banner
banner

प्रधानसेनापतिको चीन भ्रमण

नेपाली सेना र चीनको जनमुक्ति सेनावीचको सम्बन्ध कायम गर्न चीन भ्रमणमा गएका प्रधानसेनापति पूर्णचन्द्र थापाको भ्रमण सफल भएको सैन्यविदहरुले ठहर गरेका छन् । यो सफलताको कडी दुवै सेनावीचको निरन्तरको विश्वास र आत्मीयतामा आधारित रहेको बिज्ञहरुले बताएका छन् ।
यसैवीच बेइजिङमा नेपाल र चीनका सैनिक प्रमुखबीच भेटवार्ता भएको छ र उक्त भेटवार्तापछि प्रधानसेनापति पूर्णचन्द्र थापाका चिनियाँ समकक्षी लि जुओचाङले नेपाली सेनाका लागि आवश्यक पर्ने सरसामान खरिद र मानवीय सहायता १५ करोड युआन बराबरको सामान उपहारमा दिएका छन् । यसअघि बेइजिङस्थित चिनियाँ जनमुक्ति सेनाको हेडक्वार्टरमा प्रधानसेनापति थापाको सम्मानमा चिनियाँ सेनाले सम्मान गारत अर्पण गरेर मित्रता मजबुतीको सन्देश दिएको थियो ।
सो अवसरमा प्रधानसेनापति थापाले चिनियाँ जनमुक्ति सेनाबाट नेपाली सेनालाई मानवीय सहायता तथा विपद व्यवस्थापन सहयोग अन्तरगत प्रदान भएको सामग्रीहरु प्राप्त गर्ने सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन् । प्रधानसेनापति थापाले चिनियाँ जनमुक्ति सेनाको सैनिक संरचनाका साथै केही पर्यटकीय क्षेत्र र ग्रेटवालको समेत भ्रमण गरेको जनाइएको छ ।
असार १ गतेदेखि चीनको औपचारिक भ्रमणमा रहेका प्रधानसेनापति थापाले यसपटकको चीन भ्रमण नेपाली सेनाका लागि उपयोगी रहेको र दुवै मुलुकको सैनिक सम्बन्ध अझ सुमधुर हुनपुगेको जनाएको खबरमा उल्लेख गरिएको छ ।
बीआरआईमा नेपाल सहभागी भएपछि दक्षिणको छिमेकी असन्तुष्ट भए पनि केही वर्षदेखि चीन र नेपालको सम्बन्धमा नयाँ आयाम आएको छ । चीन नेपाललाई सघाइरहेको छ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper