banner
banner

के भन्छ भूपू गोर्खा सैनिक संघ

– गोविन्दप्रसाद पौडेल -
एकातिर भूतपूर्व गोर्खा सैनिक संघ गेसो बेलायती सेनाजत्तिकै सेवासुविधा पेन्सन चाहियो भनेर आन्दोलन गरिरहेका छन्, सरकारले कूटनीतिक माध्यमबाट बेलायत सरकारसँग कुरा गर्नुपर्ने विज्ञहरुले सुझाव पनि दिइरहेका छन् ।
राजधानीमा आयोजित पत्रकार सम्मेलनमा गेसोले नेपालको सम्बृद्धि अभियानमा आफ्नो योगदान कुनै पनि दाताको भन्दा कम नहुने दावी गरेको छ ।
पत्रकार सम्मेलन गरेर भूतपूर्व गोर्खँ सैनिक संघ गेसोले आफुहरुको देश निर्माणमा महत्वपूर्ण योगदान रहने बताएको छ । गेसोका अध्यक्ष कृष्णकुमार राईले सगौरव बतँए– कुनै पनि दाताको भन्दा आफ्नो योगदान कम्तिको हुनेछैन ।
पत्रकारहरुमाझ राईले  आज पनि बेलायतले गोर्खा सैनिकहरुलाई भारत संगको सम्झौता अनुसार ब्यबहार गरिरहेको छ, कुनै हालतमा यो कुरा गोर्खा सैनिकलाई मान्य हुनेछैन । भूतपूर्व गोर्खँलाई भारत मार्फत निबृतिभरण लिन बाध्य पारिएको छ, यो अन्याय, विभेद हो । भूतपूर्व गोर्खाहरुले अनवरत आन्दोलन गरेपछि त्यही आन्दोलनको बलमा सोझै नेपालमा पैसा पठाउन बेलायत बाध्य भएको जानकारी पनि दिए । यसरि आउने खरबौ रकम देश निर्माणमा प्रयोग हुने बताउदै उनले गोर्खा सैनिकका सबै माग पुरा गरिए कुनै बिदेशी निकाय संग अनुदान माग्न नपर्ने दावी पनि उनको रहेको छ ।
भूतपूर्व गोर्खा सैनिकहरु बृटिश सेनाले पाए सरह नै सुविधा पाउनु पर्ने माँग राखेर २१ वर्षदेखि कानुनी र नैतिक संघर्ष गरिरहेका छन् । आज पनि यो संघर्ष जारी छ । बेटिश सरकार गोर्खँ सैनिकका माँगहरुलाई सकारात्मक रुपमा हेरिरहेको र किस्ता किस्तामा माँग पूरा गर्दै गइरहेको पनि अनुभव गरिउको छ ।
नेपाल सरकारले बृटिश सरकारसँग वार्ता गरेर समान व्यवहार गराउन सफल भयो भने त्यो नेपालकै हितमा हुनेछ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper