banner
banner

सरकार राप्रपासँग वार्ता गर्न तैयार

काठमाडौं । देशव्यापी जनजागरण अभियान सम्पन्न गरेर ३०औं लाखको हसक्षर संकलन गरिसकेको राप्रपाले हिन्दुराष्ट्रको मााग गरिरहेको थियो । हिन्दुराष्ट्र, संवैधानिक राजतन्त्रको पुनस्र्थापना, बेरोजगारीको हल, भ्रष्टाचारको अन्त्यलगायतका मााग राखेको राप्रपाको कुरा सुन्न सरकार तैयार भएको हो । राप्रपाले मााग्न त हिन्दूराष्ट्र र संवैधानिक राजतन्त्र माागेको छ, ढुंगा हानेर आएको लोकतान्त्रिक शक्तिले मााग्नेलाई तातोभात दिन्न भन्ने राप्रपाले बुझेको छ । तैपनि राजनीतिक रुपमा प्रस्तुत हुने क्रममा राप्रपा शिष्ट रुपमा अघि बढेको देखिन्छ ।
सरकार राप्रपासाग वार्ता गर्न तैयार भएको छ । यो राप्रपाको पहिलो जित हो । अव जनविद्रोह गर्छु भनिरहेको राप्रपा शान्त हुन्छ कि जनविद्रोको बिगुल बजाउने हो, त्यो त केही दिनभित्रै थाह हुनेछ । आफ्नै अलोकप्रिय निर्णयका कारण जनविश्वास गुमाउादै गएको र संसदमा प्राविधिक विश्वासमात्र कायम भएको नेकपाले कतै राप्रपालाई समेत सरकारमा लाने र हिन्दु धर्म र संवैधानिक राजतन्त्रको मााग ठण्डा पारिदिने हो ? भन्ने आशंका पनि उठ्न थालेको छ । यद्यपि राप्रपासाग राजेन्द्र लिङ्देन नामको एक सांसदमात्र छन् । यतिबेला राप्रपाको जनआकर्षण बढेकाले सााच्चै राप्रपा चुनाव हारेको, राजनीतिबाट नहराएको शक्ति बनेको छ । यसकारण पनि नेकपाले राष्ट्रिय सहमति बनाउन र गुमेको जनविश्वास कम गर्न राप्रपालाई सत्तामा नलैजाला भन्न सकिन्न ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper