banner
banner

सेक्स कि नेचुरल टुरिजम ?

पदम हमाल -
सन २०२० अर्थात नेपाल भ्रमण वर्ष । २० लाख पर्यटन भित्र्याउने लक्ष्य । यही लक्ष्यका साथ पर्यटन विकास बोर्ड सक्रिय छ । हिमाल छ, बुद्ध, टे«किङ, धर्मसंस्कृति, रितिथिति, बाजागाजा, पूर्वीय परम्परा, मठमन्दिर के छैन, आकर्षण । तर सेक्स टुरिजमलाई महत्व दिन थालिएका संकेतहरु देखिन थालेका छन् ।
के पर्यटन वर्ष भनेको नेपाली युवती बेच्ने, बालयौन हिंसा बढाउनेतिर लाग्नु बेश कि नेपालको इज्जत बढाउने खालका र स्थायी पर्यटक जो शान्तिका लागि नेपाल आउन चाहन्छन्, गुणस्तरीय पर्यटक भित्र्याउने लक्ष्य राख्ने । असल सोच छ भने त्यसतिर पर्यटनविद, पर्यटन सोच भएकाहरुसँग सरकारले किन अन्तरक्रिया थालेको छैन । खाली राजनीति । राजनीतिक समिति । नेता, कार्यकर्तालाई काम दिएर र ढुकुटी लुटाएर पर्यटन वर्ष सफल हुनसक्दैन, सरकारले बेलैमा सोच्न जरुरी छ ।
नेपालको आयश्रोत युवा बेचबिखन हो । रेमिटान्स हो । पर्यटन वर्ष  थाइलेण्डमा जस्तो ६० प्रतिशत राजस्व सेक्स टुरिजमबाट गर्न खोजिएको हो भने सरकारले खुला भन्नुपर्छ । गाँजा, लागूऔषध खुला गर्ने, खुलेआम सेक्स मार्केट चल्न दिने, यौन क्रियाकलाप जताततै बढे पनि बेवास्ता गर्ने हो भने पर्यटन वर्ष उच्छृङ्खलता बढाउने र नेपाललाई सेक्स मार्केटका रुपमा प्रस्तुत गर्ने वर्ष हुनसक्छ ।
नेपाल पर्यटनका लागि स्वर्ग हो । पर्यटनका अनेक रुप रङ् ढाँचा हुन्छन् । हामीले इतिहास, धर्मसंस्कृति र प्राकृतिक स्रोत तथा मानवीय मूल्य मान्यतामा पर्यटन वर्षको उपयोग गर्न सकिन्छ । यसतिर कसरी अगाडि बढ्ने सरकारले सुझाव मागोस् ।
राजनीतिक रुपमा असफल राष्ट्र, राष्ट्रिय अखण्डता बचाउन पनि असफल हुँदैछ । यही कूशासनको चक्करमा पर्यटन वर्षसमेत प¥यो भने मुलुकको के होला ?
सरस्वती प्रतिक्षाको टिप्पणी यस्तो– पोखरालाई अर्को पटाया र फुकेत बनाउन खोजिदैछ । थाइल्यान्ड जाने यौन पर्यटक हामीलाई चाहिएको हो कि यहाँको सांस्कृतिक र भौगोलिक सौन्दर्यमा रमाउने पर्यटक ? घोषित रुपमा ‘इन्जोय जोन’ र अघोषित रुपमा ‘रेड लाइट एरिया’ बनाउन यहाँको प्रशासन, राजनीतिकर्मी, पर्यटन व्यवसायी किन लागि परिरहेका छन् ?

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper