banner
banner

हस्तिानपुरको रजाइ कि चपरीमुनीको बास

स्वयम्भुनाथ कार्की -
त्रेतायुगमा मर्यादा पुरुषोत्तम रामलाई १४ बर्षको वनवास दिईएको थियो । कैकयीको त्यसवेलाको बुद्धि अनुसार अयोध्यावाशीले त्यो समयसम्ममा राम भुल्नेछन भन्ने नै थियो । आङ्खनो छोरा भरतले १४ बर्षको राजमा गरेको काम जस्तो भएपनि विकल्पको रुपमा राम खोज्ने छैनन भन्ठानेकी थिईन । भरतले रामको खराउ गद्धिमा नराखेर आपैm बसेका हुन्थे भने रामको फिर्ति त्यति भव्य हुने थिएन । किनभने भरतले पनि रामराज्य नै नभने पनि त्यसै सरह राजकाज चलाएका थिए । 
द्वापर युगमा जुवामा हारेको राज्य द्रौपदीको न्यायिक तर्कसंग नतमस्तक भएर सशर्त फर्काईएको थियो । शर्त थियो १२ बर्ष बनवास पछि १ बर्षको गुप्तवास यदि गुुप्तवास भंग भएमा फेरी त्यही १२ जोड १को चक्र । कौरवको सोचमा १२ बर्षको बनवास पछि पाण्डवहरुले शुभचिन्तकहरु गुमाइसकेका हुनेछन् । थप १ बर्षको गुप्तवास भंग गर्न सकिएमा पाण्डव कहिल्यै बनबाट फिर्ता नै हुन्नन् । तर बनबासको वेलामा पनि पाण्डवहरुको कार्यकलाप काम आदिको प्रचार रोकिएन त्यसैले शुभचिन्तकहरुले भुलेनन । गुप्तवास सकेर शर्तअनुसार राज्यफिर्ता दिन कौरवले अस्विकार गरे सहमतीको उलंघन गरे । पाण्डवहरुको बलिया शुभचिन्तक नै छैनन भन्ने सोचमा सुईको टुप्पो जतिपनि राज्य दिन्न भने ।
सत्ता र शक्ति हुँदाका पक्षधरहरु आफु पक्षधर भएको ढ्यांग्रो पिट्छन् । तर परिआएको वेला काम नदिन सक्छन । सत्ताशक्ति बाहिर भएवेला शुभचिन्तक सुसुप्त हुन्छन , आफुलाई प्रकट गर्न चहान्नन् । तर परिआए वेला पूर्ण समर्पणले साथ दिन्छन् । हुनत करुक्षेत्रमा पाण्डवका ८ र कौरवका १० अक्षहोणी सैनिक  थिए, तर चलाखी गरेर हात पारेको श्रीकृष्णका सैनिक र नकुल सहदेवका मामा शल्य उनीहरुले चाहेको पक्षमा लाग्न पाएका भए पाण्डव पक्ष नै धेरै हुने थिए । अनि पाण्डवले आङ्खनो हक प्रारव्धको भरोसमा छोडेको भए त्यसको निमित्त संघर्ष नगरेको भए सबै शुभचिन्तकहरु निराश भएर साथ छोड्नु पर्ने अवस्थामा हुनेथिए । 
आफुसंग २ अक्षहोणी सेना कम हुँदा पनि, अनि धुरन्धर महारथीहरुको कौरवको तुलनामा नागन्य हुँदा पनि पाण्डव निराश भएनन । त्यही भनाई हो यो ‘हस्तिनापुरको रजाई कि चपरी मुनीको बास’ । १४ बर्ष पहिलेको भए पनि राजकुमार रामलाई जान्नेहरु अयोध्यामा थिए , राम कस्ता हुन भन्ने कुराको निमित्त बुढापाकालाई सोध्नुपर्ने अवस्था थिएन । त्यस्तै १२ जोड १ बर्ष पछि पनि युधिष्टिरको कमजोरी जुवालाइ आधार बनाएर गरिएको अन्याय अरुबाट सुनेर हैन आपैmले देखेर जान्ने छूदै थिए । त्यसैले अरुले इतिहास नै नभने पनि पाण्डवलाई साथ दिन तैयार भए । यहि कुरा २० बर्ष पछि या ३० बर्ष पछि भएको भए निश्चित नै धेरै निराश भई सकेका हुने थिए ।
नेपालमा १९९७ को घटनाको वेला १२ बर्षको बालक वा बलिका वर्तमानमा ९०को आसपास पुग्छन । त्यो उमेरका अहिले होलान नै कति र ? शहिदको कुरा सुनेको वा पढेको भरमा जान्ने पुस्ताले गाडीले किचेर मरेकोलाई पनि शहिद माग ग¥यो भने कुन अचम्म भयो र ? तर यो कुरा त्यो वेलाको कुरा सम्झनेहरु भएको भए संभव नै थिएन, यस्तो माग गर्न । १५ सालको आमचुनावमा भोट खसाल्ने पनि ८० नाघीसकेका छन्, अव त्यो पनि किंवदन्तीको रुपमा इतिहासको रुपमा स्मरण हुने कुरा भयो । अलगअलग पक्षकाले भनेको अलग कुराको आधारमा केवल छलफल हुने हो जो बुद्धिविलास मात्र हुन्छ ।
‘राजा’ महेन्द्रको कार्यकालको केही स्मरण हुनेहरु पनि ६० बर्षे हुन लागेका छन अनि करिव त्यही उमेर ३६ सालको जनमत संग्रहमा मतदान गर्नेहरुको पनि भएको छ । केही बर्ष पछि यी पनि गनगने बुढाबुढीमा रुपान्तरण हुनेछन् । त्यसपछि महेन्द्रको कुरा किंवदन्ती हुने छ, त्यसैपनि नराम्रो वा राम्रो किंवदन्तीहरु प्रचलनमा आउन थालीसकेका छन । कुनै उनको राष्ट्रप्रेमलाई अतिरञ्जित गरेर भने कुनै उनलाई सत्तालोलुप बनाएर । राजा कुना लगाएर गणतन्त्र लादेको नेपालमा जन्मेको बालक पनि अव ११ पुगेर १२मा हिँड्दैछ । उस्को निमित्त त राजा तथा राजतन्त्र दन्त्य कथा नै हुनसक्छ । 
होला कोही राजा भएको वेलाको प्रशसक बन्ला कोही आलोचक । त्यो पिंढी उसले भोग्दै गरेको शासन प्रणालीसंग असंतुष्ट होला तर विकल्पमा उसल के सोच्ला ? राजसंस्था वा राजतन्त्र राम्रो थियो भन्ने माने पनि वा नराम्रो माने पनि आङ्खनो भोगाई सहज बनाउन के उस्ले राजसंस्था विकल्प मान्ला ? यो नै यक्षप्रश्न हो अहिलेको निमित्त । हो वर्तमानमा ४० कटेकामा विकल्प राजसंस्था सोच्नेहरु छन् । त्यो मुनीकाले त महशुस गर्न पाउनु प¥यो ।
जतिजति आफुलाई राजसंस्थाले जनताबाट ओझेल पार्दै लान्छ त्यतित्यति उसको प्रशंसा त होला तर विकल्प हुने दावी हार्दै जान्छ । यो कुरा हो हैन भनेर जाँच्न पाखा लगाईएपछि भित्रै बसेको अवस्था, अनि देशाटन गर्न बाहिर निस्केको अवस्था दाँजेर हेरे हुन्छ । थपमा अहिले फेरी एकान्तवासले शुभचिन्तकहरुमा पैmलिएको निराशा महशुस भएकै हुनुपर्दछ । विकल्प बन्ने कि किंवदन्ती छिटै रोज्न आवश्यक छ समय घर्कदैछ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper