banner
banner

मोदी दृष्टि मधेशमा

भारतमा मोदी पुनः प्रधानमन्त्री भएका छन्, सुरक्षा सल्लाहकार अजित डोभल उनकै सारथी हुन् भने नेपालबाट अपमानित भएका एस जयशंकर विदेशमन्त्री बनेका छन् । यी मधेशले अधिकार पाउनुपर्छ भन्ने भारतीय शासकहरु हुन् ।
यो अवस्थामा नेपालनीति के हुन्छ भारतको ? यो चासोको विषय हो ।
भारतले भूकम्प पीडितको लागि दिने रकमको ७५ प्रतिशतको ८ अर्व ३४ करोड मधेशमा  विद्युत र रेलमार्गमा खर्च गर्ने बताइसक्यो,  रकम तराई मधेसमा विद्युतीय रेलमार्ग निर्माण गर्न खर्च गर्ने भन्दै मोदी सरकारले सार्वजनिक नै गरिसक्यो । रक्सौल–काठमाडौं रेलमार्गको प्रतिवेदन तैयार गरिसकेको छ ।
निजगड–काठमाडौ फास्ट ट्य्राक निर्माणको खर्च दिने घोषणा गरेपछि हुलाकी सडक छिटो तैयार गर्न दबाब बढाएको छ ।  जोगबनी–विराटनगर, जयनगर–कुर्था, 
महोत्तरीको रेलमार्ग हस्तान्तरण गर्न स्वयम् मोदी आउने कुरा छ भने रामायण, बुद्ध सर्किटमा पनि मोदीको ध्यान गएको छ । जनकपुरको बृहत्तर विकासमा सय करोड दिने घोषणा मोदीकै हो । अव मोदी लुम्बिनी भ्रमणको तैयारीमा छन् । खासगरी विदेश सचिव र उनीमार्फत मोदी सरकारले संविधान घोषणाका बेलामा भएको दुव्र्यवहार बिर्सलान् र ?

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper