banner
banner

तीन उपकूलपति र ओपन युनिभर्सिटी

रामकुमार श्रेष्ठ -
एनआरएनले ओपन युनिभर्सिटीका लागि प्रयास गरेको छ । के भइरहेको छ, यो जानकारी सबैमा हुन जरुरी छ । यसबारेमा बुद्धिजीवी रामकुमार श्रेष्ठले दिनु भएको जानकारी यस्तो छ– यो पटकको नेपाल यात्राका क्रममा ३ जना उपकुलपतिज्यूहरुसंग भेट भयो र एनआरएनको पहलमा शुरु भएको ओपन यूनिभर्सिटीतिरै आफ्नो ध्यान जानु स्वाभाबिकै थियो । यस्का उपकुलपति प्रा लेखनाथ शर्मासागको कुराकानी मार्फत झन्डै सवा दर्जन जति कार्यक्रम गरिसकेको र करीब ५५० बिद्यार्थी सहित अगाडि बढिरहेको जानकारी प्राप्त भयो । अगाडि बढ्न विश्वबिद्यालयको लागि आबस्यक पर्ने २–३ सय रोपनी वा सोभन्दा बढी जग्गा काठमाण्डौं बाहिरबाट निशुल्क उपलब्ध गराउने प्रस्ताब आएको र त्योमध्ये एउटा गोरखा पनि भएको जानकारी पाइयो ।
देशको सन्तुलित बिकासको लागि पनि ओपन विश्वबिद्यालय लगायत अन्य नयााँ ठूला परियोजनाहरु काठमाण्डौं बाहिरै हुनुपर्छ भन्ने मेरो पनि मान्यता हो । कुराकानीको सिलसिलामा एनआरएनका तर्फबाट पठाइनुपर्ने ३ पदाधिकारीको कोटामा कोही पनि नपठाइएको जानकारीमा धेरैको नकारात्मक प्रतिकृया सुनियो । वास्तबमा यसो नहुनुपथ्र्यो । अलि शान्त वातबरणमा उपकुलपतिको कार्यालयमा नै बसेर कुराकानी गर्न आमन्त्रण गरिए तापनि समयाभावका कारण जान सकिएन । संभबत अबको नेपाल यात्राको क्रममा उहााको कार्यालयमा गएर कुराकानी गर्ने समय मिल्छ कि?

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper