banner
banner

प्रधानमन्त्री अन्तर्राष्ट्रिय गफाडी भएका छन्

बुद्धिजीवी हिरण्यलाल श्रेष्ठले प्रधानमन्त्री ओलीलाई अन्तर्राष्ट्रिय गफाडीको संज्ञा दिएका छन् । कुरा धेरै गर्ने र काम केही नगर्ने भएपछि आरोप लाग्नु स्वभावि हो । कोही त बोले, प्रधानमन्त्रीको क्रियाकलाप ठिक छैन भनेर । प्रधानमन्त्रीले सोचुन्– आमजनधारणा यही हो । यो जनधारणाले नेकपाको सरकारलाई असफल साबित गर्छ ।
श्रेष्ठले चीनको बिआरआईमा सहभागिताको सह्राहना गरेका छन् र चीन, अमेरिकास“ग सैनिक अभ्यास गर्नुलाई पनि प्रशंसा गरेका छन् । नेपा भूटानजस्तो भएर रहन सक्दैन भन्ने कूटनीतिक जवाफ दिए पनि, चीनस“ग पारवहन सन्धि गरे पनि नेपालभित्रै समृद्धि र सुशासनका लागि केही गर्न नसकेको र माफियाकरण बढेर गएकोमा उनको व्यापक असन्तुष्टि रहेको छ ।
दलाई लामाका क्रियाकलाप बढेर गएको छ । यसमा पनि सरकारको असफलता देख्छन् उनी । सीजिन पिङ नेपाल आउन सुरक्षाको प्रत्याभूति दिन सरकारले ठूलै कदम चाल्नुपर्ने बताउ“छन् ।
श्रेष्ठका अनुसार नेपालमा भारत र चीन दुवैको रेल आउ“छ १० वर्षभित्रमा । अब त्यो रेल आएर दुईटा संसारको लार्जेस्ट मार्केट इन्डियन मार्केट र चाइनिज मार्केट नेपाल भएर जोडिने भए पछि संसार भरका ठूला मल्टी नेशनल कम्पनीहरु अब नेपालतिर अट्र्याक्ट हुन्छन् । किन कि यहा“ लेवर चिप छ । कच्चा पदार्थ छ । यहा“ लगानी गर्न सक्यो भने हाम्रो प्रोडक्ट चीन र भारतको मार्केटमा सजिलोस“ग पुग्छ भनेर ग्लोवल इन्भेष्टमेन्ट नया“ चरणमा प्रवेश गरेर अन्तर्र्रािष्ट्रय लगानीको स्तर बढ्न सक्ने सम्भावना छ । त्यसलाई सदुपयोग गर्न आर्थिक कुटनीतिको खोई ?
अव गफ गरेर नेपाल अघि बढ्न सक्दैन । विज्ञहरुको सुझाव लिएर र सुशासनको प्रत्याभूति दिएरमात्र नेपाल समृद्धितिर लाग्नसक्ने कुरामा दुईमत हुनैसक्दैन ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper