banner
banner

बलात्कार, बेश्या र बोक्सीको महामारी

राजन कार्की -
ठूला ठूला राजनीतिक परिवर्तन भयो, राजनीतिक चेतनाको विकास पनि भएको छ तर मानवीय संवेदनाको विकास हुनसकेन । मानसिकताको विकास धेरै पछाडि परेको छ । यहीकारण देशव्यापी बलात्कार, बेश्या र बोक्सीको महामारी फैलिएको छ । यति डरलाग्दो मानसिक महामारी फैलिदा पनि यसको उपचार कसरी गर्ने भन्ने विषयमा छलफल, बहस, कारण र औषधोपचारबारे कसैमा चिन्ता देखिन्न ।
हरेक दिन कुनै न कुनै महिलामाथि बोक्सीको आरोप लागिरहन्छ, हरेक दिन बालिकादेखि बृद्धासम्म बलात्कार भइरहेका छन्, लोग्ने मरेका युवतीहरुको पुनस्र्थापना, पुनर्ताजकीरण, पुनर्जीवनको मार्ग खोल्नुको साटो बेश्या भनेर जिउादै मार्ने खालका यातनामा पनि बृद्धि भइरहेकै छन् ।
आमा के हुन् ? यस विषयमा एउटा दृष्टान्त यस्तो छ–
सर गुरु बन्ध्योपाध्याय, अंग्रेज शासनका बेलामा भारतका न्यायाधीश थिए । एकदिन गुरु अदालतमा बहस सुनिरहेका थिए, त्यति नै बेला अदालतको ढोकामा एउटी बुढी आइन् । उनलाई सुरक्षाकर्मीले भित्र जान दिएनन् रोके । बुढी भन्दै थिइन्– गुरु मेरा छोरा हुन् । उसलाई भेट्न देउ । यस्ती झुत्री मैली पनि न्यायाधीशको आमा हुनसक्छिन् भन्दै गार्डले भित्र जान दिएन ।
त्यति नै बेला न्यायाधीश गुरु बन्ध्योपाध्यायको आाखा ढोकातिर गयो । उनले आमालाई देखे र न्यायाधीशको कुर्सीबाट उठेर मूलढोकातिर गए । न्यायाधीश गुरुले ती बुढीको खुट्टा ढोके, आदरका साथ भित्र् ल्याए । वकिल, अरु न्यायाधीश, मुद्दावालाहरु सबैले चकित पर्दै न्यायाधीश गुरुतिर हेरिरहेका थिए । गुरुले भने– यिनी मेरी आमा हुन् । धाइआमा । सानो छूदा यिनले मलाई दूध पिलाएकी थिइन् । यो हो मातृभक्ति ।
नेपालमा त बुढाबुढीलाई बेश्या बोक्सी भन्ने, बालिकालाई बलात्कार गरेर हत्या गर्ने असुर प्रवृत्ति बढको छ । आमा र आमा बर्गमात्र होइन, नेपाल आमालाई लिलाम गर्ने पछि नपर्नेहरु पनि देखियो । राजनीति व्यवसाय बनेकाले नेपाल बजार र नेताहरु व्यापारी भएका छन् । व्यापारीको न धर्म हुन्छ, न देश । 
सिंहदरवार गाउा पुग्यो तर सहरदेखि गाउासम्मको समस्या भनेको महिला समस्या हो । महिलामाथिको विभेद, महिलामाथिको अपमान र महिलालाई हेर्नै सम्मानित दृष्टिकोणको विकास हुन नसक्दा महिला हिंसा कम भएको छैन । लोकतन्त्र आयो तर महिला हिंसामा झन झन बढोत्तरी हुनु भनेको लोकतन्त्रकै असफलता हो ।
अहिले पनि समाजमा लोग्ने मरे बेश्या, बुढी भए बोक्सी भनेर आरोप लगाउने र प्रताडित गर्ने प्रचलन जारी छ । राजधानीमै पनि यस्ता घटना घटेका छन् । देशैभरि यो समस्या विकराल छ । संसदले छाउपडी प्रथाको अन्त्य गर्न निर्देश गरे पनि सांसदहरुले आ–आफ्ना निर्वाचन क्षेत्रमा छाउपडी प्रथाको अन्त्य गर्न सकेनन् । संसदको निर्देशनको पालना हुनसकेन भने हजारौं वर्षदेखि काइलागेर समाजमा रहेको बलात्कार, बेश्य र बोक्सीको समस्या कसरी समाधान हुनसक्छ ?
सवाल महिला समानताको छ । महिला अधिकारकर्मीहरु महिला हित र हकका लागि आवाज उठाइरहेका छन् । तर तिनै महिलाहरु महिलामाथि विभेदकारी, प्रताडित गर्ने कार्य पनि गरिरहेका छन् । महिलामा चेतनाको कमी सबैभन्दा ठूलो समस्या हो । महिलामा रहेको अन्धविश्वासको धारणालाइ परिवर्तन गर्न नसक्नु लोकतन्त्रको सबैभन्दा ठूलो असफलता हो ।
महिलालाई आधा आकाश भनिन्छ । महिलालाई छोरी, अर्धाङ्गिनी, आमाका रुपमा पनि लिइन्छ । तर तिनै महिला आफ्नो पहिचानमाथि धावा बोलेर आफैलाई अपमानित गर्ने गरेका छन् । यसका लागि कानुनमात्र पर्यापत छैन । कानुनको पालनाका साथै महिला जगतलाई महिलाको बलात्कार, महिलालाई बेश्याको आरोप लगाउने र बोक्सी भनेर दिशापिसाव खुवाउनु अपराध हो भन्ने शिक्षा प्रवाह जरुरी छ ।
महिलाको विकास नै सुखी घर, सम्पन्न समाज र समृद्ध देशको चावी भएकाले चेतना जगाउने र अन्धविश्वास हटाउनका लागि जनप्रतिनिधिहरुले आ–आफ्ना क्षेत्रमा जागरण अभियान चलाउन जरुरी छ भने सांसदहरुले पनि प्रचारमा जुट्न जरुरी छ । महिला बेचबिखनदेखि महिलालाई बेइज्जत गर्ने कुनै पनि क्रियाकलापविरुद्ध सख्त कानुनी कारवाही पनि जरुरी छ । जब कडा कारवाहीको नजीर बस्छ, तव महिलालाई इज्जत गर्नुपर्ने रहेछ भन्ने भावनाको विकास सम्भव छ ।
२१औं शताव्दीमा पनि हामी नेपाली ढुंगे युगमा बााचिरहेका छौं । एकातिर विकास, अर्कोतिर पुरातन सोच, हामी अग्रगनकारी हुन नसक्नुको मुख्य समस्या हो ।
केहीवर्ष अघि कैलालीमा ६० वर्षकी बृद्धा राजकुमारी रानालाई बोक्सी भनेर उनीमाथि राक्षसी आक्रमण नै गरियो । त्यो घटना सेलाउन नपाउादै नुवाकोटमा लच्याङ बस्ने ३५ वर्षकी मसिनी तामाङलाई बोक्सी भनेर चरम यातना दिएको खबर सार्वजनिक भएको थियो । कैलालीमा छिमेकीको बच्चा मर्दा बृद्धालाई बोक्सी भनियो, नुवाकोटमा खानेकुरामा कैफत गरेर मार्न खोजेकी भन्ने आरोप लगाएर निर्घात कुटियो । बारा, पर्सा, महोत्तरी र गत महिना राजधानीमै बोक्सीको आरोपमा महिलामाथि ज्यादति भएका थिए । उमेरकी आइमाईको लोग्ने म¥यो भने उनलाई बेश्या भनेर मानसिक यातना दिने गरिन्छ । बुढी र गरीव भएर असहाय भएपछि उनीमाथि बोक्सीको आरोप लगाएर ज्यूादै मरेतुल्य पारिन्छ ।
कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गरियो र हत्याका प्रमाण प्रहरीले नै मेटायो । वर्ष दिन लाग्दासमेत राज्यले त्यो राक्षसलाई सार्वजनिक जर्न सकेन । विपक्षी र पीडित परिवार भन्छन्– हत्यारा सरकारले नै लुकाएको छ । लोकतान्त्रिक सरकारले अपराधी लुकाउने काम गरेको हो भने योभन्दा अलोकतान्त्रिक र निन्दनीय घटना अरु हुनसक्दैन ।
बलात्कार, बोक्सी र बेश्या यी तीन विषबृक्ष खोरिया नफााडेसम्म नेपाल आधुनिकीकरणमा अघि बढ्न सक्दैन । यो अन्धविश्वास, यो गलत परम्परालाई तोड्नका लागि जनप्रतिनिधिहरुले कानुन र व्यवहार दुबै तरिका अपनाउन जरुरी छ । यसतिर कुनै सक्रियता देखिन्न ।
अहिले त वैदेशिक रोजगारीका नाममा युवामात्र होइन, युवतीहरुसमेत निकासी हुन थालेका छन् । औद्योगिक र कृषि, जडिबुढी र खनिज निकासी गरेर सम्पन्न बन्नु कता हो कता हामी युवा निकासी गरेर दालभात डुकुको प्रवन्ध गरिरहेका छौ । अर्थतन्त्रको मेरुदण्ड उद्योग होइन, आत्मनिर्भरताको सुत्र उत्पादन होइन, युवा निकासी बनेको छ । अव त गोरो नेपाली छालाका लागि समेत युवतीहरु खाडीदेखि तान्जानियासम्म निकासी हुन्छन् । 
देशभित्र बलात्कार हत्या, भ्रष्टाचार र अपराधीकरण गरेर सुखी नेपाली, समृद्ध नेपालको भाषण सार्थक हुनसक्दैन । संविधानभन्दा माथि बसेर राज्यसञ्जालमा राजनीतिकरण गरेर बिधिको शासन चल्न सक्दैन । राम्रो पन्छाएर हाम्रोलाई आगालेर पुग्न खोजेको कृष्णभीर मै हो । हामी असफलताको भीरमा पुगिसकेका छौं, खुरमुरिने र सावधानीपूर्वक अवतरण गर्ने ? यक्ष प्रश्न उठिसकेको छ ।
हो, नेकपाको सरकार छ । प्रतिपक्षी बनेको छ प्रजातान्त्रिक शक्ति । कम्युनिष्ट र प्रजातन्त्रवादी अनेक शक्तिहरु छन् । ती सबैको लक्ष्य नेपाल हो भने नेपालभित्र रहेका सबै प्रकारका विभेदहरुको अन्त गर्न सामुहिक प्रतिवद्धता र प्रयास किन नगर्ने ?
सैद्धान्तिक राजनीति गर्नुपर्छ, राजनीतिमा निष्ठा र नैतिकता हुनुपर्छ । यही जगमा उभिएर आधा आकाशमाथि लागेको ग्रहणको अन्त्य गर्न जरुरी । निर्वाचन भयो, निर्वाचनमा ३३ प्रतिशत महिलाको प्रतिनिधित्वको सवाल उठ्यो । किन ३३ प्रतिशत, आधा आकाशलाई बराबरको मााग किन नगर्ने ? आधा आकाशलाई आज पनि मनोरञ्जनको साधन, विज्ञापनका सामग्री, व्यापारका माध्यम सम्झिने गलतसोच प्रभावमा छ । प्रतिस्पर्धा हुनुपर्छ, प्रतिस्पर्धामा जित्नका लागि महिलाको दुरुपयोग जसरी बढेको छ, यही रोगले नेपालको कला, संस्कृति, इतिहास धरासायी भइरहेका छन् । युवा निकासी गरेर सरकार चलाउन सकिएला, इतिहास मेटियो भने नेपाल र नेपालीको अस्तित्वको के होला ?
राजनीतिक बृत्तले समाधान खोज्नैपर्ने प्रश्न भनेको सबै प्रकारका महिला हिंसाको अन्त्य कसरी गर्ने भन्ने हो । इसाईकरण गर्नेहरु नेपालमा शिखर सम्मेलन गर्न सक्छन्, हामी नेपालकै सन्दर्भमा समस्या पहिचान र समाधानका उपायबारे किन राष्ट्रिय बहस गर्न सक्दैनौं ? लोकतन्त्र लोकका लागि हो भने लोकभित्र रहेको अपराध मनोवृत्ति अन्त गर्नु लोकतन्त्रका रथी महारथीहरुको प्राथमिकता होइन र ?
अहिले नसोचे कहिले सोच्ने ?

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper