भरोषाका रुपमा लिंदै आएका छन् । तर, गौरवमय इतिहास बोकेका चन्द्रागिरी, दहचोक र सीमानाहरुमा नेपाली सेनाले इमानदारीताका साथ काम गर्न नचाहेको कुरा यी तीन स्थानहरुको अवस्थाले नै प्रष्ट पारिदिएको छ । गोरखाका युवराजाधिराज श्री ५ पृथ्वीनरायण शाह ससुराली मकवानपुरबाट फर्किएर आफ्नो राज्य गोरखा जाने क्रममा चन्द्रागिरी आइपुगिबक्सेको र त्यहाँबाट उपत्यकाका ३ शहर अनि राज्यहरु देख्दा रमाइलो–रमणीय देखेपछि मनभित्रका कलुषित् भावलाई त्यागेर यी तीन शहरमा पनि आफूले राज्य जमाउन पाएमा कसो होला भनि सोच गरिरहेकै समयमा यात्रामा सहभागी एक जोतिषले मनोकांक्षा पूरा हुनेछ भनेको उनैले सुनेका र ‘के भन्यौ ?’ भनेर प्रश्न गर्दा जोतिषले फेरि भने, ‘हजुरको मनोकांक्षा पूरा हुनेछ ।’ मनभित्रको कुरा कसरी थाहा हुन गयो भनेर अचम्भित भई त्यो टापुबाट उत्तर–पश्चिम रहेको डाँडैडाँडा हुँदै गोरखा फर्किबक्सेको थियो भनेर इतिहासका पुस्तकहरुमा पढ्न पाइन्छ । इतिहासलाई मेटाउने काम पछिल्लो समयमा सबै सरकारबाट भई नै रहेको छ ।
चन्द्रागिरीको सात सय बीस रोपनी सरकारी वन भाडामा दिनु र सेनाले त्यो हुन नदिनुपर्ने भन्ने मतलाई जो–कोही राष्ट्रप्रेमीबाट गहन मूल्यांकन भएकै छ । नेपाली जनतालाई बाहिरी आवरणमा देखाएर भित्री पृष्ठभूमिमा इयु र कार्टर सेन्टरजस्ता बेइमान द्रष्टाहरुले रौद्र कर्म गर्ने स्थलको निर्माण, विकास र दोहन भइरहेको छ भने सेना र राज्यले यतातिर ध्यान दिन सकेनन् । 
नेपाल देशमा जन्मेर नेपाली भई बाँच्नुभन्दा माफियाको लँगौटी बनेर नित्य कर्म गर्न रुचाउनेहरुलाई विदेशीले दिएको विनामेहनतको कमाइले आद्रता प्रफुल्लित गराउन तल्लिन रहेको देशले जस्तोसुकै असहजताको सामना गर्न‘परे पनि त्यसप्रति चिन्ता नै गरिराख्नु नपर्ने, जसरी भए पनि दौलत कमाऊ र ऊ बेलाको परिवार होइन, आजको समयको परिवारको दिनचर्याप्रति आफूलाई अगाडि बढाएर आफूले हिंडेर आएको बाटोलाई बिर्सेर आज बनेका ४ लेनका बाटामा करोडौंका विदेशी मोटरमा शयर गरिरहँदाको आनन्दलाई फलिभूत बनाउन तल्लिन, तराईमा फल्ने सेतो चामल र पहाडमा फल्ने मकैको ढिंडोलाई छाडेर पश्चिमेली युरो र डलरले भरिएको बगलीको केही खर्चेर नै भए पनि कर्णाली अञ्चलमा फल्ने कालिमार्सी चामलको स्वादलाई जिब्रोबाट मथिङ्गलसम्म पु¥याउने र जापानदेखि झिकाएर नेपाली जनताले कहिल्यै नदेखेको–नसुनेको एक बोतल पानीको पन्ध्र हजार रुपैयाँ खर्चिएर मृगौला बलियो बनाउनेहरु कसम र ढाडस दिएर मनभित्रको गलत कार्यको पीडाले छट्पटाउँदा शान्त हुनाखातिर आठ घण्टा चन्द्रागिरीमा ः महत्व दोहनको खुशीयाली मनाउनका निमित्त ब्यस्त रहेको छु भन्न नसकिएला र ? काफल फल्ने, जुरेली, कालिज र ढुकुरजस्ता विभिन्न प्रजातिका चराहरुले काठमाडौं उपत्यकालाई मौसमी आवाजको धुनले तरंगित गराउने ठाउँमा डलर र युरो फलाउन पाउँदा पूर्खाले छाडेको प्रतापको ख्याल गरिराख्नुपर्ने थिएन र दोहन गरियो । 
विकासको फूल फुलाएकोमा सबै दंग परिराखेका र त्यसबाट निम्तिएको विकारले राष्ट्रलाई पुगेको नोक्सानीप्रति चासो राखिराख्नुपर्ने आवश्यकता छैन । त्यसैले कुनै ख्याउटे विदेशी आए पनि र स्याउने राउटे आए पनि सञ्चालकले बोकेर त्यहाँ पु¥याएर रामै्र आम्दानी गरेका छन् । भोलि बुझेका नव युवाका काँधमा देशको शासन पद्दति पुग्न गएका अवस्थामा उनीहरुले केलाउलान्, त्यो जिम्मा तिनै युवालाई छाडिदिऊँ, किनकि हामीले केही गर्न सकेनौं र शाही नेपाली सेनाले पनि यो मर्म र स्वधर्मलाई आँखा चिम्लेर बुझ पचाइदिएको छ । सञ्चालकको नियती र व्यापार जमेकै छ । अप्रत्यक्षरुपले जो–जसलाई जे–जस्तो हानी पुगे पनि सञ्चालकको नियतीभित्रको जिम्मेवारी होइन, त्यो जिम्मेवारी त राष्ट्रको थियो र राष्ट्र सञ्चालन गर्नेहरु पूरै विदेशीका हली र गोठाला भएपछि कसले के पो गर्न सक्दछ र ? नेपालीले भोलिका दिनहरुमा यो अभिषापको भारी बोक्नुपर्ने छ ।
महत्व नबुझेपछि ः यो देशका बारेमा धेरै विदेशीहरुले चाख दिएर हेरिराखेका छन् र त्यो देखाइले सबैको मन यहीं केन्द्रीत भएको छ । तर, स्वदेशीलाई त्यो चन्द्रागिरी, फूलचोकी, शिवपुरी, नागार्जुन, दहचोक र साँगाको महत्व छैन । यस्तै वीरताको बोझ बोकेका गढीहरु अनि गल्छेडाहरु र खुल्लामञ्च, रानीपोखरी र नारायणहिटी वा हनुमानढोकाहरु जस्ता स्थानहरुको महत्वका बारेमा किचकवध कृष्ण सिटौला र सुवास नेम्वाङ्गहरुले सपना साकार बनाउन अन्तर्राष्ट्रिय सम्मेलन भवनमा पाना नै फेरबदल गर्न सके भनेर आश्चर्यता प्रकट गरिराख्नु पर्दैन । कालापानी, लिपुलेक, नालापानी अनि उत्तरी सीमा खासातर्फ फर्किएको विकास पथलाई जनताले अनुमोदन गर्नैपर्ने संकेतको मर्मलाई बिर्साउन सकिंदैन । केवल शाहवंशीय राजाहरुसँग जोडिएका इतिहासहरुलाई निमिट्यान्न बनाएर जनताका नाममा विदेशी ख्वावपूर्ति गराएर राष्ट्रलाई बुख्याँचा बनाउनेहरु शासनमा रहेका छन् । 
राणाहरुले १०४ वर्षसम्म शासन गरेकोमा बुख्याँचाहरुले जनतालाई उचाल्न र बराल्न सफल भएता पनि नेपालमा विकास हुन दिएका थिएनन् । राणाहरुले ती भीमकाय भवनहरु बनाएर छोडिनदिएका र राष्ट्रलाई जोगाउने काम गरेका थिएनन् भने र स्व.श्री ५ महेन्द्रले विवेकशील कदम चालिबक्सेको थिएन भने चन्द्रागिरीमा आठ घण्टा बसेर स्व. श्री ५ पृथ्वीनारायण शाहले देखिबक्सेको सपनाको नक्कल गरेर मरिची र नन्दीको आवरण प्रस्तुत गरिराख्नुपर्ने थिएन । पछिल्लो समयमा छविलालले खेलेको खेलले त्यो बेलाको एमाले त कतै धसिंदै त छैन ? राजाको विरोध गर्नेहरुलाई समेत साथैमा लिएर हिंड्ने जुन चाहनामा तुषारापात त भएको छैन ? समय बलवानमात्रै होइन, कहिलेकाहिं समयले धेरै कुरामा सजग पनि गराएको हुन्छ । कुनै पनि अवस्था र वस्तुको महत्व नबुझेर मात्तिएपछि र आत्तिएपछि धरातललाई छाडेर उर्लिले गर्नु गलत नै हो । 
शाहवंशीय राजा न कुनै विवादमा पर्न चाहन्छन्, न त बुख्याँचाहरुसँग प्रतिवाद गर्न नै ओर्लने औकातका हुन्छन् । राजा भनेका धेरै गुणकारी स्वभावका हुन्छन् । यो भनाइलाई स्वीकार गर्नसक्ने क्षमता छ भने ११ वैशाख २०६३ को सम्झौता कार्यान्वयन गर र कुनै गिरीमा पुगेर सस्तो लोकप्रियताको नौटंकी छाडेर आठ घण्टामा धेरै काम गर्न सकिने औकात देखाउने र राष्ट्रको महत्व बुझ, नून खाएको कुखुराको झैं ओइलाएको मुहार केसीसँगको वार्ता सफल भएर फूर्तिलो बनाउनुको साटो आफूहरु कति गिरेका छौं भनेर बुझेमा सबैको हितमा काम गर्न सकिन्छ । पालित्–पोषित् व्यक्तिहरुबाट वफादारिता होइन, नाफादारिताप्रति काम गर्ने गरेका कुराहरु आज बग्रेल्ती बजारमा आउन थालेका छन् । यो युगअनुसारको घातक परिणाम पनि हो । कलियुगमा लामो समयसम्म तपस्या गरिराख्नुपर्ने आवश्यकता पर्दैन, छोटै समयमा पनि परिणाम देख्न पाइराखिएकै छ । आठ घण्टा चन्द्रागिरीमा ः महत्व दोहनको खुशीयालीमा, त्यो समय त्यहाँ बितेको थियो भने त्यो समयको गणना सतहीरुपले हुन थालिसकेको छ र परिणाम उज्यालो भएर देखिने छ । 

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper