banner
banner

यी तिनैमा नेतृत्वको होडबाजी

पदम हमाल –
जन्मदैदेखि सहमति र असहमतिका रुपमा जन्मेका राप्रपाहरु आज पनि फरकफरक मोर्चा बनाएर चलेका छन् । यतिबेला राप्रपा नामका तीन पार्टी दुई बनेका छन् राप्रपा र राप्रपा संयुक्त । राप्रपाको नेतृत्व कमल थापाले गरेका छन् भने राप्रपा संयुक्तमा दुई अध्यक्ष छन् पशुपतिशमशेर जबरा र डा.प्रकाशचन्द्र लोहनी । यी पनि राप्रपामै एकीकृत भएका थिए । अधिवेशनमा कमला थापा चुनिएको केही समयपछि अध्यक्षको मनोमानी मान्दैनौं भनेर छुट्टिएका थिए । पछि पशुपति र लोहनी एकीकरण गरेर सामुहिक नेतृत्व गर्ने सहमतिमा संयुक्त बनेका हुन् ।
राप्रपा अध्यक्ष कमल थापाले आह्वान गरेका छन्– पार्टी एकीकृत गरौं । मिलेर अघि बढौं र बैकल्पिक पार्टी बन्ने आँट गरौं ।
यस सम्बन्धमा व्यापक छलफल भइरहे पनि सहमति हुनसकेको छैन । यी तिनै नेताको कमजोरी भनेको नेतृत्व विवाद नै हो । आफू भए ठिक भन्ने सोचले काम गर्दा राप्रपा टुक्रा भएर शक्ति खण्डित अवस्था बेहोरिरहेका छन् ।
राप्रपा अध्यक्ष कमल थापाले भनेका छन्– पछिल्लो तरल राजनीतिक अवस्थामा बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति देशले खोजिरहेको छ । कांग्रेस र कम्युनिष्टको वैचारिक असफलता विरुद्धमा वैचारिक दर्शन जनताको रोजाई हुनेछ, यसका लागि पार्टी एकीकरण गर्न जरुरी छ । राप्रपा एकीकरण गर्न तैयार छ ।
तर राप्रपामा अध्यक्ष कमल थापाको मजबुती भएकाले एकीकरण गरेपछि आफूले पाउने के ? नेतृत्वको हिस्सेदारी कति भन्ने पशुपति शमशेर जबरा र डा.लोहनीको सोच नै एकीकरणका लागि बाधक बनेको छ ।
एकीकरण भाँडिएपछि भएको आमचुनावमा पशुपति, लोहनीको पत्ता साफ हुनपुग्यो भने राप्रपाले राजेन्द्र लिंगदेनको नामको एकसिटमात्र चुनाव जित्न सफल भएको थियो । यसकारण पनि राप्रपा एकीकरणको जरुरी छ । राप्रपा एकीकृत हुने हो भने राप्रपाले राम्रै उपस्थिति जनाउन सक्छ । राप्रपा यसैगरी बिभाजन र एकापसमा गालीगलौज गरेर बस्ने हो भने आगामी चुनावमा राप्रपाको हालत झन पातलिने अनुमान विश्लेषकहरुले गरेका छन् । यसकारण मिल्नुको विकल्प छैन ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper