banner
banner

नेकपाले छानबिन गर्नसक्छ ?

वरिष्ठ अधिवक्ता शिव सिग्देल-
लोकतन्त्रमा विधि भएन भने केही पनि रहदैन । जे रहन्छ, निरंकूशतामात्र रहन्छ । संविधान सकिन्छ, संवैधानिक शासन सकिन्छ, जे रहन्छ, कम्युनिष्टको अधिनायकवादमात्र रहन्छ ।
ललिता निवासको जग्गा कसकसले खाए, यसको बृतान्त सार्वजनिक भइसकेको छ । केही जग्गा रोक्का राखेजस्तो गरेर नेकपाले भूमाफियाकै पक्ष लिएपछि नेकपाभित्रै पनि विद्रोह उठेको छ, जसले विद्रोहको कुरा गरे, उनीहरु नेकपालाई बचाउन चाहन्छन् । जो सत्तामा छन्, उनीहरु नेकपालाई लुटिखाने भाँडो बनाइरहेका छन् ।
नेकपाका नेता हुन् भीम रावल । उनले भने विष्णु पौडेल ललिता निवासको जग्गामा मुछिएका छन्, उनीमाथि छानबिन हुनैपर्छ । यसरी पार्टीभित्रैबाट कुरा उठ्छ, सरकार सुन्दैन ।
नसुन्नु भनेको निरंकूशता हो, असंवैधानिकताको पक्ष लिनु पनि हो । संविधानअनुसार दोष लागेपछि कानुनी प्रकृयामा जानैपर्छ, दोष देखिएन भने उन्मुक्ति पनि पाउँछ ।
विष्णु पौडेल नेकपाका महासचिव, उनलाई छुने कसले ? नेकपाको भावी नेतामा समेत गनिएका । ओलीका उत्तराधिकारीका रुपमा हेरिएका । जो सुकै होस्, संविधानका नजरमा सबै बराबर हुन् भने ललिता निवास जग्गा प्रकरणको न्यायिक छानबिन हुनैपर्छ र भीम रावलजस्ता नेताले उठान गरेको र सडकबाट समेत भूमाफियाका विरुद्धमा जनआवाज उठिसकेपछि सरकारले जनआवाज सुन्नैपर्छ । जनताको आवाज नसुन्ने हो भने केको कम्युनिष्ट ? दुई तिहाइको शक्तिशाली सरकार, छानबिन गर्न सक्छ ?

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper