banner
banner

हिन्दीलाई मान्यता

काठमाडौं । २ नम्बर प्रदेश सरकारले हिन्दी भाषालाई सम्पर्क भाषाका रुपमा विकास गर्ने नीति ल्याएपछि नेकपा सांसदहरुले बिरोध गरेका छन् । यो प्रदेशमा नेकपाको सत्ता कायम गर्ने प्रयास भइरहेकोमा यही मुद्दाले नेकपा प्रदेश सत्ता परिवर्तन गर्न अग्रसर हुनसक्ने देखिन्छ ।
यो प्रदेशमा अत्यधिक बोलिने भाषा मैथिली, भोजपुरी हो । ती भाषालाई बाइपास गरेर हिन्दी नै किन सम्पर्क भाषा बनाउन लागियो, यो भारतीय प्रभावको कारण हो भनेर बुझ्न गाह्रो छैन । मातृभाषामा पढाउने र हिन्दीमोह राख्नु षडयन्त्रमूलक देखिन्छ ।
नेकपाले प्रदेशमा दलितलाई भ्रष्टाचार बढेको, दलितलाई भेदभाव गरिएको, मन्त्रीको क्षेत्रमा मात्र कार्यक्रम केन्द्रित रहेको आरोप पनि लगाएको छ । आमधारणा के पनि छ भने मुख्यमन्त्री प्रदेशलाई भारतीयकरण गर्ने रणनीतिअनुसार काम गरिरहेछन् ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper