banner
banner

सत्तापक्षबाटै विदेशी सेना आउने खबर

काठमाडौं । सत्ताधारी पार्टीका प्रमुख सचेतक हुन् देव गुरुङ । उनले संसदमै उभिएर द्वन्द्वकालीन मुद्दा देखाएर नेपालमा विदेशी सेना भित्र्याउन प्रयास भइरहेको खुलासा गरेपछि पत्याउने कि नपत्याउने ?
 देव गुरुङको भंगितबाट बुझ्न सकिन्थ्यो, उनको इसारा भारत र चीनतिर थियो र त्यतैबाट विदेशी सेना नेपालमा छिर्न लागेका हुन् ।
सत्ताधारी पार्टीकै नेताले यसरी सचेत गराएपछि सरकारले जनतालाई सुसुचित गराउनु पर्ने कि नपर्ने ?
गुरुङले सबै मिलेर गणतन्त्र ल्यायौं, अव पनि मिलेर अघि बढ्नुपर्ने भनाइ पनि राखे तर जनयुद्धकालीन मुद्दाहरु हल गर्नुपर्ने, बाँकी राख्दा कता जान्छौं भनेर पनि प्रश्न गरे । उनको भनाइ बुझ्न सकिन्थ्यो– आममाफी नै हो ।
टिआरसी बनाउँ, कानुन बनाउँ विदेशीलाई यसमा 
खेल्न किन दिने भन्ने उनको तर्क थियो । गंगामायाँलाई राष्ट्रसंघदेखि अन्तर्राष्ट्रिय अदालतसम्म लैजान खोजिएको र नेपाल दण्डहीन मुलुक भएको व्यापक प्रचार भइरहेको बेलामा सत्ताधारी नेकपा नराम्ररी तर्सेको देखिन्छ । उनकै शव्दमा– द्वन्द्व मच्चाउदै गएर विदेशी सेना भित्र्याउने खेल भई रहेको छ, नेपालमा सेना भित्राएर छिमेकी देशहरु विरुद्ध प्रयोग गर्ने विश्व राजनीति केन्द्रित भएको छ । यही कुराका लागि शान्ति प्रक्रियाका मुद्दाहरु समाधान गर्न नदिएर अड्काइएको छ । द्वन्द्वकालमा मुद्दा लागेकाहरुले पुर्जि अहिले दिने काम किन भईरहेको छ ?
उनले केही हप्ताअघि संयुक्त राष्ट्रसंघसहित अन्य ९ देशले जारी गरेको सामुहिक विज्ञप्ति त्यसैको परिणाम भएको दावी पनि गरे । यो मुद्दा चर्काउन विदेशीका साथै स्वदेशी पनि लागेको गम्भीर आरोप लगाएका छन् ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper