banner
banner

कहिले बदल्छौ तिम्रो सोच ‘रण्डी’

देवी काफ्ले -
आंफैमा अपाच्य अनि अमर्र्यािदत शब्द हो ‘रण्डी’ ।
 इटहरि नगरपालिकाका मेयर द्वारिकालाल चौधरीको अभिव्यक्तिले सामाजिक संजाल मात्रै हैन सारा नेपाली नारीहरूको मनमा एउटा तरंग ल्यायो ।
म उनै जनप्रतिनिधिलाई प्रश्न गर्न चाहन्छु–  आईमाइ एक्लै रण्डी हुन्छे ?
  जुन आइमाईलाई रण्डी बनाउने भूमिका पुरूषले गरेको हुन्छ उसलाई रण्डो अथवा अमर्र्यािदत शब्दले बोलाउन सक्नुहुन्छ ?
 पुरूषले ७ महिना देखी ७७ बर्षे बृद्धासम्मलाई आफ्नो हवसको शिकार बनाउ“छ त्यसलाई के नाम दिनुहुन्छ ? हजुरआमा, आमा, फूपू, दिदी, काकी, सानीमा, बैनी, छोरी, बुहारी, माइजु अनि तपाईंको श्रीमती, कुनै न कुनै रूपमा तपाईंको नजरका आइमाई हुन् ।
सृष्टीबाहक आइमाई हुन् । यदि यी आइमाई नै रण्डी हुन् भने तपाईं कहा“बाट जन्मनु भयो ?
तपाईंको सोंच कहिले बदलिने हो ? यस्तो सोच बोकेर कहा“ पुगिन्छ ?
समाज परीवर्तन गर्न आफ्ना निजी स्वार्थ त्यागेर हिंडेको मान्छेले यस्ता अपशब्द बोल्नु हुन्छ भने खोई आउने पिंढीलाई के सिकाउनुहुन्छ ?
विपरीत लिंगीप्रति आकर्षित हुने गुण सबै प्राणीमा हुन्छ । यदी यसो नहु“दो हो त शायद संसारमा प्राणी नै रहने थिएनन् र सबै निर्जीब बस्तु मात्रै हुने थियो ।
बिपरीत लिंगीतर्फ आकर्षित केबल महिला मात्रै हैन पुरुष नै बढी हुन्छन् । त्यही आकर्षणलाई नै एकोहोरो नाम दिन मिल्छ
 होला त ?
पुरुष सदा शुद्ध नै रहने महिला अशुद्ध र अछुत हुनुपर्ने ? हाम्रो समाजमा जातीय भेदभावले महिलालाई नै बढी निचोरेको छ । यदि कुनै महिला आफूभन्दा कथित तल्लो जातस“ग बिहे गर्छीन भने उसको जन्मघरको जात जान्छ तर पुरुषले त्यही कर्म गर्यो भने जात जांदैन । दुबैले गरेको कर्म एउटै तर सजाय फरक किन ?
एउटी महिलाले आफूले मन पराएको मान्छेस“ग सम्बन्ध राखिन् भने उनी रण्डी हुन्छीन् । त्यही काम पुरूषबाट भयो भने उ पुरूषार्थी हुन्छ कसरी ?
आजको परीस्थितिमा बाउले छोरी बलात्कार गर्छ, दाजुले बहिनी, ससुराले बुहारी बलात्कार गर्छ । त्यहा“ दोष त्यही महिलाले पाउ“छे । तैंले नजीक गएर किन बोलीस्, किन उत्ताउली भैरहेको, किन जिस्केर बोलेको आदी ईत्यादि । अनि ईज्जतको नाममा पुरूष शुद्ध हुन्छ, महिला जीवनभर उक्त बोझ बोकेर बांच्नुपर्छ । कि त आत्महत्या गर्नुपर्छ ।
महिला सधैं पुरुषको प्यास मेटाउने यौनको प्याला बन्नु पर्ने अनि अन्तमा रण्डी नामको उपनाम भिरेर समाजमा तिरस्कृत हुनुपर्ने ।
आखिर कहिले सम्म ? ती गलत आकर्षणलाई पुरुषले कहिल्यै मापन गरेका छन् ? उनीहरूले पनि त रोक्नु पर्छ । कसैलाई हेरेर, कसैलाई छोएर, कसैलाई बोलेर भए पनि उनीहरूको कामुक इच्छा तृप्त पारेकै छन्  । पसलमा सामान किन्न महिला भएकै ठाउ“मा जाने अनि ब्यापारको लागि रण्डी चाहिन्छ भन्ने ?
होटल होस् कि व्यापार, विजनेस जता पनि मा केटी चाहियो भन्दै तोलमोल गर्ने महिला हुन् की पुरूष ?
एक नजर हेरेरै भए पनि आफ्नो यौन प्यास मेटाउन खोज्नेले कहिल्यै सम्मानको दृष्टिले हेरेको छौ महिलालाई ? एकपल्ट सम्मान गरेर त हेर ?
जुनसुकै संबिधानमा जति ब्याख्या गरेको पनि, लोकतन्त्र, गणतन्त्रका नारामा महिला अधिकार र सम्मानका शब्द भजाएर लोकप्रिय भय पनि पुरूषको मनभित्रको महिला आशक्तिलाई के भन्नुहुन्छ ?
 गणतन्त्र आए पनि प्रजातन्त्र आए पनि महिलालाई हेर्ने दृष्टिकोण घिनलाग्दै भए पछी त्यो तन्त्रले फरक नपार्दो रहेछ ।
आफ्नो सोंच परीवर्तन गर्न नसक्नेले समाज कसरी परीवर्तित गर्लान् ? आफ्नो घरका आमा, आमा हुने अरूका आमा रण्डी हुने, आफ्ना दिदीबैनी दिदीबैनी हुने अरुका रण्डी हुने ? वाह पुरुषवादी तत्व वाह, अब त सन्तान पनि तिमी आंफै जन्माउ ।
कुनै उच्च ओहोदामा महिला छन् भने उनले गरेको सकारात्मक काम पनि तिम्रो आ“खामा कसिंगर बन्छ । उनको कामको खिल्ली उडाइन्छ तर त्यही काम पुरूषले गर्दा हामी सास नफेरी ताली बजाउन बाध्य हुन्छौं वाह हाम्रो संस्कार ?
महिलालाई दासीको रुपमा कजाउन पल्केकाहरूलाई के थाहा उनीभित्रको क्षमता ।
भारतको एउटा प्रान्तमा खसिया जातीको बाहुल्यता छ । त्यहा“ कान्छी छोरीले बिहे गरेर ज्वाईं घरमा ल्याउनु पर्ने हुन्छ । घर बाहिरको सारा काम महिलाले गर्छिन् । पुरूषले घर सम्हाल्छन् । महिला बिहानदेखि काममा जान्छिन्, कामका शिलशिलामा सबैस“ग बोल्नुपर्छ हिड्नु पर्छ । घरको काम पुरूषले सम्हाल्छन् । यसरी काम गर्दा ती महिलालाई यस्ता अपशब्दले कहिल्यै अपमानित गर्दैनन् । किनकी उनीहरूलाई थाहा छ हामी नारी पुरूष दुबै मान्छे हौं भनेर । अनि नारी दास हैनन् भनेर ।
हामीकहां अझै पनि महिलालाई सम्पत्तिमा अधिकार दियो भने गलत प्रयोग हुन्छ ऊ पोइला जान्छे जस्ता संकिर्ण सोंचले व्यवहार गरिन्छ । म सोध्छु– महिला पोइल जा“दा महिलास“ग नै जान्छे की पुरूषस“ग ? पोइल जाने महिला रण्डी हुने लैजाने पुरूष देवता हुने ?
गलत जोबाट हुन्छ सजाय उसैलाई तोक्ने हो । एकोहोरो गल्ती कहीं हु“दैन । त्यसैले अब यस्ता निकृष्ट शब्द प्रयोग गर्नुभन्दा पुरूषलाई पनि नैतिक शिक्षाको आवश्यकता छ, समाज परिवर्तन गर्नका लागी ।
नोटः सबै पुरुष दोषी होइनन् । यहा“ दोषी हाम्रो सोंच र प्रबृतिको हो, त्यसलाई बदलौं । समाजलाई सभ्य बनाऔं ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper