banner
banner

काजी लेण्डुप दोर्जी र हाम्रा काजीहरु

रोशन कार्की -
पहिले भारतीयहरुलाई नागरिकता बितरण गर्ने, अनि तिनका सन्तानलाई बंशजको नागरिकता दिलाउने । भारतबाट हुलका हुल मोटर, मोटरसाइकल, साइकल, पैदल आएर नागरिकता लिन लाम लागेको देखेर पनि न संसद बोल्यो, न सरकार, न प्रशासन, न राजनीतिक दलहरु । केही व्यक्ति दलमा आवद्ध भएका र नभएकाहरु सडक आन्दोलन गरिरहेका छन्, जनसंख्याको अतिक्रमणबाट देशलाई सिक्किम, फिजी बनाउने साजिसले चिच्याइरहेका छन् ।
सरकार बोल्दैन । चुपचाप यो सब हेरिरहेको छ । राजनीतिकरण भएको अदालतले समेत प्रष्ट रुपमा देशरक्षामा फैसला गर्न सकेको छैन । कहिले रोक भन्छ, कहिले वितरण गर्नुभन्छ र कहिले रोक्नु भन्ने आदेश जारी गर्छ । देशरक्षामा समेत सर्वोच्च अदालतभित्रको यो मतभिन्नताले देश अन्यायमा पर्दैछ । देशले न्याय खोज्न कहाँ जाने ?
न्याय दिने सरकारले हो । जनप्रतिनिधि नै चुपचाप लागेपछि कसको कसैको बुताको कुरा नहुनसक्छ । जनता नै उठे भनेमात्र यो सरकार पछि हट्ला, विदेशी साजिस असफल हुनेछ । जनता उठ्ने कहिले ?
भन्नलाई भारतीयहरु भन्छन्– सिक्किममा एउटा लेण्डुप थियो, उसले देशै भारतमा मिलाइदियो । नेपालमा त गल्ली गल्लीमा लेण्डुपेहरु भेटिन्छन्, तैपनि नेपाल अहिलेसम्म साबुत छ । नेपाली जनतामा जागरुकता छ, यही जागरुकताले नेपाललाई भारत वा कसैले हल्लाउन नसकेको हो ।
माथिको फोटो काजी लेण्डुप दोर्जीको हो । लेण्डुप दोर्जीलाई भारतले हतियार बनायो र सिक्किमको सुनाखरीलाई भारतको कमलमा मिसायो । आज सिक्किम छ, सुनाखरी छैन । कमललाई सिक्किमेलीले राष्ट्रिय फूल मान्नुपरेको छ । के नेपालको लालीगुराँसलाई कमलमा मिलाउन खोज्ने राजनीतिक दलहरुले काजी लेण्डुप दोर्जीको अन्त्य कसरी भयो पढेका छन् ? काजीका अन्तिम दिनहरुमा सिक्किमेलीले यिनलाई देख्नासाथ थुइक्क भनेर थुक्थे । काजी लेण्डुप दोर्जी टाउको निहुराएर हिड्छे । उनमा आत्मग्लानीको कुन ताप थियो होला अनुमान मात्र गर्न सकिन्छ । आज हाम्रा नेताहरु पनि काजी हुन तम्सेका छन् । काजी बनुन् तर जीवनका उत्तरार्धमा जनताले थुइक्क भनेर थुक्न नपरोस्, यति विचार गरे भने नेताहरुले राष्ट्रिय सहमति र राष्ट्रिय नीतिसहितको नेपालीत्वको गर्व सहजै आर्जन गर्न सक्नेछन् ।
सुझाव यत्ति छ, जन्मेपछि मान्छे मर्छन् । पशु मरेजसरी मर्ने कि राजनेता जसरी मर्ने ? सम्मानित मृत्यु रोज्ने कि अपमानित ? यत्तिा सोचौं नेताजीहरु ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper