banner
banner

किन बुझ्दैनौं बाल मनोविज्ञान ?

देवी कफ्ले -
ललितपुरको माल्टा गाऊंमा एक एघार बषर््ीाय बालकले आत्महत्या गरेको समाचारले मुटु छिया छिया बनायो । आखिर हामी बालमनोभावना किन बुझ्दैनौ?या त बुझेर पनि बुझ्न चाहन्नौ ???
 बच्चामा चन्चलेपन बढी हुन्छ ? जिज्ञांसु हुन्छन्  । उनीहरूको मनमा अनेक प्रश्न हुन्छन् अनेक रहर हुन्छन् । इच्छा र आकांक्षाको त खानी नै हुन्छ । बालकको पहिलो पाठशाला आफ्नो घर हो र पहिलो शिक्षिका आमा नै हुन् जसबाट बालकले संसार बुझ्ने प्रयास गर्छ । उसले पहिलो पाठशालाबाट सिकेका सिकाईहरू अमिट छाप बनेर दिलोदिमागमा रहन्छ । त्यसपछीको पाठशाला हुन्छ उसको सामाजिकसेरोफेरो । जहा“ उसले परम्परा रितीरिवाज,सामाजिक चलन सिकेको हुन्छ जसलाई घोक्नु पर्दैन ब्यवहारिक ज्ञानमा पारंगत हुन्छ । त्यसपछीको पाठशाला बल्ल स्कूल हो । आजको परीवेशमा बच्चा प्राबिधिक ज्ञानमा पारंगत देखिन्छन् ।त्यसैले बच्चा बच्चा जस्तो नभयर यान्त्रिक मानव जस्ता देखिन थालेका छन् ।
 हरेक अभिभावकले आफ्नो सन्तान सबै कुरामा अगाडी जाओस् चाहान्छ । पढोस् लेखोस् सबैभन्दा जान्ने होओस् परिक्षामा सधैं अब्बल आओस् ताकी साथीभाई छिमेकी सबैस“ग ठा“टिएर गफ लाउन पाइयोस् । त्यही अब्बल बनाउने होडबाजीमा बालकको नाबालापन निमोठिएको होसै पाउंदैनन् । जब बच्चा दुई बर्षको हुन्छ अनि मन्टेस्वरी स्कूल खोजेर बिहान देखि दिउ“ंसो सम्मको बाल झन्झटबाट मुक्ती खोज्छन् अभिभावक । अनि भन्छन् ब्यस्तताको कारण मन्टेस्वरी राख्नु पर्यो ।
 जुन बेला उसको बाललिला शुरू हुन्छ त्यहि बेलादेखि नै मन्टेश्वरी नामको जेलमा पठाइदिएर बाबुआमा मक्ख परेका हुन्छन् । मन्टेश्वरी सकेपछी स्कूल शुरू हुन्छ अनि गधाको जस्तो भारी सकीनसकी बोकेर खुट्टा बांगा बनाउंदै असिना र पसिना हुंदै स्कूल पुग्छ दिनभरी तोकिएका शब्द वाक्य र रट्टा मार्न लगाइएका पाठ रट्टा मार्छ अनि फेरी गधा भारी बोकेर घर पुग्छ पोशाक बदल्न नभ्याउंदै टिउशन शिक्षक आइपुग्छन् । टिउशनको रट्टा मारो अनि गृहकार्य हुन्छ त्यो फटाफट सक्नु पर्यो । अनि बाबु नानु हर्लिक्स खाऊ ,कर्नफ्लेक्स खाउ“ अनि भोलीको पाठ घोकेर सुत्यो । बिहान उठ्यो दैनिकी शुरू भयो गिलासको हर्लिक्स मिश्रित दुधबाट फेरी चाऊचाऊ बोक्यो स्कूल गधाको चालमा दुगुर्यो  । यही हो अहिले का बालबालिकाको दैनिकी । खोई यहां उनीहरूको स्वतन्त्रता?कहिले परीवारमा बसेर कुराकानी गर्ने ? कहिले छिमेकीको ब्यवहार बुझ्ने ? अनि बच्चा यन्त्रमानव नभयर मानव बन्छ त ? न त बच्चास“ग बसेर उसको ईच्छा बुझ्न फुर्सद छ, न उसका मनोभाव बुझ्न शिक्षक नै खोज्छन् । फलतः बच्चा आफूलाई एक्लो महसुस गर्छ । कसैस“ग बोल्न खोज्दैन, एकान्त मात्रै खोजीरहन्छ । संसारमा म एक्लो छु भन्ने सोंचाईले भित्रबाट खाइरहेको हुन्छ । कहिलेकाही बच्चाले गल्ती पनि गरेको हुन्छ उक्त गल्तीबाट पाउने सजायंबाट त्रसित मानसिकता बोक्छ, अनि बाबुआमा सामु भन्न खोज्छ तर सक्दैन किनकी बाबाआमालाई त हरेक कोणबाट आज्ञाकारी, पढाईमा अब्बल छोरो चाहिएको हुन्छ । अनि बाबुआमाले उसको लागि कति संघर्ष गरेका छन् भन्ने कुरा दर्शाउन कुनै कुरा बांकी छोड्दैनन् । उनीहरूलाई बच्चाको गुनासो रहर सुन्ने फुर्सद कहां ?फलतः बच्चा टाढिन्छ ।
 स्कुलको अवस्था पनि त्यही हो । बच्चाको क्षमता जांच गर्ने तर जतिसक्यो उसलाई भारी पार्ने । उसको क्षमताले नभ्याए पनि घोक्न दिएको घोक्नै प¥यो परिक्षामा पास अंक ल्याउनै पर्यो तर उसले कतिसम्म घोकेर सम्झन सक्छ भन्ने तिर ध्यान दिईन्न । घोक्न र अति आज्ञाकारी नभय अथवा उसको इच्छा अनुसारको काम गर्यो भने सजायंको भागीदार बन्नु पर्छ ।फलतः बच्चाले एक्लो महसुस गर्छ अनि आफ्नो कोही रहेनछ भनेर आत्महत्या सम्म को बाटो तय गर्छ ।
 बेलैमा हामी बच्चाको बिषयमा सचेत भयनौं भने बच्चाहरूको ब्यवहार परीवर्तन गर्न सकिंदैन । बच्चाको अभिभावक हैन साथी बन्नुस् । स्कूलमा शिक्षक बच्चाको साथी बन्नुस् ।बच्चाको स्वतन्त्रताको ख्याल गर्नुस् ।उसको इच्छा बिपरीत आफ्ना निर्णय लाद्ने नगर्नुस् । उसको क्षमताको कदर गर्नुस् ।सक्ने भन्दा ठूलो भारी नबोकाउनुस् । एक्लोपन महसुस हुन नदिनुस् । खुलेर कुरा गर्नुस् ।सामाजिक काममा सहभागी गराउनुस् । घरमा तयार गरीएका खानेकुराहरूको महत्व बताउंदै प्रशंशा गर्नुस् । रेडिमेड खाना, मोबाइल, कम्प्युटरमा थोरै मात्रै समय मिलाईदिनुस् । बिश्वास गर्नुस् । उसले गर्न खोजेका काममा सहभागिता जनाइदिनुस् । अरूको अगाडी उसलाई होचँयाएर नबोल्नुस । तपाईंको बच्चा तपाईं आंफैले, समाजले र देशले अपेक्षा गरे अनुरूप बन्नेछ । अन्यथा बच्चा भयर पनि रीत्तो महसुस गर्न बाध्य हुनुहुनेछ । बेलैमा सचेत बनौं । घर परिवार र शिक्षकले बच्चालाई बुझ्न नसक्दा भयावह घटना अझ बिकराल रुपमा जानेछ । हामी सधैं बच्चाको साथी बनौं ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper