banner
banner

सांसदलाई दशैं पेश्की

काठमाडौं । गए वा नगए पनि भत्ता पाएकै छन्, अरु सुविधा लिएकै छन्, अव दशैं आउन लागेकाले दशैं पेश्की पनि सांसदले माँगे । सांसद पनि कर्मचारी भए ।
बजेटमा सांसद विकास कोषका नाममा ६ करोडका दरले लिएकै छन् । बिधि निर्माता बन्नुपर्ने सांसद विकास ठेकेदार त बने बने, अगस्ती भन्ने उखानजस्तै अव कर्मचारी बनेर दशैं पेश्की समेत माँगेको खबरले लज्जा पनि लज्जित भएको छ । अर्को सालदेखि यी सांसदहरुले पेन्सनसमेत माँग्न बेर छैन ।
दोष यी सांसदको भन्दा पनि यिनलाई मत दिने हामी जनता नै गलत हौं । यसकारण जनप्रतिनिधि छान्ने बेलामा जनताले विचार पु¥याउन जरुरी छ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper