banner
banner

एकजना महानायक महावीर

काठमाडौं । एयरपोर्ट र अन्य भन्सारहरुमा दिनको ५ अर्वभन्दा बढी भ्रष्टाचार हुनेरहेछ । दैनिक भ्याट छली कहालीलाग्दो छ । हरेक जनसम्पर्क हुने कार्यालयमा दैनिक यति ठूलो भ्रष्टाचार छ र विकासका नाममा कमिशन र दलाली कति छ कति । नेपालमा आउने विकास अनुदान त पाइपलाइनमै भ्रष्टाचार हुनेरहेछ ।
दुर्गम ठाउाहरुमा वायरलेस टेक्नोलोजी विकास गरिरहेका छन् महावीर ।
तर एउटा महावीर पुन, दैनिक एक डलर दान गर भन्ने अभियानमात्र चलाइरहेका छैनन्, देशलाई कनेक्टिभिटीमा लैजानका लागि ठमेलमा मोमो र कफीसमेत बेच्न बसे । नेपालमा गर्न खोज्ने छन्, सघाउन सरकार तैयार छैन ।
उनका अनुसार दक्षिण कोरियामा बसेर ब्यबसाय गरिरहेका एक सफल र प्रतिष्ठित ब्यबसायी केपी सिटौलाले रिता सिटौलाका नामबाट राष्ट्रिय आविष्कार केन्द्रको हिमालयन बैकको खातामा पचास हजार रुपैंया जम्मा गरिदिएका छन् । यतिबेला बिदेशमा बसोबास गर्ने, काम गर्न गएकाहरुले दैनिक एक डलर दान गरौं अभियान नै चलाएका छन् । महावीर पुनलाई धन्यवाद दिन भ्याइनभ्याई छ ।
यस्ता देशभक्तहरुको कमी छैन, कमी सरकारको दृष्टिमा व्याप्त छ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper