banner
banner

नेवा, तामसालिङको बिद्रोह

धर्मरत्न श्रेष्ठ – 
३ नम्बर प्रदेशको नाम राख्ने सकस परिरहेको बेला पारेर नेपाल मगरसंघ तथा नेपाल आदिवासी जनजाति महासंघले नेवाःतामसालिङ राख्नुपर्ने मा“ग गरेका छन् । मा“गकर्ताले नेवा–तामासालिङ नामकरण गरेर यहा“को रैथाने जनताको इतिहासलाई सम्मान गर्न प्रदेश ३ का सांसद र नेपाल सरकारलाई आग्रह गरेको हो । यतिमात्र होइन, नेवा तामासालिङलाई मेटाएर भूगोल र धर्मको नाममा प्रदेश ३ को नामकरण गरिएमा जनता र सांसद्रुबीचको लडाइ“ सुरु हुने चेनतावनीसमेत दिएको छ । 
मा“गकर्ताले तामासालिङ र नेवाका प्राचिन जातिले आफ्नो पसिना र रगत खर्चेर निर्माण गरेको ऐतिहासिक इतिहास र सभ्यताको नाम हो तामासालिङ र नेवा, तामासालिङ र नेवालाई इन्कार गर्नु भनेको यहा“का तामाङ र आदिवासी जनतालाई तिमीहरू नेपालका जनता नै होइन, मरेका मान्छे भन्नु हो । उनले राज्यसत्ता र राजनीतिका बारेमा आदिवासी जनताले बुझ्न नसक्दा आदिवासी जनजाति राज्यको अधिकारबाट बन्चित भएको भन्दै अब बहुसंख्यक आदिवासी जनताले राज्य सत्ता र राजनीतिलाई बुझेर दिल दिमागमा राख्नुपर्ने बताएको छ ।
संविधानसभा भएका बेलामा पश्चिमा स्केण्डीनेभियन मुलुकहरुले उचालेका भरमा प्रचण्डले जनजातिलाई जातीय राज्यका लागि उक्साउ“दा देशैभरि जातीय दङ्ग भड्किन पुगेको थियो । पछि सर्वसाधारणले नै हिमाल पहाड तरँई कोही छैन पराई भन्ने व्यानर बोकेर सौहाद्र जुलुस निकाल्नु परेको थियो । नेताहरुले नसोचेर बोलिदिदा त्यसको असर आज पनि बा“की नै छ र १२६ जातिको नेपालमा मिलेर बसेका सबै जाति जातिवीच मारामार गराउने प्रपञ्च फेरि सुरु हुन लागेको त होइन भन्ने संशय गर्ने आधाका झिल्काहरु देखिन थालेका छन् । कदाचित यो एकता भा“ड्ने अमिलो हुनसक्छ ।
पहिचान सबै जातिको कायम हुनुपर्छ । कुनै जाति काखा र कुनै पाखा हुनुहुन्न । हामी सबै नेपाली हौं, नेपाली हुन पाउनुपर्छ । कुनै जातिले मान्यता पाउने र कुनै जाति सिमान्तकृत भएर चाउरिनु पर्ने स्थितिको अन्त्य हुनुपर्छ ।
महिला, दलित, जनजाती आदिवासी, मधेशी, मुस्लिम, उपेक्षित उत्पीडितलगायत सबैका अधिकार संविधानमा लेखिएको छ, कागजमा लेखेर हुन्न, व्यवहारमा ती अधिकार ती समुदायले पाउनुपर्छ, समुदाय सवलीकरण हुने अवसर हुनुपर्छ ।
नामले नया“ र अधिकार सम्पन्न हुने भए पञ्चायतको नाम बहुदल भयो, बहुदलकाललाई किन कालरात्रि भनिन्छ ? सोचौं ।
बहुदल भएन भनेर लोकतन्त्रको नामाकरण गरियो । लोकतन्त्रजति अलोकप्रिय, भ्रष्टाचार र कूशासन भएको इतिहास कुनै रहेन । जनताबाट निर्वाचित प्रतिनिधि सबैभन्दा घुस्याह, भ्रष्ट र अनैतिक हुनपुगे । यसकारण प्रगतिको मानक एकता र सबल पहिचान समाजशास्त्र हो । समाजलाई त्यतातिर डो¥याउने कि ? नामका पछाडि लाग्ने ?

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper