banner
banner

बुढाबुढीका सहारा बन्ने कि सराप ?

देवी काफले -
सधैं आमाका पीडा लेखें । हिजो एकजना बालाई भेटें जसका खुट्टामा मेरा आखा अनायास पर्यो ।
बन्चराले चिरेको दाउरा जस्ता चरचरी चिरीएका कुर्कुच्चामा बाक्ला भकुसे चप्पल थियो ।
हेरें नबोली बस्नै सकिन– बा भन्दै बोलाएा । हजुर नानी भन्नु भो । फेरी हेरें तालुको टोपी निकाल्नु भो अनि पसिना पुछेर मलाई पुलुक्क हेर्नु भो ।
तालु नाम्लोको डामले होला तल धसेको थियो । हात मानौं आफ्नो हो जस्तो थिएन । नाम्लो हातमा बेरेर भारी बोक्न पाइन्छ की भनेर होला यता उता आाखा लाउादै हुनुहुन्थ्यो । पसिनाले भिजेको भेष्ट पहेंलै थियो ठाउा ठाउमा आाखीझ्याल परेको थियो । बाहिर झुत्राझुत्री परेको स्टकोट थियो । तल मैलाले रङ्ग नै नचिनीने कछाड ।
मलाई खुलदुली लाग्यो सोधें– बा हजुर यतिधेरै मेहनत गर्नु हुन्छ किन ?
बाले भन्नु भयो के गर्नु नानी छाक टार्नै पर्यो, पापी पेट यसै बस्न मान्दैन । घरमा बुढी छ बिरामी, ओखती गर्र्नेै पर्यो ।
बा हजुरका छोराछोरी नि ?
ठूलो सुस्केरा हालेर भन्नुभयो– सबै आफ्ना जहान परीवारसागै छन् ।
झसाग भएा । मनमनै सोचें– बा ती छोराबुहारी, नातिनातिनाको परीवारको सदस्य पर्नुहुन्न ?
बा भन्दै थिए– छोरो पढाउन बारीको पाटो बेचें, बिरामी हुन्थ्यो ओखतीमुलो अर्दा रीन लायो  । पढ्यो पछी बिहे गर्दा पनि राम्रैसाग गरिदिएां, टारी खेत बेचें । बिहे गरे पछी फेरी बिदेश गयो ऋणमा छोरो पठाएा, बुहारी म गाउामा बस्न सक्दिन भनेर छोरासाग सल्लाह गरेर शहरतिर हिडिन् । सुन्छु छोरो पनि शहरमा छ ।
अहिले छोराले दुई रुपियाा पनि पठाउदैन । उ जाादाको ऋण तिर्न छ नानी । घरमा बुढी बिरामी छे ओखती लान परो । ब्याज बुझाउन परो । के गरम् त मेहनत नगरेर ? बाको कुरा सुनेर म अवाक् भएा । बाउले हिजो त्यही छोरो हुर्काउन, पढाउन, बढाउन बारी र टारी खेत बेचे । ऋण त्यसै बााकी छोडेर मेरा परिवार पाल्नुपर्छ भन्दै बाउआमालाई त्यागेर खुशीसाथ शहर पस्छ, बस्छ । बाउको त्यो गडेको तालु, चिरा परेको खुट्टाले उसको मन झस्काएन ।
किन हाम्रो समाजमा बिहे गर्नासाथ बाबुआमा पाखा सारीहाल्छन् ? म निरुत्तरीत थिएा  ।
छोरो जन्मदा बंश अगाडी बढ्ने भयो भनेर खशी काटेर गाउाभरीका मान्छे बोलाएर भतेर लाएको, छैंटी गरेको, न्वारन, भात खुवाईमा गरेको हर्षबडाईं यही अवस्थाको लागि हो ?
एउटा बाबुको भुमिका परिवार समेट्नका लागी कति संघर्ष गर्नुपछर्, किन बुझ्दैनन् सन्तानले ?
दिनभर कडा परीश्रम गरेर खाने बेला आफ्नो गाास कटाएर छोराछोरीको पेट भराएको किन बिर्सन्छन् सन्तानहरू ?
परिवार पाल्नकै लागि बाउआमा, स्वास्नी, छोराछोरी छोडेर प्रदेशमा पसिना बगाएर आउाछ । उनै सन्तानको हाासो खोज्नलाई । के बाउलाई परिवार सागै बस्ने रहर हुादैन र ?
किन बुझ्दैनन् सन्तानले बाबुआमाको माया ममता ?
के बाबु भनेकै क्रुरता हो ?
बाबु सधैं हिटलर हुन्छ ?
बाबुको पनि त मन हुन्छ, उ भित्र पिडाको भारी हुन्छ तर परिवारको खुशीको लागी ब्यक्त गर्दैन ।
छोराछोरीलाई सक्षम बनाउनकै लागी ऊ क्रुर भइको नाटक गर्छ तर बुझ्ने कसले बाबु पनि मायाा र स्नेहको खानी हो ।
आमा धर्ती हुन् भने बाबू आकाश हो कहिले बुझ्ने ?
छोराछोरीको सफलतामा आफ्नो सारा पिडा र संघर्ष बिर्सन्छ । कहिले पनि छोराछोरीको मुहारमा पिडा देख्नु नपरोस् भनेर कडा परिश्रम गर्छ ।
केही खराब मान्छे देख्दैमा सबैलाई उस्तै नजरले हेर्छौं के यो सही हो ?
   केही समय अगाडी एउटा महिलाको आन्दोलनमा ‘मेरो बाबु मेरी आमाको बलात्कारी हो’ भनेर लेखिएको ब्यानर देख्दा हाम्रो घटिया सोंच देखेर मलाई आंफैसाग घृणा लाग्यो । खराब महिला पनि हुन्छन् पुरुष पनि हुन्छन् । असल महिला पनि हुन्छन् पुरुष पनि हुन्छन्  । एकदुई खराब आचरणका ब्यक्ति देख्दैमा सबै बाबुहरूलाई खराब देख्नु पक्कै पनी न्यायोचित होइन ।
अब हामीले हाम्रो सोंच बदल्नु छ । हाम्रा जन्मदातालाई मान र सम्मान गर्नु छ । सानो हुादा छोराले सोधेका हजारौं प्रश्नको जवाफ हाासी हाासी दिन्छ तर बुढो बाउले सोधेको दुईवटा प्रश्नको जवाफ दिादा छोरो झर्किन्छ । किन ? यो संस्कार र सोंच तुरुन्त बदल्नु छ ।
आज तिम्रा बाआमाबाट टाढा हुन्छौ भोली तिमीलाई पनि तिम्रो छोराले त्यही स्थानमा पु¥याउाछ । त्यसैले हाम्रो संस्कार नभुलौं । बाआमाको त्याग र तपस्याको कदर गरौं ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper