banner
banner

इतिहासको एक पक्ष

प्रा.डा. खेमकोइराला (बन्धु) -
राष्ट्रको अखण्डता स्वतन्त्रताका लागि अग्रसर हुने व्यक्तित्वहरुमा मोहन बिक्रम, रोहित, चित्रबहादुरसँगै चित्रबहादुर र सिपि मैनाली, मोहन वैद्य पनि हुन् ।  
२००७ मा त्रिभुवनले राणा र दिल्लीसँग गरिएको सम्झौता घातक थियो त्यसपछि समय समयमा भारतिय हस्तक्षेप नेपालमा कुनै न कुनै रुपमा भयो । २०१७ सालको घटनापछि जेलबसेपछि विपिले बुझे । विपि कहिले राजासँग झुकेनन्, बरु विपिले परिस्थितिवस राष्ट्रिय मेलमिलापमा नेपाल पसे, बरु राजासँग झुकौ, देशमा विदेशीलाई खेल्न नदिऊ । 
यो घटना र विपि विचार सिक्किमको विलयन र इन्दिरा गान्धीको आपातकालसँगै अगाडि बढेको हो ।
नेपालको राष्ट्रियतामा सदैव विदेशीको गिद्दे दृष्टिले काम गर्‍यो भन्छन् । २००७ सालको राणाशासनमा दिल्लीले गरेको हस्तक्षेप आज पनि जहिले अभिशापको रुपमा रहेको छ भन्छन् । २००७ सालको राणाशासनमा दिल्लीले गरेको हस्तक्षेप आजपनि, जहिले अभिशापको रुपमा रहेको छ ।
भारतको चेकपोष्टमा रहने सेना हटाउन हामीलाई कति ठूलो पापड वेल्नु पर्‍यो । २०४६ साल भन्दा अघि पनि नेपालको अखण्ड राष्ट्रिय स्वतन्त्रतामा भारतको नाकाबन्दी छदै थियो । हस्तक्षेप छदै थियो । विदेशीको सहयोगमा शसक्त रुपमा ०४६ साल भित्रियो ।
राजा बीरेन्द्रको शान्तिक्षेत्र प्रस्ताव भारतले कहिले मानेन, जलस्रोत र सुरक्षा र सम्पदामा हालीमुहाली गर्ने भारतिय दाउ । सिपि मैनाली भन्छन् माओवादीकै कुरा गरौ उनीहरु भारत केन्द्रित थिए । उनीहरु त्यहीबाट हुर्कदै पालितपोषित हुदै उग्रवामपन्थि हुन पुगे, स्पष्ट छ २०५४ सालदेखि हेडक्वाटर भारत बन्यो र उनीहरुलाई भारतले प्रयोग गर्‍यो । अत्यन्तै चलाखीसाथ ध्रुत र दुष्साहासी प्रचण्ड र बाबुरामको माध्यमबाट भारतले आफना यी दुई मूल दुतहरुबाट नेपालमा हस्तक्षेप गर्‍यो ।
कतिपय सन्दर्भमा माओवादीहरु भारतीयमात्र नभई युरोपियनहरुको पनि गोटी बन्न पुगे । नागरिकता ऐन र राष्ट्रियताका कतिपय सन्दर्भमा राजा बिरेन्द्रको अडान भारतको रुचिको विषय भएन । रक्षा, परराष्ट्र र जलस्रोत प्राकृतिक सम्पदा तिब्बत सम्बन्ध हातहतियार खरिद, चिनसँगको सम्बन्ध, यसैले भारतले प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा बिरेन्द्रको हत्यामा मौनता साध्यो । कतिपय सन्दर्भमा भारतले नै यो हत्या गराएको भन्ने भनाइ पनि विचारणीय पक्ष । यस्तै पश्चिमाहरुसागको साठगाँठ पनि ।
नेपालको राष्ट्रियतालाई नै चुनौती दिने गरेर भएको १२ बुँदे सम्झौता हाम्रो लागि आज गलपासो बनेको छ । 
जातीय राज्य क्षेत्रिय राज्य मधेसी राष्ट्र आत्म निर्णयको अधिकार संघीयता जस्ता कुराले नेपालको राष्ट्रियतामा चुनौति खडा भयो इन्डोवेस्टको गठबन्धनले बीरेन्द्रको हत्यापछिको नेपालबाट आन्तरिक राजनीतिकमा पलपल हस्तक्षेप गर्ने वातावरण तयार भयो ।
यो वा त्यो नाममा माओवादीहरुलाई प्रयोग गरियो । एमाले त महाकाली सन्धिदेखि नै कांग्रेसहरुको कुरै नगरौ गिरिजा यस देशको राष्ट्रियताका लागि अभिशाप नै बन्न पुगे । वर्गीय मुक्ति भन्ने कम्युनिष्टहरु जातियताको लागि उफ्रन पुगे । साम्प्रदायिकता मूल मन्त्र बन्यो यिनीहरु विदेशीहरुको स्वार्थ बमोजिम ईसाइ धर्मका एजेन्टका रुपमा अघि बढे र सांस्कृतिक सदभावनाका वदला विद्वेस फैलाए । कोही भारतका कोही युरोपियन युनियनका कोही इसाईका कोही रअ का कार्यकर्ताको रुपमा परिणत हुन पुगे ।
एउटा तर्क— २०१० सालमा विधानसभाको चुनाव भए आज नेपाल कहाँ पुग्थ्यो । सम्पूर्ण नागरिकको चेतना कस्तो थियो । त्यतिखेरको हाम्रो साक्षरता शिक्षाको स्थिति चुनौतीको विषय ।
२००८ सालको कुरा भद्रकाली मिस्रले भारतीय सेना ल्याउने भने मातृका समेत गए । २००८ साल चैत्र २७ गते १५७ जनाको मिसन र उत्तरी चेकपोष्ट कत्रो खतरनाक खेल सरदार पटेल र नेहरुको बिचको सम्वाद हेरौ अथवा रअका विभिन्न प्रयासहरु । २००७ को र २०६४ को संविधानको सन्दर्भमा आज संघियताको कारणले देशको परिणति कस्तो हुन्छ भन्ने प्रश्न उठेको छ । नेपालमा तात्कालिन अवस्थामा महेन्द्रले विधान तुआए तर राष्ट्र बचाए वीरेन्द्रले पनि, ज्ञानेन्द्रले पनि । नागरिकतामा सम्झौता गरेनन् । त्यति अनपपुलर राजा भएर पनि राष्ट्रियतामा उनीहरु झुकेनन ।
हो त्रिभुवनले भारतप्रति लचकदारमात्र बनेन बरु उनी भारतकै इसारामा चलेको देखिन्छ । निःसन्देह विपिको एउटा महत्व छ । उनी रहमान जस्तो नेता बनेनन् र दोर्जी पनि बनेनन्, कसैको मोहोरा बनेन अहिलेका नेताहरु सिखण्डीको रुपमा अगाडि बढेका छन ।
एउटा विडम्बना विदेशीको गुलाम देश बनेको छ । एउटा नाटक मन्चन भइरहेको छ । राष्ट्रघातीहरु एकै ठाउमा छन् । जेजे नारा दिन्छन् ती केवल भाषणमा सिमित छन । दुईतिहाइको सरकार छ न लिपुलेख बोल्छ न सुस्ताले यिनलाई दुख्छ यिनीहरु असंलग्नता भन्नु भारतीय इसारामा चल्नु हो पश्चिमाहरुको स्वार्थ सिद्दि गर्नु हो, यिनीहरु पृथ्वीनारायणलाई एकिकरणकर्ता मान्दैनन् । 
उनीहरुको मूल उद्देश्य राष्ट्र र राष्ट्रियताको जग भत्काउनु हो । चीन घेर्ने पश्चिमा नीति अनि इसाई धर्म प्रचार गर्ने र हिन्दुधर्म निमिट्यान्न गर्ने विदेशी शक्तिहरुको कठपुतली बनेर यिनीहरु लागिरहेका छन् । नाम जे दिउँ । हालैको इन्डोप्यासिफिक क्षेत्रको कुरा हेरौं ।
हिजोको राष्ट्रवाद स्वाभिमानमा आधारित थियो आज लम्पसार बनेर सत्ता जोगाउन लागेका छन् । धर्म निरपेक्षताका नाउमा मेडम मुनलाई आमा मान्दै विदेशी धर्म ल्याउन सक्रिय छन् । खै देशभक्तहरु, आज नेकपा भन्नु आत्मघात सावित भएको छ । यसको नीति रणनीति सबै अस्तव्यस्त छ । सबभन्दा ठुलो कुरा नागरिकताको प्रश्न छ । भारतबाट आप्रवासिक तीन चौथाइ भारतीयले नक्कली प्रमाणपत्र लिएका छन् । वास्तविक नागरिक नागरिकताबाट बन्चित नहुनु पर्ने झन्डै दुइ तिहाई भारतीयहरुले नेपाली नागरिकता लिएको भन्ने सर्वत्र छ, मूल कुरा हो । भारतको विभिन्न प्रान्तका नागरिकहरु नेपालमा घुसाउने यस्तै विवाहका नाममा भारतीयहरुलाई नागरिकता दिलाउने कालोकर्तुत कुनै पनि देशमा नागरिकता पाउनु त्यति सजिलो छैन जति नेपालमा बनाएका छन् । अचम्मको कुरा आमाको सनाखत समानताको नाम विदेशीहरुले उचाली दिएका आइएनजीओले प्रायोजित गरेका अचम्म छ हाम्रा नारी नेत्रीहरुको अभियान । विदेशी इसारामा नाचेका नेताहरु ।
भन्न पर्देन — देश आज संकटग्रस्त छ्र तर नेताहरुमा दम्भ छ । कार्यकर्ता दंग छन । देश अत्यन्तै भ्रष्टाचारमा डुबेको छ । मानौं सरकार नै भ्रष्टदलालहरुले नै सञ्चालन गरेका छन् । विचौलिया कमिसनखोर अराजक दण्डहिन समूह राष्ट्रघाती बनेका छन् । दशहजार वर्गकिलोमिटर जमिन ७१ ठाउँमा मिचिएको छ । जताततै जंगे सिमा भत्किएको छ । दशगजाको त के कुरा गर्ने न आन्तरिक रुपमा राष्ट्र राष्ट्रको रुपमा रहेको छ न बाहिरीरुपमा । एक्लो एउटा खोक्रो राष्ट्रको नाममा उभिएको छ । कठै मेरो देश अव कतै इतिहासमा खोज्नु त पर्दैन ? कतै भोलि टुक्रै टुक्राको रुपमा त बाँच्ने होइन । चेतना भया ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper