banner
banner

भूमिसुधारको मिसिल हरायो

काठमाडौं । ललिता निवासको १ सय १७ रोपनी जग्गा भूमाफिया र राजनीतिक नेताहरु मिलेर अपचलन गरेको रहस्य खुल्न थालेपछि सरकारले रोक्का गर्न दिएको आदेशलाई समेत भूमिसुधार कार्यँलयले इन्कार गरेपछि थप रहस्य खुलेको छ– मिसिल छैनरे । अतिक्रमित जग्गाका कुन कुन कित्ता रोक्का राख्नुपर्ने हो, यकिन गर्न सकिएन, रोक्का राख्न सक्दैनौं । यो जवाफ पाएपछि सरकारले आफ्नो अनुहार आफैले अनुहारमा हेर्नुपर्ने भएको छ, कस्तो सुशासन ?
मन्त्रिपरिषद आदेश दिने, मन्त्रालय, विभाग केही नबोल्ने, कार्यालयले इन्कार गर्ने ? रेकर्ड नै छैन रे । कर्मचारी, भूमाफिया र राजनीतिक नेता मिलेर गरेको बद्मासीको फाइल नै लुकाउने प्रवन्ध कसैले गरेको थियो भने कर्मचारीले गरेको हो र ती कर्मचारीको पहिचान गर्न नसक्ने कस्तो नेकपा सरकार ?
आफ्नो पार्टीका महासचिव र अरु को को फस्ने भएपछि र दलालले पोल खोल्ने धमास दिएपछि सरकार पनि चुप्पी साध्दो रहेछ । दुई तिहाइको सरकारको यस्तो दयनीय हविगत । सरकारप्रति तीतोपन बढ्न थालेको देखिन्छ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper