banner
banner

बालबालिकाको भविष्यको चिन्ता

देवी काफ्ले -
पिँढीको खांबो समातेर आंखाबाट बरबरी आँसु खसाल्दै बिरेलाई एकतमास हेरीरहेकी थिई सानी।एउटा सानो चिटिक्कको घर,बाआमा उसकी जीवनसंगिनी, छोराछोरीको भबिष्य,अनि एउटा सानै भएपनि आम्दानीको स्रोत ब्यवसाय । यिनै सपनाको जालो बुनेर बिरे साउदी जाने साइतमा थियो ।
आमाले रातो टिका लाइदिएर बिदा गरीन् सानी तलसम्म छोड्न गयकी थिई। यो परिवार छाडेर जान त उसलाई मन थिएन तर घरायसि परिस्थितीले नगै भएन ।
खाडीको पचपन्न डिग्रीको घाममा ज्यान जोखिममा पारेर पैसो अलि अलि कमाउदै घरमा पठाउन थाल्यो । सानीको लवाईखवाईमा परिवर्तन आउन थाल्यो ।
जब पैसाको आवस्यकता पर्थ्यो सानीले फोन गरीहाल्थी बिरेले जनतन पठाउदै थियो ।
यता सानीको बानी बेहोरामा परिवर्तन आइरहेको थियो। सासुसँग झर्केर बोल्ने छोराछोरीलाई गाली गर्ने पिट्ने दिनभरी घरबाहिरै जाने, बाहिरै खाएर आउने गर्न थाली ।
उता बिरेले फोन गर्दा झर्किने, मर्किने गर्न थाली ।
एकदिन सासुले सम्झाउन खोज्दा बेसरी रीसाई अनि घरेलु हिंसाको आरोप लगाएर पुलिसकहा लान्छु भनेर थर्काई ।
सानीले लोग्नेलाई फोन गरी सासुले अत्याचार गरेकोले म संगै बस्न सक्दिन भनि बिरेले पनि छुट्टै बस भन्यो । आमाले धेरै सम्झाउन खोजिन् बिरे झर्क्यो आखिर दुई छोराछोरी सहित सानी छुट्टिएर फाँटमा एउटा कोठा भाडामा लिएर बस्न थाली ।
सानीको चालढाल, रवाफ,खानपान बिशेष हुन थाल्यो । बहुत लुका कोठामा पार्टी हुन्थ्यो । छोराछोरीलाई चांडै खुवाएर सुताउंथी अनी मान्छे आउँथे रक्सीमा धुत् हुन्थी ।
बिरेले पठाएको पैसा र केहि गहना पनि ऊ संग थिए ।
केही दिनपछै ।
छोरीले बिहानै मम्मी भन्दै चिच्च्याएको घरभे टीले सुने कता गैछन् भनेर फोन गरे फोन उठेन । छोरीले भाईलाई लिएर हजुर आमाकहां रुंदै गई ।
आखिर जे नहोस् भनेको त्यहस् भयो आमाले बिरेलाई फोन गरिन् तीन दिन पछी बिरे आयो । सानीले उसका सारा सपना चकनाचुर पारेर हिंडिछे । छोराछोरी काखमा राखेर आमाको काखमा टाउको राखेर भन्दै थियो आमा मैले हजुरको कुरा पत्याएको भए ? बिरेको तीन बर्षको कमाई टांक पनि नछोडी गुट्मुट्याएर गैछे । यो त काल्पनिक कथा हो अहिले हाम्रो समाजमा बढेको बिकृतिको ऐना हो।हाम्रो समाजमा दिनहुँ यस्ता घटना बढ्दो छ । कारण....
 धेरै बालबालिकाको भविष्य धराशायी बनेको छ । परिवार प्रतिको बिस्वास घट्दो छ जसका कारण हिंसा बढ्दो छ ।
देशका युवा जति बिदेशमा पसिना बेच्न बाध्य छन् । जसको सुखका लागी खाडी जान्छन् उनैले बिल्लीबाठ लाइदिएका छन् । दिनहुं सम्बन्ध बिच्छेदका मुद्दा बढ्दो छ ।
यसले समाजको भविष्य कता मोड्ने हो बिचार गर्नु पर्ने बिषय बनेको छ ।
यदी देशमै रोजगार को अवस्था सृजना हुने हो भने यस्ता घटनामा कमि आउने छ पक्कै पनि ।
अर्को नैतिक शिक्षा भन्दा धेरै छाडा प्रबृतिमा आधुनिकता देख्ने भ्रमित दृष्टिले पनि घटनाले प्रश्रय पाएको देखिन्छ ।
आफ्नो गच्छे बिर्सेर देखावटी तामझामले पनि यो अवस्थाको श्रीबृद्धि भैरहेको हो की ? जिम्मेवारीको ज्ञान नभएको हो की ? परिवारको जीम्मेवारी पतिपत्नी दुबैले बराबरी निर्वाह गर्ने हो भने पनि समस्या आउदैन थियो कि ?
हाम्रो सामाजिक परिकल्पना थोरै पुरुषप्रधान भयर पनि हो की ? अनि पुरुषबाट तल्लो दर्जामा राखीने गरिबी र अशिक्षाको कारण पो हो की ?
समाजका हुनेखाने, चल्तापुर्जा लोग्ने मानिसले जुन घरमा छोरा मान्छे छैन त्यहाँ गिद्धे नजर लाउने भयर पनि यस्ता घटना बढिरहेका छन् । शिक्षित,स्वरोजगार समाजको निर्माण गर्न सकियो भने न त युवा बिदेश पलायन हुन्छन् न त पारिवारिक बिछोड नै हुन्छ । यस्ता बिकृति हटाउन सबै तहदेखि, घर, परिवार, समाज र देशले नै नैतिकता र सामाजिक मूल्य र मान्यतालाई अबलम्वन गर्नु पर्नेछ । पहिले सरकारले, अनि जनप्रतिनिधि, संसद र नागरिक समाजले जिम्मेवारी अहिलेसम्म लिन सकेको अवस्था भने छैन । 

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper