banner
banner

हिमालको देश पानी किन्नथाल्यो

बरिष्ठ अधिवक्ता शिव सिग्देल -
३ वर्ष अघि नेपालले १ लाख ४० हजार लिटर पानी आयात गरेको थियो । २ वर्षअघि यसको मात्रा बढेर २ लाख ३० हजार लिटरमा पुग्यो र गत वर्ष ३ लाख ५५ हजार ६ सय लिटर पानी नेपालमा आयात भएको देखिन्छ ।
भारत, चीन, बेलायत, फिलिपिन्स, जापानबाट नेपालमा पानी आयात भइरहेको भन्सारको तथ्याङ्क छ ।
तर यो बाहेक यत्तिकै मात्रामा भारतबाट चोरी आयात हुने गर्छ ।
हिमालको देश, पानीको देश, पानी आयात गर्नुपर्ने बाध्यतामा हुनु भनेको लोक सरकारको असफलता नै हो ।
हुन त नेपालबाट पानी निकासी गर्ने भनेर पोखरामा ठुलै उद्योग खोल्न सरकार तैयार भएको लामो समय भइसक्यो । त्यो तैयारी कागजमा सिमित छ ।
एउटा कोरियन कम्पनीले नुवाकोटमा पानी उद्योग खोलेको थियो, कोरियनलाई भगाएर तत्काली माओवादी जनयुद्धकालमा अरुले नै हत्याए । त्यो उद्योग पनि क्षमताअनुसार चलेको छैन । केही युरोपियन मुलुकहरुले समेत नेपालमा पानी उद्यमतिर ध्यान दिएको र नेपालको पानी आयात गर्ने चासो देखाएका हुन् । तर नेपालमा कमिशन र भ्रष्टाचारको जाले यति बाक्लो छ कि उद्योग खोल्नु नै अभिषापजस्तो लाग्छ । यसमा छिमेकीको नीति र त्यो नीतिको प्रभावमा पर्ने राजनीति उत्तिकै जिम्मेवार छ । यहीकारण नेपाल छिमेकीको डस्टबिन बनिरहेको छ ।
नाङ्गो भ्रष्टाचारको कथा मेलम्चीको हेरौं । २० वर्षमा १९ प्रधानमन्त्री, २४ मन्त्री, २९ आयोजना प्रमुख फेर्दा पनि यो आयोजना असरल्ल छ, भ्रष्टाचारकै कारण ।
यस्तो विकासले नेपालले पानी आयात नगरे के गर्छ ?

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper