banner
banner

नेता हाँसेको जनता रोएको देश ः नेपाल

राजन कार्की -
स्वामी विवेकानन्दले भनेका थिए– जनता नभएको देश हुन्न । जनताको नेतृत्व गर्छु भन्ने जो कोहीलाई जहिले पनि जनताको भय हुनुपर्छ । कौटिल्यदेखि डार्बिनसम्मको सिद्धान्त र अभिव्यक्तिले समाज नेतृत्व जहिले समाज नियन्त्रित हुनुपर्छ । यही प्रसङ्गमा चीनको एउटा उदाहरण यस्तो छ–
तेस्रो शताव्दिमा चीनका राजकुमारका गुरु थिए कन्फुसियस । राजकुमारले धेरै ज्ञान हासिल गरिसकेपछि राजकाजका मामिलाबारे चर्चा हुूदा गुरुसूग सोधे– गुरु राजकाजका अपरिहार्य तीन तत्व के हुन् ? गुरुले राजकुमार अव राजा बन्न तैयार भए भन्ने सोचे र जवाफ दिए– राजकाजमा जहिले पनि सेना, जनतालाई राहत र सरकारप्रति जनविश्वासमा ध्यान दिनुपर्छ ।
राजकुमारले फेरि सोधे– यी तीन मध्ये एउटा हटाउनु परे कुन हटाउने ? राजकुमारको प्रश्नमा कन्फुसियसले जवाफ दिए– आधा पेट खाए पनि राज्यप्रति जनविश्वास छ भने राज्य चल्छ । बाह्य खतरासूग जनता आफै लड्छ । बाूकी दुई तत्वमा एक तत्व छाड्नु पर्ने अवस्थामा कुन तत्व त्याग गर्ने ? राजकुमारले फेरि जिज्ञासा राखे । गुरुले जवाफ दिए– खाने कुरा चाहिंदैन । मान्छे खाए पनि मर्छ, नखाए पनि मर्छ । राज्यप्रति जनविश्वास भएन भने राज्य नै ढल्छ । विश्वास राज्यको जग हो ।
नेपालका सन्दर्भमा सेना, जनतालाई राहत र सरकारप्रतिको जनविश्वासमध्ये सेना त छ, संविधानले बाँधिएको र संवैधानिक निर्देशनबिना पाइला पनि सार्दैन । देशको स्थिति, परिस्थितिको पूर्ण ज्ञान राख्छ तर राजनीतिमा सेनालाई न चस्का छ, न चासो । बिस्तारै बिस्तारै सेनामा राजनीतिक प्रभाव बढ्न थालेको आभाष अनुभव गर्न थालिएको छ । यद्यपि अहिलेसम्म सेना राष्ट्रिय सेना हो र यसले राष्ट्रलाई केन्द्रविन्दुमा राखेको छ । मात्र, आवश्यकताअनुसार सैनिक प्रभाव देश रक्षामा आफै अघि सर्ने कि संवैधानिक निर्देशन पर्खने भन्ने स्थितिमै रहेको छ ।
बाँकी जनतालाई राहत र सरकारप्रति जनविश्वासको जुन सवाल छ, यी दुबै राजकाजका अपरिहार्य तत्व स्खलन भइसकेका छन् । प्राविधिक र सत्ताको नजरमा जनतालाई राहत छ, सरकार प्रति जनविश्वास पनि छ तर वास्तविक रुपमा जनता मारमा छन्, अनावश्यक भारमा छन् र जनताको भार कम गर्न सरकार असक्षम छ र सरकारप्रति जनको विश्वासमा ह्रास आउँदै गएको छ । जब जब जनता जाग्छन्, राष्ट्रवाद आँधी हुरी बनेर उर्लिएको देखिन्छ । अनि जनता सेलाउँछन्, राष्ट्रवादमाथि राजनीतिक खेलबाड हुनथाल्छ ।
अचम्म त के छ भने भारतले सिक्किम खाँदा होस् कि पाकिस्तानमा भुट्टोलाई फाँसी दिदा होस्, नेपाली राष्ट्रवाद समुद्री ज्वारभाटा आएझैं देखियो । १९५० को सन्धि सधैं नेपाली राजनीतिको मुख्य बुूदा रह्यो, जनयुद्ध गर्ने माओवादीको पहिलो एजेण्डा पनि यही हो । ०३६ सालको जनमत संग्रह होस् कि ०४६ सालमा दलप्रतिको प्रतिवन्ध हटाएको प्रसङ्ग होस, अथवा २०६३ साल वैशाख ११ गते संसद पुनस्र्थापना गर्न बाध्यकारी बनाउने जनआन्दोलन होस्, सबै समयमा १९५० को सन्धिलगायतका राष्ट्रवादी धारहरु नै धारिलो रुपमा देखिए । संविधानसभामा पनि यी मुद्दाहरु उठे, संविधान जारी भएपछि भारतले देखाएको असन्तुष्टिपछि तराई आन्दोलन जुन उठ्यो र भारतले नाकावन्दी लगायो, त्यतिबेला पनि नेपालको राष्ट्रवाद ज्वालामुखी फुटेझैं लाभा बनेर फुटेको थियो, निस्केको थियो । यसैको परिणाम आजको दुई तिहाइको ओली सरकार हो । यसैवीच नेपाल भारत मिलेर दुबै मुलुकको सम्बन्ध सामान्यीकरण गर्ने, १९५० को सन्धि खारेज गर्ने र समयानुकूल अर्को सन्धि गरेर समानताका आधारमा अघि बढ्ने खाका तैयार गर्न प्रवुद्ध समुह गठन गरियो । २ वर्ष लगाएर त्यो समूहले तैयार पारेको रिपोर्टमा अनेक केरमेट भए, कतै बेचिए, कतै फेरिए र कुन दराजमा मुसाले गुूड लगँएको छ, अत्तोपत्तो छैन । 
यसरी राष्ट्रवाद जागृत हुने र सुसुप्त रहने क्रम जारी छ र राजनीति जहिले पनि राष्ट्रवादमा टेकेर उठ्छ र भारतवादमा पुगेर लम्पसार पर्छ । संसदमा पुगेको नागरिकता विधेयक र ओली सरकारले ७७ जिल्लामा जन्मको आधारमा बंशजको नागरिकता दिन गरेको परिपत्र र सर्वोच्च अदालतले लगाएको रोक्का, फुकुवा र फेरि रोक्का पनि मुद्दाकै रुपमा छन् । सडकमा नागरिक अतिक्रमण हुन थालेको विषयमा सरकारप्रति अविश्वास बढ्दो छ भने सरकार अनियमितता र असामाजिक तत्वहरुलाई काखी च्यापेर चल्न थालेको आरोप जनस्तरबाटै लागेको छ । सरकारको दुषित मनसायले दुष्परिणामहरु देखिन थालेका छन् । सरकारले जतिसुकै समृद्ध नेपाल र सुखी नेपालीका लागि सपना देखेको भनेता पनि त्यो सपना रातिकै सपनाजस्ता भान भइरहेको छ ।
स्मरणरहोस्, अहिलेका नेपालका कम्युनिष्टजस्तै अपार धनशक्ति र कार्यकर्ता शक्ति थियो इरानका रेजा पहल्वीको । तर जनविश्वास साँघुरिदै जाँदा उनको सत्ता ढल्यो । अफगानिस्तानका जहिर शाह पनिजन विश्वास खिइएकै कारण ढलेका हुन् । अयोग्य शासक भयो भने देश र जनताले दुःख पाउनुपर्छ । नेपालमा त्यही स्थिति छ, योग्यता सावित गर्न सकेनन् कम्युनिष्टहरुले । तिनीहरुलाई नयाँ राजा रानी बन्ने महत्वाकांक्षा जागेको छ । यो अधिनायकी सोचले कम्युनिष्ट कहाँ पुग्ने हो, आहट सुन्ने कानहरुले सुन्न थालिसकेका छन् ।
प्रधानमन्त्री केपी अ‍ोलीको दम्भ निकै बढेर गएको छ । विपक्षीलाई समेत पेलेर जाने मनस्थितिमा छन् । सत्ता, रुप, यौवन, धन र स्वार्थ अस्थायी हुन् । स्थायी त माटो हो, माटो प्रेम हो । जनयुद्ध गर्ने प्रचण्ड सधैं शक्तिको केन्द्र बने तर उनले माक्र्सको जन्मदिनकै दिन म फेरि जंगल पस्न सक्छु । जंगलमा बस्दा कहिल्यै एक्लो अनुभव भएन, अहिले एक्लो अनुभव गर्न थालेको छु भन्नुप¥यो । दुई तिहाइ भएको पार्टीको अध्यक्षको यो भनाइले अहंकारको क्षयीकरण कसरी हुन्छ भन्ने बुझ्न सकिन्छ । ओलीको दम्भ पनि यसैगरी खिया लाग्ने दिन धेरै पर छैन ।
अहंकारमा तुषारापात भनेको यही हो । जनतालाई नबोक्ने राजनीतिको बेहाल भनेको यही हो ।
हो, कथामा रत्नाकर डाूका वाल्मिकी भएको हो । लाखौंमा एकजना रत्नाकर वाल्मिकी बन्नसक्छ । हाम्रा नेताहरु भाषणमा रत्नाकर बन्नसक्छन्, व्यवहारमा जहिले पनि रत्नाकरको काँचुली फेर्न तैयार छैनन् । सोच सर्प, विच्छी र छेपारोको राख्ने कहिल्यै वाल्मिकी बन्ला ? वर्तमान कालखण्डमा नेताहरुमा यस्तो चमत्कार हुन्छ भनेर सोच्नु मुर्खता हो ।
रकफेलरजस्ता धनाध्ये एउटा सामान्य व्यक्तिभन्दा गरीव सावित भएको इतिहास पनि छ । रकफेलरलाई एउटा सामान्य व्यक्तिले तिमी पैसा कमाउँछौं, तिमी आनन्दले बाँच्न र आरामले सुत्न सक्दैनौं, तिमी गरीव हौ भनेर सावित गरिदिएका थिए । नेपाली राजनीतिक नेताहरु कंगालबाट करोडपति, अर्वपति बनेका छन् । यिनीहरुको पोष्टमार्टमा गर्ने हो भने आन्द्राको लेउमा समेत भ्रष्टाचार र पापाचारमात्र भेटिन्छ । चाणक्यले राजनीतिलाई उत्तम समाजसेवा भनेका थिए, हाम्रा नेताहरुले त्यो परिभाषा फेरेर राजनीतिलाई मुनाफामात्र हुने व्यापार बनाइदिएका छन् ।
नेपाली नेता, प्रशासकहरुले बुझ्नैपर्छ अलेक्जेण्डर दी ग्रेटको एउटा ऐतिहासिक प्रसङ्ग । तक्षसिला फतेह गरेर फर्कदै गर्दा अलेक्जेण्डरको बाटोमा एउटा फकिर ढसमस्स सुतेको दखे । अलेक्जेण्डर रिसायो– अलेक्जेण्डर आउूदा बाटो छेक्ने को हो ? म तक्षसिला जितेर आएको वीर अलेक्जेण्डर दी ग्रेट हुँ, बाटो छोड् । त्यो फकिरले जवाफ दियो– तिमीले के कव्जा ग¥यौ, के जित्यौ, केही पनि जितेनौ । तिमीजस्तो फुच्चे (डल्लो कदको)को सोच पनि फुच्चे रहेछ । तिम्रो ध्वाूसमात्रै हो । तिमीले मान्छेको मन जित्यौ ? तिमीले प्रकृतिको हावा, पानी, घाम जित्यौ ? मानिसको आस्था र आत्मालाई त जित्न सकेनौ । तिमी कमजोरलाई खुकुरी देखाएर वीर भएका होलाउ, तिमीजस्तो कायरसूग के कुरा गर्नु ? म संसारको अदृश्य शक्तिसँग कुरा गरिराखेको छु, घाम तापेर प्रकृतिमा हराइराखेको छु । सूर्यको न्यानो घाम र मवीच छलफल चलिरहेको छ, तिमी छेउबाट गए हुन्छ । फकिरको कुरा सुनेर अलेक्जेण्डर दी ग्रेट झस्कियो र छेउबाट घरतिर लाग्यो ।
२०६३ सालपछि ठूला ठूला परिवर्तन भए । दुई तिहाइको सरकारसम्म आइपुगियो । यति ठूला ठूला परिवर्तन गर्ने नेताहरुले जनताको मन जित्न सके त ? राष्ट्रलाई सुरक्षित र प्रभावशाली बनाउन सके त ? सेनाको हैसियत कति बढेको छ यो अवधिमा ? यो १६१६ मा द्रव्य शाहबाट सुरु भएर नेपाल राष्ट्र कुन दुःखले आर्जित भयो भन्ने इतिहासमा चमक बढ्यो कि माकुराले जालो लगायो ? 
महाभारतको कथामा श्रीकृष्ण भगवानको छातीमा व्याधाको तीर लाग्यो र श्रीकृष्ण रुख ढलेझैं ढले । यता कृष्ण ढले, उता महारथी अर्जुनको काँधबाट गाण्डिव फुत्रुक्कै खसेको प्रसङ्ग छ ।
महाभारतमा त धर्म रक्षति रक्षत भन्ने श्रीकृष्ण थिए पाण्डबका पछाडि । नेपालको राजनीतिका धुरन्धरका पछाडि पाप अभिष्ट बोकेको कुन विदेशीको धाप र राप छ ? जसले नेपालको राजनीतिलाई राष्ट्रवादमा उभ्याएर जहिल्यै राष्ट्रघातको मोर्चामा खडा गर्छ ? 
वर्तमान नेपाल भनेको १८६० मा प्रजातन्त्रका व्याख्याता अब्राहम लिंकनले दासता अमलेख गरेको इतिहास छ । कम्युनिष्टहरु नेपालीलाई त्यही दासतामा परिणत गर्ने उद्यमशीलता देखाउँदैछन् ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper