banner
banner

प्रम रोजगार कि वाम रोजगार

धर्मरत्न श्रेष्ठ -
प्रधानमन्त्री रोजगार कार्यक्रम नेकपा रोजगार कार्यक्रम बन्न पुगेको छ । कर्णालीमा १२ हजार रोजगारी दिने भनिए पनि ती सबै नेकपाका कार्यकर्ताको पहिचान गरेर दिन लागेको खबर आयो । प्रधानमन्त्री देशका हुनुपर्ने हो, पार्टीका बने ।
राजधानीमा रहेको युवा स्वरोजगार कोषको व्यापक दुरुपयोग भयो । २ प्रतिशत व्याजमा दिने भनिएको स्वरोजगार ऋणमा पनि व्यापक घोटाला हुन थालेको छ । पाउनैपर्ने हातमा सिप भएकाले ऋण पाउन अनेक झण्झट खेप्नु परेको छ भने ठूला नेताको दबाब र प्रभावमा सहज रुपमा ऋण दिइएको कारण पनि ऋणको अत्यधिक दुरुपयोग सुरु भइसकेको जानकारहरु बताउन थालेका छन् । बेरोजगारीको व्यापक समस्या छ । वर्षेनी तैयार हुने ५ लाख जनशक्तिलाई देशमै रोजगार दिन सरकार असफल रहेको छ । यसकारणले पनि युवा पलायन हुने क्रम जारी छ । सक्नेले युरोप अमेरिका र नसक्नेले जाने खाडीमै हो । केही राम्रो रोजागरी कोरिया र जापानले दिइरहेको छ । त्यसमा धेरै पढेलेखेका युवाहरुसमेत श्रमिकका रुपमा गइरहेका छन् र जान लालायित रहेका देखिन्छन् । जुन समस्याको कहालीलाग्दो रुप पनि हो ।
सरकारले दिने भनिएको रोगगारी अस्थायी खालको हो । यो कुनै उद्योग अथवा उत्पादनशील क्षेत्रमा नभएर गाउ“पालिकादेखि नगरपालिका र प्रदेश सरकारहरुमा हो । यस्तो अस्थायी खालको रोजगारी भनेको केही दिनको लागि केहीलाई मात्र हो । व्यापक बेरोजगारी समस्या भएका मुलुकमा केहीलाई रोजगारी दिलाएर सत्तारुढ पार्टीले आफ्ना कार्यकर्ता पाल्ने राम्रै उपाय निकालेको छ । आमजनसाधारणले प्रधानमन्त्री हाम्रो हो, देशको हो भन्ने वातावरण यस्ता विभेदपूर्ण कार्यक्रमले निर्माण गर्न सक्ने देखिदैन ।
समृद्ध नेपाल र सुखी नेपालीको सपना देखाउने प्रधानमन्त्रीले कम्तिमा उत्पादनशील उद्यम जसले देशको आर्थिक अवस्थामा समेत बल पु¥याउने छ र स्थायी रोजगारीका प्रवन्ध पनि हुनजानेछ । यस्ता उद्योगहरु स्थापना हुने र वैदेशिक लगानी आउने कुनै लक्ष्यण देखिएको छैन । दाता सम्मेलन असफल, प्रधानमन्त्रीको कार्यक्रम नै असफल भएपछि देश कसरी सफलतातिर अग्रसर हुनसक्छ र ? प्रधानमन्त्री देशको हुनुप¥यो ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper