banner
banner

किनाराबाट हेरेर समुद्र पार गर्न सकिन्न

विष्णुप्रसाद शर्मा -
‘भवान् हि वेद तत्सर्व मन्मां धर्मानुपृच्छसि । चतुर्भिर्वर्तसे येनपादैर्लोकसुखावहैं ः ।।२५।।’
अशुरहरू अरुको सुख खोसेर इन्द्रीय तृप्तिको जीवन बिताउन चाहन्छन् । 
गाईको रुप धारण गरेकी पृथ्वीले गोरुको रुप धारण गरेका धर्मलाई यसप्रकारको उत्तर दिइन्– हे धर्म । तिमीले म सँग जे–जति कुरा सोध्यौ, त्यो सबै तिमीलाई विदित हुनेछ । म तिम्रा ती सबै प्रश्नहरूको उत्तर दिने प्रयास गर्नेछु । कुनै समय तिमी पनि आफ्ना चार पाउद्वारा सुरक्षित थियौ र भगवान्का कृपाबाट तिमीले सारा जगत्मा सुखको बृद्धि गरेका थियौ । 
अहिले तथाकथित् प्रशासकहरू मोहग्रस्त भएका छन् । उनीहरूले राज्यका सबै विषयहरूलाई अस्तव्यस्त गरिदिएका छन् । के तिमीले यो कुव्यवस्थाका लागि शोक गर्दैछौ ? जनता खाने, सुत्ने, पिउने अनि सहवासका विधिविधानको पालना गर्दैनन् । 
जीवनका केही आवश्यकता पशुहरूकै जस्ता मिल्दाजुल्दा छन् । जस्तै– खानु, सुत्नु, डराउनु, आत्तिनु, मात्तिनु र सहवास गर्नु । यी शारीरिक आवश्यकताहरू मानिस र पशु प्राणीहरूका लागि हुनु जरुरी छ, तर त्यसको विधि, प्रक्रिया र समय फरक छ । 
सत्य युग, द्वापर, त्रेता र कलि । कलिको प्रभावले धर्मका तीनवटा पाउ निकम्मा भइसकेका छन् । त्यही समयमा गोरुका रुपमा रहेका धर्मले गाईका रुपमा रहेकी पृथ्वीलाई सोधे– ‘महोदय । के तिमी स्वयं स्वस्थ छ्यौ ? तिमी शोकले सन्तप्तजस्ती देखिएकी छ्यौ ? तिम्रो रङ्ग परिवर्तन हुँदै गएको अनुहारले देखाउँछ । के तिमीलाई कुनै भित्री रोग लागेको छ ? कि तिमी टाढा बस्ने कुनै आफ्ना बन्धु–बान्धवका बारेमा शोक गर्दै छ्यौ ? यस कलियुगमा सारा विश्वका मानिसहरू चिन्ताले ग्रस्त छन् । मेरा तीनवटा पाउ अब रहेनन् र अब एउटा पाउमा उभिएको छ । तिमी मेरो यो दशा देखेर चिन्तित भएको हो या अवैध मांसमक्षकहरूले तिम्रो शोषण गर्न लागेको देखेर शोकाकूल भएकी हौ ? वा देवताहरूलाई यज्ञको बलिबाट आफ्नो माग प्राप्त नभएको देखेर तिमी दुःखी भएका हौ ? किनभने अहिले कुनै यज्ञ सम्पन्न भइरहेका छैनन् । वा अनावृष्टि एवं सुख्खा परेकाले दुःखी भएका जीवलाई देखेर दुखित भएकी त होइनौ ?’
कलियुगले प्रगति गर्दै जाँदा आयु, दया, स्मरण शक्ति, नैतिक एवं धार्मिक सिद्धान्त लोप हुँदै जान्छ । धर्मका चार भागमध्ये तीन भाग लोप हुनेछ र त्यसैको प्रतीक स्वरुप गोरु एउटै खुट्टाले उभिनुपर्ने छ । संसारका तीन चौथाई जनता धर्महीन हुनेछन् । ती जनतामा इमान–जमान र नैतिकता कति पो बाँकी रहला र ? यसलाई हामीले अझैं नजिकबाट अनुभव गर्न बाँकी नै छ । 
अन्यौलको अवस्था ः नेपालको भूमिमा विगत ३० वर्षअघिदेखि मौलाउन थालेको कलिको प्रभावले धेरै कुरा नासियो र मासियो । यसको प्रत्यक्ष असर देश र जनतालाई परिराखेको छ । शासकहरू लङ्गडा भएका छन् भने विदेशी शक्तिहरू हिंस्रक जनावर भएर नाङ्गो नाचको ताण्डव नृत्य प्रदर्शन गरिराखेका छन् र चिन्तकहरू झन्–झन् निरास्रित बन्दै गइराखेका छन् भने खैंजेडी बजाएर भालु नचाएर मुनाफाको आर्जन गर्नेहरू विनालगाम मत्तहात्ती बनेका छन् । ज्ञानेन्द्र शाहलाई असह्य पीडा छ, तर घेराबन्दी कहाँनेरबाट  अटस–मटस भएर दिवार बनेको छ, त्यो अन्यौलको अवस्था छ । शाहवंशीय राजाहरूलाई प्रहार हुन लागेको छोटो समय थिएन, लगभग ४७ वर्षअघि र पछिको ३० वर्षलाई कमजोर आँकलन गरियो, एकदमै मनन्योग्य हुँदै–होइन । 
विगत १२ वर्ष अर्थात् वि.सं. २०६३ देखि नेपालको इतिहास मेटाउने काममा केही स्वदेशी र विदेशीहरूले परेड खेलेको सारा विश्वले देखेकै विषय हो, ता पनि हिन्दू धर्म र राजसंस्थालाई नराम्रो क्षति पुग्दा पनि हामी ९४ प्रतिशत हिन्दूहरू किन एक थलोमा उभिन सकेनौं ? गम्भीर प्रश्न ती हिन्दूहरूको थाप्लोमा झुण्डिएकै छ । ज्ञानेन्द्र शाह पनि यस विषयमा  चिन्तित होलान् भने बीचमा तगारो हाल्ने को छ त ? यो प्रश्नको उत्तर पंक्तिकार प्राप्त गर्न धेरै इच्छुक छ र लगभग १९५ वटा आलेखहरूबाट खोजी गरिराखेको छ । तर, न दरबारका कर्मचारी वर्गले पंक्तिकारलाई चिने–जानेका छन् न ज्ञानेन्द्रले नै ?
राजा परिक्षितले कलियुगको सत्कार कसरी गरे ? घरबाट निस्केर जाँदा धेरै रानीहरूका बीचमा वियोगका अनेकौं सम्भावना हुन्थे । तर, जहाँसम्म पृथ्वीको सम्बन्ध छ, भगवान्का चरणकमल त पृथ्वीमा नै रहन्थे । भगवान् श्रीकृष्ण जुन समय पृथ्वीलाई छाडेर आफ्नो दिव्य धामतिर जानुभयो, त्यस समय पृथ्वीको वियोग भावना अत्यन्त तीक्ष्ण भएको थियो । नेपाल नरेश श्री ५ ज्ञानेन्द्र वीर विक्रम शाहबाट देश र जनतालाई त त्यागीबक्सेन, तर त्यो अवस्थापछि द्विग्गजहरूलाई नजिक–पर छुट्याएर मार्गप्रशस्त गर्ने काममा चतु¥याइँका साथ काम हुन सकेन र यसले गर्दा समर्थकहरू अन्यौलमा रहेका छन् । यो अन्यौलपूर्ण अवस्थाबाट सजगताका साथ उचाइमा पु¥याउने काम ज्ञानेन्द्रबाटै सम्भव रहेको छ, अब ढिला गर्नुहुँदैन ।
पाकेको फलको प्रतिक्षा ः नेपाली भौगोलिकताले प्रदान गरेका प्राकृतिक स्थलहरू प्रशस्त छन् र ती क्षेत्रहरूमा मौलाएर लटरम्म भएर फलेका फलहरू पनि छन् । तर, पाकेको फलको प्रतिक्षा गर्ने र मीठो स्वादमा आनन्द लिनेहरू पनि मनग्यै छन् । बोटैमा पाकेको फलको स्वाद पनि छुट्टै किसिमको हुने हुँदा फललाई पकाउने यन्त्रप्रति लगानी र परिश्रम गर्ने भने नगन्यमात्रालाई छन्, यो परिस्थितिलाई जरैबाट खोजविन गरी गम्भीरताका साथ पहिचान गर्नैपर्ने अवस्था छ । 
नेपालमा मौसमी पाकेको फलको प्रतिक्षारत् स्वदेशी–विदेशी जमात ठूलै छ र पनि त्यो सञ्जीवनी सावित हुने फललाई समयमै पकाउन अनेक किसिमका बखेडा निकाल्नेहरूलाई पनि सहयोग र साथ मिलेकै हो । अब देशलाई लामो समयसम्मका लागि निकास दिन सक्ने भरपर्दो र जिम्मेवार नेतृत्वको आवश्यकता छ र त्यो आवश्यकता राजसंस्थाले मात्रै पूरा गर्न सक्छ । दलहरुबाट सम्भव छैन । 
निष्कर्ष ः हिन्दू धर्म र राजसंस्थाको वकालत गर्नेहरू धेरैले धोका दिइसकेका छन् र फेरि उनीहरूबाटै केही आशा गर्नु पनि समय–सान्दर्भिक कदाचित हुने छैन । मुलुक प्रजातान्त्रिक युगमा ७ सालदेखि नै प्रवेश गरिसकेको थियो र त्यसैले गर्दा हामीले त्यसको मर्मलाई मनन् गर्नै पर्दछ । फेरि अर्कोतर्फ पनि विचार पु¥याउनै पर्ने हुन्छ र चुप लागेर बसेर कुनै अपरच्युनिटी फेला पार्न पनि सकिंदैन, त्यसका लागि विश्वास गर्न सकिने पात्रको आवश्यकता पर्दछ । रवीन्द्रनाथ टैगोरले भनेका छन्– ‘किनारामा उभिएर पानी हेर्दैमा तिमी समुन्द्र पार गर्न सक्दैनौ ।’
२०६३ पछि मुलुकले धेरै किसिमका उतार–चढाव र अवसरको मार्गबाट पिछडिंदै अन्यौलको भूमरीबाट दिनचर्या व्यतित गर्दै आएको छ, ता पनि असल र भरपर्दो राजनेता उत्पादन हुन सकेको अवस्था छैन । मोहम्मदले भनेका छन्– ‘तिमीले मित्रताको अर्थ जानेका छैनौं भने वास्तवमा केही सिकेका छैनौं ।’ हो, नेपालका नव शासक हौं भन्ने अप्राकृतिक व्यक्तिहरूले नेपाललाई चिनेका छैनन् र देशको माटोलाई नचिनेकाहरूले त्यहाँ शासन गर्न सक्दैनन् । गोरु र गाईलाई बेसरी कुटेर त्यसपछि बधशालामा पु¥याउने अधर्मी राक्षसहरूको विरुद्धमा उत्रन सक्नुपर्छ । जुन राजा परीक्षितले गर्नुभएको थियो । 
शाहवंशीय राजाहरूले देश र जनतालाई घनघोर अवस्थादेखि पहिचान गरेका र देश–जनता रहेमा मात्रै राजाले शासन गर्न सक्दछ भनेर बुझेका थिए र छन् । तर, पुरानो समय र पुराना मानिसहरू सधैंभरि रहिरहने प्र्राकृतिक नियममा छैन, नयाँ पिंढी र युगअनुसार परिस्कृत भइरहनुपर्ने आवश्यकता हो । राजाले सधैं एउटै नियम र पद्धतिले काम गर्नु हुँदैन र समय–परिस्थिति मिलाउँदै जान सकिन्छ, त्यसलाई सहयोग गर्न त्यस्तै परिवेशको पनि आवश्यकता पर्दछ । अब पनि पुरानै शैली र तिनै पात्रबाट फलदायक अवस्थाको उपलब्धी हासिल गर्न सक्ने अवस्था छैन । जनताले कुशल शासक खोजेको अवस्थामा नयाँ परिवेश तयार भएको अवस्था छैन । 
कलिको यो विकराल अवस्थामा पनि दक्षिण एसियाभित्र धर्म, राजा र पूर्खाहरूलाई सम्मान गर्ने परम्परामा त्यत्ति प्रभाव परिसकेको अवस्था छैन । राजधर्ममुताविक देशभित्रका सबै धार्मिक स्थलहरूमा ज्ञानेन्द्र शाह पुगेका छन् र जनताले पनि त्यहीअनुसारको आदर–सत्कार दिएका छन् भने त्यो उत्साह र उल्लासमय समयलाई सदुपयोग गर्न चुक्नु हुँदैन । नजिकका, परका, सक्कली र चाटुकार छुट्याउनु जरुरी छ र जने समर्थनलाई अवसरका रुपमा ग्रहण गर्दै कसलाई कस्तो जिम्मेवारी, कसरी दिन सकिन्छ, पहिचानको काम हुन ढिला भइसकेता पनि भरपर्दो किसिमले अघि बढाउनु अत्यावश्यक छ । राजा सबैका साझा, जनता अझै निराश्रित रहिरहने हो ? भन्ने प्रश्नलाई राजाबाटै भरपर्दो किसिमले आफू अगाडि नआइकनै उत्तर दिएर व्यवस्थापन गर्न सकिन्छ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper