banner
banner

६ बुदामा देशको तस्वीर

पदम हमाल -
नयाँ नेपाल कस्तो हुनुपथ्र्यो, कस्तो भयो ? के यस्तै नेपालको सपना बोकेका थिए नेताहरुले । लोकतन्त्रमा लोकलाई स्वर्ग देखाउने सपना देखाएर नागरिकलाई नर्कको कष्ट दिने नेताहरुलाई राजनीतिक अपराधी भन्न सकिन्छ । जब नीति, नैतिकता र निष्ठा नै बाँकी रहेन भने लोकतन्त्रमा के नै बाँकी छ र ?
१. देश र समाजका लागि चाहेजस्ता आदर्शवान मान्छे कोही पनि बन्न सकेंनन् । छन्, सक्षम मान्छेहरु छन्, मौनधारण गरेर बसेका छन् । यही मौन बसेका कारण जनताले पाउनु दुःख पाए । देश कमजोर बन्दै गयो ।
२. तितो सत्य के पनि हो भने नेताहरु फूलको मालाले घाँटी नै असन्तुलित हुन थालेका छन् । नेताहरु भन्छन्– मैले यो सम्मान त्यत्तिकै पाएको होइन ? अनी दर्शकदिर्घाबाट एउटा आवाज आउँछ, यस्तै सम्मानको मोहले त देशलाई स्विजरल्यान्ड होइन स्वाजिल्यान्ड बनाउदै हुनुहुन्छ । स्वार्थलेण्ड बन्यो देश ।
३. भारी बर्षाका कारण मुलुकभर जनजिबन त प्रभाबित बनेकै छ तर शहरका अधिकांश ठाउँहरुमा नदी बस्तीमा होइन, बस्ती नदीमा पसेपछि विपत्ति आएको हो भन्ने अनुभूति सबैलाई भइरहेको छ । नदीमा बस्ती बसाल्ने र पसाल्ने राजनीतिज्ञ र कर्मचारीको सेटिङ् भ्रष्टाचार नै हो, कसले हेर्ने ?
४. खराब ब्यक्तिले सही पद्धतिलाई बिगारेको छ भने खराब पद्धतिले सही व्यक्तिलाई पनि बिगारिरहेको छ । अहिले देखेभोगेको यथार्थ यही नै हो ।
५. अती गरे पनि अत्याचार कहिल्यै नगर्नु भन्थे बुढापाकाले तर यही बाणी  मान्छेहरुको ‘मत्सर’ दिमागमा घुस्न सकेको छैन । अनि समाजको बिकास कसरी हुनसक्छ ? सभ्य समाज असभ्य बन्नुको कारण नै मत्सर दिमाग हो ।
६. बगिसकेको पानीले घट्ट घुमाउन सक्दैन । यो उक्तीलाई कहिल्यै नविर्सने गरी सम्झी राख्नु बेश हुन्छ । खासगरी प्रशासक र नीतिकारहरुले ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper