banner
banner

विधि, विधान र वेदका मन्त्रहरु...

 — विष्णुप्रसाद शर्मा - 
विधि र विधानको पालना गर्न वेदका मन्त्रहरु अत्यावश्यक छन् । मन्त्र शक्तिले भूत, वर्तमान र भविष्यलाई समेत चलायमान गराउँदै आएको हो र यसको निरन्तरताबेगर विश्वमा कुनै पनि उर्जाहरु चलायमान रहन सक्दैनन् । धार्मिकता आ–आफ्नो चलनअनुसार अगाडि बढेको हुन्छ भने वेदले सबैलाई एकै किसिमको ज्ञान–शक्तिको उर्जा दिलाउनेमात्र नभएर विज्ञानलाई आजको अवस्थासम्म ल्याइपु¥याउने काम पनि गरेको छ । वेदका मन्त्रहरुलाई अध्ययन–मनन् र क्रियाशील गराउँदै लैजानु पर्दछ र यसले हरक्षेत्र, हरप्रहर र सबै प्राणीहरुको भविष्यलाई प्रदिप्यमान र प्रज्वलित गराउन सक्ने शक्तिका रुपमा सबै अध्यताले अनुभव गर्नसक्ने एउटा वैदिक सनातन शास्त्रका हिसाबले हिन्दूत्वको उजागरण भएको रहेछ भनेर पनि बुझ्न सकिन्छ । 
आज विशेष गरेर नेपाली समाजले आत्मैदेखि ग्रहण गर्दै आएका चार वेद, अठार पुराण र त्यसबाट फैलिएका धेरै टीकाहरुलाई पश्चिमेली सभ्यताको न्यानो खोल र छहारी ठानेर तिरस्कार गर्दै गरेको पाइएता पनि बिहानीको मुहूर्त र दैनिकीको समयमा तिनै वेद–ऋचाहरुको प्रभावले बज्ने रुद्रकण्ठीलाई प्रभावित बनाउन सकेको छैन । वेद भाषालाई शुद्धता दिने एउटा महायन्त्र र मूलमन्त्रका रुपमा हिन्दूहरुले स्वीकार गरेको ग्रन्थ हो र यो ग्रन्थलाई आज विश्वले अध्ययन–अनुसन्धन गर्दै गरेको आभाष मिल्न थालेको छ । वैदिक सनातन हिन्दू धर्मलाई लक्ष्यमा पु¥याउने र शाहवंशीय राजाको देनलाई प्रष्टोक्ति गराउने अत्यन्तै ग्रहणयोग्य अनि मनन् र अध्ययन गर्नैपर्ने पौराणिक शास्त्रको इतिहास भएको जगजाहेर छ, ता पनि आज पश्चिमाहरुले नेपालमा अपमानजनक गराउने असफल प्रयास गरिराखेका छन् । ता पनि वैदिक सनातन धर्म र पूर्वीय शास्त्र–दर्शनको मूल अंग वेद नै हो र त्यसको जगलाई कमजोर गराउन ब्राह्मणहरुलाई प्रयोग गरिएको छ भने हामीले यो कुटिल चाललाई बुझ्नु जरुरी छ । 
नेपालको भौगोलिक अवस्था र गोपालवंशी, महिषपाल र विविध राजाहरु भन्दा उत्कृष्ठ र वैदिक सनातन धर्म अनि वेदका मन्त्रहरुको यथोचित पालन गर्ने राजा शाहवंशका नै अग्रपंक्तिमै रहेका छन् । राजा महेन्द्रलाई प्रभावित पार्न सक्ने खुवीका धनी नेपाली कांग्रेसको पृष्ठभूमिबाट राजनीतिक महायज्ञमा होमिएका र भारतमै बसी राणाकालीन समयमा पनि नेपाल भूमिबाट शिक्षा हासिल गरेका र उताको हावापानीभन्दा नेपाललाई दरिलो र भरिलो बनाउनु पर्दछ भन्ने राजनीतिक क्षेत्रलाई भन्दा राष्ट्रको छविलाई माथि उठेको देख्न चाहने राजनेता डा.तुल्सी गिरी थिए । उनी हिन्दू धर्मलाई शिखरमा पु¥याएर विश्वका हिन्दूहरुलाई नेपालको श्री पशुपतिनाथमा ल्याउनुपर्ने ध्येय राख्नुहुन्थ्यो भने पछिल्लो जीवन व्यतितको एक खण्डमा क्रिश्चियन हुनुभयो । डा.तुल्सी गिरीबाट नेपालीहरु धेरैले धेरै कुराहरु सिक्नुपर्ने थियो । 
डा.गिरीलाई छिमेकी भारत के हो र नेपालको वास्तविकता के रहेको छ भन्ने ज्ञान थियो । त्यसैको पेरिफेरिमा आफू प्रधानमन्त्री रहँदा कार्य गरेका थिए होलान् । जे होस् आज उहाँले नेपाललाई अलविदा गर्दै क्रिश्चियन बाकसमा लुप्त हुँदै क्रिश्चियन पद्धतिको दाहसंस्कार स्थलमा सायद खरानीमा परिणत हुनुभयो होला । शाहवंशीय राजाहरुको भारलाई थेग्न सक्ने खुबी त थियो उहाँमा, तर कुन परिबन्ध हो, उहाँले श्रीलंका र भारतको बासलाई रुचाउनुभयो, त्यो पनि इतिहासलाई नै बुझ्न छोडिदिऊँ । 
आज नेपालमा राजनीतिक धर्मको पनि निर्मम हत्या भएको छ । विदेशीहरुले दिएको पुन्कीलाई महाप्रसादका रुपमा ग्रहण गरेर वेद र वेदभित्रका ऋचा र मन्त्रलाई पराधिनताको पक्षमा पठाइँदै छ । वेदका मन्त्रले उडिरहेका चराहरु र गुडिरहेका थल यन्त्र अनि जलचरहरु समेतलाई आनन्द र भयमुक्त गराउँदछ । मानव, दानव, देवता र देवताका गुरुहरु सबैलाई ध्यानमग्न गराउँदै जीवन चक्रको ८४ योनीलाई एकै फन्कोमा मोहित गराउन सक्दछ । जुधिरहेका साँढे, कुदिरहेका स्वाँन पुत्र र मात्तिरहेरका मदहात्तीलाई समेत एकक्षण लयबद्ध वेद स्तुतिले आशक्त बनाउन सक्ने शक्ति छ, वेदमा । तर, हामी नेपाली ब्राह्मणले कुलतमा फसेर त्यसलाई जोगाउन सकिराखेका छैनौं । शाहवंशीय परम्पराले वेद र वैदिक सनातन धर्मलाई अक्षरशः पालना गरिराखेका छन् । 
नेपाल देश यस्तो छ, जहाँ वेदलाइ पूर्णरुपले समर्थन गर्नसक्ने तत्वहरु उपलब्ध छन् । जनता यस्ता छन्, डा.देवेन्द्रराज पाण्डे, जो नागरिक अगुवा भन्दै हिंडेका छन्, जसले अर्थ मन्त्रालयको महत्वपूर्ण पद सचिवसम्म भएका र तिनै शाहवंशीय राजाहरुलाई अनाहक अफवाहहरु फैलाएर आफू ठूलो मान्छे भएको घमण्ड बोकेका छन् । अनि भन्नुहोस्, नेपाल देशभित्र रहेका असंख्य मठ–मन्दिर र ती स्थानहरुमा घन्किनुपर्ने वेदका ऋचाहरुलाई क्रिश्चियानिटीले कति प्रभावित पारिराखेको होला ? नागरिक अगुवाको काम–कर्तव्य र उसबाट जनताले प्राप्त गर्ने चेतना के ? पश्चिमाहरुको तलबभत्ता खाएर श्री ५ को सरकारको अर्थ सचिव पदमा बसेर राष्ट्रलाई नै घात गर्न मिल्थ्यो कि मिल्दैन थियो ? यो प्रश्नको उत्तर स्वयं जनताले नै खोजी गर्न‘पर्दछ । नेपालको इतिहासमा शाहवंशीय राजाहरुले जसरी, जति यो देश बनाउन धर्म र वेदको पालना गरेका छन्, अरु कुनै लालहरुले गरेका छैनन् । पश्चिमा मुलुकहरुको दयाले नेपालमा खिचडी पाक्दैन भन्ने कुरा २०४६ देखि ७५ सम्मको इतिहासले बोल्दैन र ? यति कुरा पनि बुझ्न नसकेकालाई नागरिक अगुवा हुँ भन्ने हैसियत कहाँबाट प्राप्त छ, ती कर्मचारीलाई ? नागरिकहरु जो सचेत भया । यो एउटा छिद्रले युरो कोतरेर देशकै बद्नामी गरेको छैन ?
हावामा बहकिने पात र जमेको पानीमा ढुङ्गा हान्दा निस्कने तरङ्गको एउटै पहिचान हुन सक्दैन । हावा चलेपछि मात्रै पातहरु फरफराउने हुन् भने जमेको पानीमा हावा चल्दा र केही वस्तुले धकेल्दा दुवैको हैसियतअनुसारको तरङ्ग पैदा भएको देख्न सकिन्छ । नेपाल एउटा प्राकृतिकरुपले नै धार्मिक स्थल हो र यहाँ विभिन्न देवी–देवताको बास रहेको छ, जुन कुरा शाहवंशीय राजालाई राम्रो ज्ञान छ । दलीय स्वार्थभित्रबाट जकडिएको विदेशी पिरामिडले वेद र त्यसभित्रका महत्वपूर्ण मन्त्रहरुको मर्मलाई आँकलन गर्नै सक्दैन । 
देश एउटा निष्कपट धरती हो भने त्यस धरतीको छातीमा नाच्ने हामी प्राणीमात्रै हौं । प्राणीले देशको रक्षार्थ धर्मको मर्मलाई बचाएर राख्न सकेमा मात्रै धर्मले प्राणीको रक्षा गर्दछ । ब्राह्मणले आफ्नो कर्म छाडेर अरुको भाषालाई ग्रहण गरेर विचलित भई कुकर्मलाई प्राथमिकता दिंदै जाँदा आज यो तपोभूमि, अष्ट चिरञ्जीवीको गोप्य थलो र शिव–पार्वतीको घर (वासस्थान) मा विदेशीको शुक्रकिट अभक्ष वस्तुमा मिसाइएर सेचन गर्नु के उपयुक्त हो ? पक्कै पनि यो अनुचित राष्ट्रहितविपरीत थियो । राष्ट्रहित विपरितका कुनै पनि कार्य सधैं आलोच्य हुन्छ नै ।
‘सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामया ः । सर्वे भद्राणि पश्यन्तु मा कश्चिद दुःख भाग्जन ।।’ अर्थात् निरोगी सबै रहुन्, सबै रहुन् सुखीया । सबैले राम्रो (वेश) देखुन् नहुन् क्वै पनि दुखीया ।
के उद्गारहरुले हाम्रो समाजलाई हानी–नोक्सानी पु¥याइरहेकै छ त ? हामीले अन्धभक्त भएरै भएका हानी–नोक्सानी थाहा नपाएकै हौं त ? मेरो देश नेपाल महान् छ ! भनेर कतिपटक कति ठाउँमा बोलेका छौं ? महर्षि वेद–ब्यासले वेदलाई सुक्ष्म अध्ययन–विश्लेषण गर्नुभयो र चार वेदमा विभाजन गरिदिनुभयो अनि जनजीवन चलाउनका लागि पूर्वीय षडदर्शनबाट १८ पुराण तयार पारिदिनुभयो । के यो पनि आवश्यक नभएकै कुरा थियो त ? होइन, भगवान् श्रीकृष्णले मत्र्यलोकलाई छाडेर स्वर्गलोक गएपश्चात् यहाँ कलिको प्रवेश भयो र राजा परीक्षितले कलिलाई बन्धनमा राख्न सफल हुनुभएको थियो । तर, परीक्षितले राजकाज छाडी प्रवासमा गएपछि कलिले मौलाउने अवसर पायो, त्यसैको परिणामस्वरुप नेपाललाई तहस–नहस बनाउन दानवरुपी अनुहारहरु विकसित हुँदै गएका हुन् भनेर बुझ्न सकिराखेका छैनौं । 
प्राकृतिक नियम, भूगोल र हावापानीअनुसार जनजीवन चलाउने सबैभन्दा पुरानो धर्म भनेकै वैदिक सनातन धर्म हो । आत्मा, परमात्मा, मन, बुद्धि र शरीरसम्बन्धी शुरुमा अर्थात् आदिमकालमै ब्याख्या वेदमा गरिएको थियो भनेर हामीलाई बुझाउन नसकिएकै कारण मानव दानवमा विस्तारै परिणत हुँदै गएको प्रत्यक्ष अनुमान गरिंदैछ । वेदभित्रबाट आयुर्वेद उत्पत्ति हुन सक्यो, ऋषि–महर्षीले यो ज्ञान प्राप्त गर्नुभयो, यसको प्रभावता छँदैछ भने वेदकै उपादेयता विज्ञान हो र आज त्यसले व्यापकता पाएको छ । विश्वले वेदको जगेर्ना गर्न सक्नुपर्दछ । गर्न सुरु गरेका पनि छन्, नेपाल बेद मासिदै छ । वेद नेपालका लागि अपरीहार्यता नै हो भने शिक्षालाई प्रष्ट अनि प्रभावित पार्नका लागि शैक्षिक कोर्षका रुपमा पुनः प्रवेश गराउनु जरुरी छ । 

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper