banner
banner

व्यवस्था नै कृष्णभीरमा....

शाश्वत शर्मा -
कुरो यो सरकारको मात्र होइन, सवाल वर्तमान गणतान्त्रिक संविधान कैइहलीला समाप्त हुँदैछ । प्रधानमन्त्री ओली यतिबिघ्न भाँडभैलो मच्चाउँदै छन् कि यो संविधान यतिछिटो अवसानतिर झर्ल भन्ने थिएन । त्यसकारण ओली धन्यवादका पात्र छन् । जसरी पूर्वराजाले सहजै दरवार छाडेर परिवर्तन जनताको चाहना हो भने भनेरसहज पारिदिएका थिए, राजा र जनताको आकांक्षामा ओली सरकारले खेलबाड ग¥यो । ओलीमात्र होइन, अहिलेका सबै नेताहरु असक्षम साबित हुनपुगेका छन् ।
नेपालीमात्र होइन कि विदेशी मित्रहरुसमेतलाई नेपालको वर्तमान नेतृत्व र संविान असफल छ भनेर देखाउन ओली एण्ड कम्पनी भरमग्दुर रुपमा लागेको देखिन्छ । अघिका काण्डहरुलाई एकातिर पन्छाएर पछिल्लो भारतबाट आयात हुने फलफूल र तरकारीकै कुरा गरौं, ८४ प्रतिशतसम्म विषादी प्रयोग भएको भनेर ओली सरकारकै निकायले पुष्टि गरेको थियो, त्यसलाई नेपाल भित्रिनबाट करीव दुई हप्तासम्म पतिवन्ध लगाउने आँटगरको थियो, अन्ततः भारतको एक टेलिफोनले त्यो आँटले हावा खायो ।
भारतीय दूतावासले यसरी दबाब दियो कि नेपालबाट निर्यात हुने चियामा भन्सार बढाइदियो, क्वारेन्टाइन चेक बन्द गरिदियो, यता हाम्रो दुई तिहाइको सरकारले सुरालमै सु गरिहाल्यो । भन्यो– आवश्यक तैयारी पुगेकै रहेनछ भनेर निर्णय फिर्ता लियो । यसपछि सहज रुपमा भारतीय विषादी नेपाली उपभोक्ताको भान्सा भान्सामा पुग्न थालेको छ ।
धेरैतिर धोती खुस्केको ओली सरकारको यहाँ पनि धोती खुस्क्यो । यसअघि सुरु भएको भारतीय सिने अवार्डमा सरकारको संलग्नताको बहस जारी छ । सरकारले अर्व दिने कुरा मात्र गरेन, सैनिक क्षेत्र र सुरक्षाको सवाल पनि थियो, प्रधानमन्त्री र सञ्चारमन्त्री हुन्छ भन्छन्, प्रक्रिया रोकिएको कुरा पनि छ । के हो, सरकार नै प्रष्ट छैन । यसबाहेक अनेक काण्ड र प्रकरणहरुमा १७ महिने ओली सरकार पूर्णत असफल भइसकेको छ । वर्तमान नेताहरु र यो संविधानसमेत जनताको विश्वास जित्न असफल भएको छ ।
हातै हाल्न नहुने विषयहरुमा हात हालेर यो सरकार जनतालाई आक्रोसित तुल्याउँदैछ । आजसम्म नेपालीले भारतीय विष खाँदै आएका थिए, त्यसलाई सरकारले नै पुष्टी गरेर अनुमति दिएको छ । यो सरकार जनविरोधी, जनतालाई विष खाउ भन्ने सरकार होइन त ? कुनै देशको सरकारले यतिसम्मको निर्घिणी काम गर्नसक्छ ? सरकार आफै भन्छ– भारतीय फलफूल र तरकारीमा विष छ, फेरि खुल्लामखुल्ला आयात र विक्री गर्न अनुमति दिन्छ । संविधानको योभन्दा ठूलो फेलिएर के हुनसक्छ ?
नेकपा सत्तामा छ, नेकपाभित्रै नेतृत्वदेखि निर्णयहरुमा आलोचनामात्र भइरहेको छ । अर्को सवाल संसदमै उठ्यो– मास्कको । मास्क लगाएर सरकारको बिरोध गरेको रे ? ओलीजीको यो भनाइलाई कांग्रेसकी सांसदले सिंहदरवारदेखि वनस्थलीसम्म आफ्नो मोटरसाइकलमा बिना मास्क लगाएर हिड्नोस् भनेर चुनौति नै दिइन् । ०७२ सालको नाकावन्दी र चीनसँग पारवहन सन्धि गरेको भरमा राष्ट्रवादी बनेका ओलीले चुनाव त जिते, जनताको मन नराम्ररी भाँचिदिए । जनविश्वास गुमाए । नेकपालाई धरासायी बनाउन्, संविधान र देशलाई नै कृष्णभीरमा पो पु¥याइदिए । अलिकति तलमाथि भयो भने देश असफल हुने खतरा त छँदैछ, देशको अस्तित्व नै नरहने जोखिम पनि छ ।
त्यसै पनि संक्रमणकालीन न्याय व्यवस्थापन हुन नसक्दा विदेशी हस्तक्षेप बढ्दोछ । मानवाधिकार कानुन यतिसम्म कडा छ कि कुनै पनि नेता कुनै पनि मुलुकमा कुमार लामा बन्नसक्ने स्थिति पनि विकसित हुँदैछ ।
यही कारण भित्रभित्रै नेकपा र कांग्रेस मिलेर आममाफी दिने प्रपञ्च भइरहेको छ तर मानवाधिकारवादीहरु पीडितलाई राष्ट्रसंघ, हेगसम्म लैजाने र नेपाल दण्डहीन मुलुक बन्यो, पीडकले दण्ड सजाय पाएनन्, पीडितले न्याय कहिले पाउने ? भनेर प्रश्न उठाउने ैतैयारी पनि भइरहेको छ ।
सत्ताधारीले शक्तिशाली मुलुकका राजदूतमार्फत संक्रमणकालीन न्याय मेलमिलाप र बेपत्ता आयोगमार्फत गर्न खोजिरहेका छन् । यो त्यति सहज होलाजस्तो देखिदैन । जनता चिढिए, चिन्तामा पनि छन् । ओलीसँग भारत पनि चिढिएको छ, चीन पनि सशंकित छ । रेलवेको वार्तामा हतार नगर भनेर चीनले ओलीको रेल आयो आयो भन्ने भनाइलाई खण्डन गरिदिएको छ ।
अघि महाकाली सन्धि गरेर भारतको स्वावासी पाउनेहरुमध्ये ओली, भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्य, भारतीय विदेशमन्त्री एस जय शंकरको दर्शनभेट नपाएर छटपटिएर बसेको खबर यतिबेला व्याप्त  । पहिले पहिले विदेश मन्त्रीले नेपाली राजदूतलाई ँ१० दिनभित्रै भेट्थे, अहिले महिना दिन भइसक्दा पनि निलाम्बर आचार्य कालोनिलो भएर बसेका छन् । मालदिभ्सका राजदूतले भेट पाइसक्दा नेपालीले किन पाएनन् ? अर्थपूर्ण छ । अर्थात नेपालीप्रति नकारात्मकता बढेको छ ।
यो सरकार आफ्ना नागरिकप्रतिको दायित्वमा मात्र च्यूत भएको होइन, राष्ट्रिय कर्तव्यमा पनि चुकेको छ ।
असंलग्नतामा अडेको मुलुकको विदेशनीतिमा तरलता आएको छ । नेपाल आफै इण्डोप्यासिफिक रणनीतिमा फसिसकेको छ । नेपाली भूमि विदेशीको खेल मैदान बनिरहेको छ । इतिहासमै भारतको हालीमुहाली, दादागिरी बढेर गएको छ । सारमा भन्र्दा यसरी धेरै दिन चल्दैन । अर्को परिवर्तनको जग यिनै नेताका अधिनायक र सामन्ती संस्कारले बनाइदिएको छ । कृष्णभीरमा पुगेको राष्ट्रलाई बचाउन जनहस्तक्षेप अपरिहार्य भइसकेको छ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper