banner
banner

यही हो नेपालको हैसियत ?

धर्मरत्न श्रेष्ठ -
देशका प्रधानमन्त्रीले विश्व भ्रमण गर्नुपर्छ, नेपालको व्यक्तित्व र प्रभाव पु¥याउनुपर्छ । सद्भाव र सम्पर्क बढाएर देशको उन्नतिमा अघि बढ्नुपर्छ ।
प्रधानमन्त्री ओलीले बेलायतको भ्रमण सकेर फ्रान्स पुगेका छन् । बेलायतको भ्रमण यसकारण पनि महत्वपूर्ण थियो कि बृटिश गोर्खाहरुको ठूलै समस्या छ र बृटिश गोर्खामा भर्ना छनौट बन्द हुनुपर्छ भन्ने आवाज पनि उठिरहेको छ । बृटिश गोर्खामा काम गर्ने सैनिकमाथि विभेद गरियो र तिनले बेलायती सैनिकले पाएसरहको सुविधा नपाएको कारण लामो समयदेखि कानुनी र राजनीतिक संघर्ष गर्दै आएका छन् ।
यहीकारणले पनि बेलायत भ्रमण महत्वपूर्ण थियो र यो भ्रमणले एउटा निकास निकाल्ला र नेपाल बेलायतवीचको सम्बन्ध अझ मजबुत पार्न बल पुग्ला भन्ने आशा गर्नु अतिशयोक्ति थिएन ।
भयो के ? बेलायतकी प्रधानमन्त्री मे ले स्वागत गरिन्, न्यानोपन पनि देखँइन् तर कूटनीतिक रुपमा नेपालको बेइजत नै गरेको अनुभव गरियो । कूटनीतिक जानकारहरुका अनुसार नेपालको हैसियत के हो भन्ने कुरा बेलायतले देखाइदिएको छ र त्यसको अनुभूति प्रधानमन्त्रीले गरेका हुनसक्छन् ।
यतिमात्र होइन, बीबीसीले अन्तर्वार्ता लिदा समेत नेपालका प्रधानमन्त्रीले प्रभावकारी रुपमा जवाफ दिन सकेनन्, राजधानीमा चर्चा चल्यो, प्रधानमन्त्री बिना होमवर्क पो बेलायत गएका रहेछन् ।
अमेरिकी राष्ट्रपतिलाई यिनै प्रधानमन्त्रीले यसरी स्वागत गरिन् । रातो कार्पेट र आत्मीयता । नेपालका प्रधानमन्त्रीलाई नाङ्गो सिमेन्टमा उभ्याएर फोटो शेसन । कूटनीतिमा शरीरको चालको त अर्थ हुन्छ, यो त देशका प्रधानमन्त्रीको भ्रमण । दुइृ देशका प्रधानमन्त्रीवीचको वर्ता ।
बेलायतले के गरेको यस्तो ? यसपछि बृटिश सेनाका बारेमा प्रधानमन्त्रीले कुरा राखे, पुराना सन्धिका बारेमा पनि कुरा उठाए तर बेलायतले खासै महत्व दिएन ।
कारण बेलायतमा प्रम फेर्ने रस्साकस्सी चलिरहेको छ, मे केही दिनकी प्रधानमन्त्री मात्र रहेकी छिन् । यसकारण पनि यिनले ठूलो निर्णय गर्नसक्ने अवस्था थिएन, खाली व्यवहार मैत्रीपूर्ण भएन भन्ने गुनासो नेपालको हुनपुग्यो । नेपाल र बेलायतबीच पुरानो सम्बन्ध छ । यो सम्बन्ध डिफिडजस्ता आइएनजीओ मार्फत बेलायतले नेपालमा गलत प्रयोग गरेर जातीय द्वन्द्व बढाइरहेको छ । अव नेपालले हैसियतबारे सोच्नैपर्छ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper