banner
banner

कम्युनिष्टको सरकारद्वारा कम्युनिष्टको दमन

— लक्ष्मण चौलागाईं बिद्रोही -

यसो त राजनीतिले केही गरेको छैन त ? प्रश्नहरु हाम्रा मनमा उब्जनु अश्वाभाविक भने पक्कै हैन । हाम्रो राजनितीले हाम्रो देशलाई केही नदिएको हो भन्ने पनि हैन । दिएको छ १०४ वर्षीय निरंकुश जहानियाँ शासनको अन्त्यको इतिहास ।
जसमा नेपाली कांग्रेसका योगदानहरु मुलुकमा प्रजातन्त्र बहालीका लागि नभएका हैनन थिए । जतिबेला गणेशमानले खाएका सयौं कोराहरु पनि नमेटिएका क्रान्तिकारी साहस भन्न दलको मुख हेर्ने हैन गणेशमान सिंहका इतिहास भोगाइका भैरवनाथ गण भन्दा पनि कहालीलाग्दा थिए जो इतिहासले नेपाली कांग्रेसलाई पनि जोड्छ । कम्युनिस्टहरु थोरैको संख्यामा फैलिदै थिए । मजदुरको पसिना र उद्योगका मालिकहरुबाट खुन चुसिएको बर्ग नै कम्युनिस्ट र कांग्रेस बनेका हुन् । जो इतिहास पढ्दा आफै बोल्छ ।
यसैगरि मुलुकमा संवैधानिक राजतन्त्रको छत्रछायामा कांग्रेसले धेरै वर्षहरु सरकार चलायो । जहाँ नेपाली कांग्रेस विश्वेरप्रसाद कोइरालाको समाजवादको सपना प्रजातान्त्रिक मूल्य र मान्यताको आधारमा संवैधानिक राजतन्त्र सहित देख्थ्यो भने अर्को कम्युनिस्ट शक्ती एमाले राजतन्त्रको अन्त्य नेपालबाट असम्भव हुने देख्थ्यो ।
नेकपा एकता केन्द्रले राजतन्त्रको समुल अन्त्य र लोकतान्त्रिक गणतन्त्रको विकल्प जनयुद्धबाट देख्दै डा. बाबुराम भट्टराईका ४० सुत्रीय माग नेपाली कांग्रेसको सरकारलाई बुझाएर भुमिगत जनयुद्धको घोषणा पूर्व नेकपा माओवादी गठन गरि मसालका महामन्त्री प्रचण्ड उक्त पार्टीका अध्यक्ष र सर्वोच्च कमान्डर भै दस वर्षे जनयुद्ध चल्यो जो सम्झौतामा टुंगिएता पनि राजतन्त्रको २३७ वर्षीय इतिहास नै अन्त्य गरेर नेपाललाई लोकतान्त्रिक गणतन्त्र घोषणा गर्दै विश्वको एक मात्रै हिन्दु राष्ट्रको उपमालाई खारेज गर्दै धर्म निरपेक्ष राष्ट्र घोषणा गर्न सफल भयो ।
जब जनयुद्ध सम्झौतामा टुंगियो, सम्झौता संसदीय अभ्यासमा रुपान्तरण भयो । जो आज प्रदेश पिच्छे शासक पाल्न नसक्ने गरि पछिल्लो चरण बाम गठबन्धनबाट बनेको विशाल नेकपा जसले पर्याप्त दुइतिहाई मत प्राप्त गरि ५ वर्षे सरकार बनेको छ । जुन सरकार बन्दा सहिद, घाइते, अपांग, बेपत्ता र पिडित सम्पूर्णलाई पहिलो सम्बोधन गर्ला भन्ने थियो । त्यसो नहुदा जनयुद्धका योद्दाहरुले माइतिघर मण्ड्लामा अनशन मात्र बसेनन् उनीहरुलाई पुलिस लगाएर उठाइयो जबर्जस्त ४–५ बुँदामा सम्झौता गराई उनीहरुको अनसन तोडाइयो । जनयुद्धका घाइतेले गृहमन्त्रालयमा गएर बिष नै पिए । यस्ता अवस्था बदलिएको व्यवस्थाबाट हुन थालेपछी जनयुद्धका माओवादी शिर्ष नेताहरू रुष्ट बनेका छन् । जसमध्ये विप्लव नेकपा जो प्रतिबन्धित छ । जसका कार्यकर्ताहरु मुठभेड्को नाममा टाउकोमा गोली हानेर मारिएका छन्, मारेर लास झाडीमा फालिएका छन्, योद्दाहरुको  यो गणतन्त्रको सरकारले यस्तै अवस्थाको व्यवस्था ल्याउँछ भनेर सोचेका थिएनन्, मोहन वैद्य क.किरणले, डाक्टर बाबुराम भट्टराईले । अनि जनयुद्धमा एउटा आँखा  गुमाएका हातका औलाहरु गुमाएका नेकपाका उपत्यका ब्युरो इन्चार्ज माइला लामाहरुले आज लोकतान्त्रिक गणतन्त्रमा पूर्व राजा महाराजाहरुले बनाएको कारागारमा थुनिनुपर्छ भनेर विरलै सोच्नुभयो होला । 
यसरी इतिहासले झाप्पड सहन गर्न विवश यो व्यवस्थाले खोई अवस्थाहरु बदलिएको व्यवस्थाको जस्तो स्थिति ल्याइदिएको ? अनि दुःखी छन् जनहरु !
न त यहाँ अवोधले न्याय पाउँछ  ।न त यहाँ खुंखार अपराधीले दण्डित हुनुपर्छ ।
केवल अन्याय सहन गर्नुपर्छ असल मानिसहरुले, दुखी, गरिब, श्रमिकहरुले अनि पिडित बन्नुपर्छ अवला नारिहरुले र सिकार बन्नुपर्छ । दोषको निर्दोष र सोझासादा जनहरुले अनि परिवर्तनको नाम मात्र सुनेका नेपाली जनताहरुमाझ सन्त्रास, शोक र पीडाका ती विगतहरु सकिएका छैनन् अझै थपिदैछन् भन्ने सन्देश दुइतिहाई सत्ताले गरेका दमन निरंकुस भनिएको राजतन्त्र भन्दा पनि चौगुना भैसकेको अवस्था छ ।
कतै लम्बे यात्रा गर्नुप¥यो भने ५९–६० साल तिरका जस्तै चेक पोस्टहरु खडा हुदैछन् । नेपाली जनताले आफै सुरक्षा गरेको देश नेपाल र नेपाली जनताका छोराछोरीले रगत बगाएर ल्याइदिएको परिवर्तनमा तिनै परिवर्तनका  जननी जिउँदा सहिदहरु हिजोका जनताका गीतहरु आज बन्द गरिदैछन्, मुख थुन्दैछन् ।
यसैले परिवर्तनका निम्ति लडेका क्रान्तिका ती महान सपुतहरु जो लडे र आफुलाई लडाइमा नै समर्पित गरेर सहिद भए ती आज बाँचेका भए पनि माइला लामा थुनेको खोरमा हुन्थे या दोश्रा कुमार पौडेल बनाइन्थे ।
आज कम्युनिस्टको सरकारको पालामा कम्युनिस्टकै कार्यकर्ता माथिको दमन र हत्याले यो व्यवस्था लोकतान्त्रिक हैन कि बरु निरंकुश गठबन्धन सरकार भन्दा उचित होला जस्तो लाग्न थालेको छ । जनता हिजो उत्साहित थिए आज जनताका उत्साह निरुत्साहित पार्न राज्यले सक्दो बल प्रयोग गरेको बाट स्पष्ट हुन्छ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper