banner
banner

२०७६ मा बोल्ने साहस जुटोस्

शाश्वत शर्मा -
हुन त २०४६ सालको ग्रहणले छाडेन, ग्रहणको असर झन झन गाडा भएर जादो छ । तथापि २०७६ सालको पूर्वसन्ध्या आएको छ, नेपाली स्वाभिमान बचाउन सकौं, आत्मसम्मानको भावना बढोस्, सम्पूर्ण नेपालीमा हार्दिक शुभकामना छ ।
हुन पनि २०४६ सालमा देखाइएको सपना, २०६३ सालपछि बाँडिएका आश्वासनहरु  पूरा हुनु त कता हो कता ? मुलुक नै नरहने हो कि भन्ने खतरा पो देखिन थाल्यो । जनयुद्धको सफलतापछिका १३ वर्षमा सर्वसाधारणले सपनामा पनि नचिताएका भारहरु खेपिसकेका छन् । राजनीतिको भ्रष्टताले मुलुकका सबै संवेदनशील क्षेत्रहरु पङ्गु बनाएका छन् । न्यायालयमा समेत राजनीतिकरण गरेर राष्ट्रिय सम्पत्तिमा समेत लखनौं लूट मच्चिएको अवस्था छ । संवैधानिक निकायहरुमात्र होइनन्, राजदूत पदसमेत लिलाममा बिक्री गरिए, राजदूत नै मानव तस्करीमा परे । हरेक क्षेत्रमा मनपरीतन्त्र चलेको छ ।
आजको सत्ता राजनीतिको एउटै सोच छ– कसरी आफू शक्तिशाली हुने, कसरी पार्टीहित हुनसक्छ भनेर सोच्ने ? भर्खर १८ न्यायाधीशहरु नियुक्त भए, यसको बिरोध न्यायालयबाटै भयो । यहाँसम्म आरोप लाग्यो कि प्रधानमन्त्री, नेपाली कािंग्रेस र प्रधानन्यायाधीशवीच गिभ एण्ड टेकको आधारमा न्यायपरिषदबाट न्यायाधीश नियुक्त गरिएका हुन् । यस्ता न्यायाधीशले न्याय बचाउलान् कि न्यायलयलाई बदनाम गर्लान् ? गुम्दै गएको जनआस्था कसरी कायम हुनसक्ला न्यायलयप्रति ? गम्भीर त्रुटी गरेको आरोप प्रधानन्यायधीशमाथि नै लाग्यो । यसअघि शैक्षिक प्रमाणपत्रदेखि नागरिकतासम्मको बात प्रधानन्यायधीशमाथि नै लागेको हो । न्यायालयको तस्वीर यस्तो पनि छ कि एउटा दलकी सांसद अहिले न्यायाधीश छिन् र उनी भावी प्रधानन्यायाधीशकी दावेदार पनि हुन् । भर्खर बारको चुनाव भयो, यसमा प्रगतिशील भनेर नेकपाले जितेको शंखघोष ग¥यो । प्रगतिशील लेखकहरुको जमघट भएको छ, कम्युनिष्टको जमघट बनँइएको छ । केन्द्रमा देश, जनता छैनन्, केन्द्रमा पार्टी छ, पार्टी स्वार्थ छ ।
जे छ राजनीति छ । राजनीतिकरणले देशलाई बर्बाद बनाएको छ । स्थायी सरकार भनिने प्रशासन संयन्त्रसमेत राजनीतिकरण हुनपुगेको छ । बिस्तारै नेपाली सेनाभित्र पार्टीकरण गर्ने प्रयास तीब्र हुनथालेको छ । जताततै लथालिङ्ग चाला देखेर पनि पार्टी पार्टीमा बिभक्त बुद्धिजीवी मौन छन् । यो अवस्थामा असंगठित सर्वसाधारण चिच्याएर कसले सुन्ने ? देशमा कि पार्टी छ, कि कार्यकर्ता छन् । सुशासन र समानता केही पनि छैन, कहीं पनि छैन ।
मुलुकको सबैभन्दा ठूलो दुर्भाग्य यही छ– देशका कुनै क्षेत्र छैन जहाँ राजनीतिकरण नभएको होस् । विप्लव माओवादीतिर अलिकति नरम भएको आक्षेपमा दुई सहायकरथी घर गएका छन् । यो सन्देशले दूरगामी असर गर्नेनै छ । नेकपाको सरकारले तैयार गरेको वातावरण यही हो कि राज्यनीतिभन्दा पृथक जसले सोच्यो, उसको किनारा लाग्यो । जसले सरकारको जयगान गायो, उसको प्रगति भयो ।
निष्पक्षता यो सरकारको नीति मै रहेन । राष्ट्रभक्ति हात्तीको देखाउने दाँत भयो । संघीयता त यति खर्चालु बनेको छ कि संघीयताले नै देशलाई टाट पल्टाउने तस्वीर देखिन थालिसक्यो । अव पनि नसोचे कहिले सोच्ने, कहिले बुझ्ने ?
नयाँवर्ष २०७६ ले सबै नेपालीहरुमा राष्ट्रभक्तिको भावना जगाउन सकोस् । सही गलत, न्याय अन्याय छुट्याउन सक्ने सामथ्र्यको विकास होस् । अन्धभक्त हुने प्रवृिित्त, आश्वासनमा भुल्ने बानी, पटक पटक धोखा खाएर पनि चेत नखुल्ने अचममको स्वभावको अन्त्य होस् । फेरि पनि हार्दिक शुभकामना ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper